
- अर्थ सरोकार संवाददाता
काठमाडौँ- पटक-पटक गुणस्तरहीन प्रमाणित भएको अर्घाखाँची सिमेन्टलाई कुनै पनि कारवाही नभएको परिणाम देशका विभिन्न स्थानमा देखिन थालेको छ । यसैबीच जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अर्घाखाँची सिमेन्टको गुणस्तर पुनः चेकजांचका लागि नमूना संकलन गरी काठमाडौँ पठाएको छ । अर्घाखाँची सिमेन्ट गुणस्तरहीन प्रमाणित भएको खबर अर्थ सरोकारले प्रकाशन गरेपछि जिल्ला प्रशासन कार्यालयमा अर्घाखाँची सिमेन्ट प्रयोग भएको आफ्नो घर एक बर्षमै चुहिएको उजुरी परेको थियो । अर्घाखाँची सिमेन्टले प्रयोग गरेको घर चुहिएको बारे उजुरी परेपछि थप सिमेन्टका प्रयोगकर्ताहरुले पनि कार्यालयमा यस विषयमा उजुरी गरेका थिए । कार्यालयमा परेको उजुरीका आधारमा सिमेन्टको नमूना संकलन गरी काठमाण्डौ पठाइएको वाणिज्य कार्यालय भैरहवाले जनाएको छ ।
यो पनि पढ्नुहोस्
रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको निर्देशनमा पुनः ल्याब परीक्षणका लागि नमूना संकलन भएको बताइएको छ । कार्यालय प्रमुख बेदप्रकाश उपाध्यायको नेतृत्वमा सियारी गाउँपालिकाका लेखाअधिकृत रेनुराम ज्ञवाली सहित जिल्ला प्रशासन कार्यालय रुपन्देही, गुणस्तर तथा नापतौल कार्यालय बुटवलसहितको टोलीले अर्घाखाँची सिमेन्ट उद्योगबाट उत्पादित सिमेन्टको नमूना संकलन गरेको हो । संकलन गरिएको नमूनाको गुणस्तर परीक्षणका लागि काठमाडौं पठाइएको छ । तर यसअघि गुणस्तरहीन प्रमाणित हुँदा पनि अर्घाखाँची सिमेन्टलाई कुनै पनि कारवाही भएको थिएन । यसअघि काठमाडौँको स्वयम्भू र दोलखाबाट संकलित सिमेन्टको नमूना गुणस्तरहीन प्रमाणित भएको थियो । सिमेन्ट गुणस्तरहीन प्रमाणित भएपछी दुवै पटक नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन प्रमाणित भएका सिमेन्ट फिर्ता गर्न निर्देशन दिएको थियो । तर कतिपय सिमेन्ट प्रयोग भइसकेका कारण र कतिपय स्थितिमा उद्योगले नै अटेरी गर्दा बजारबाट करिव साँढे ४ चार लाख बोरा गुणस्तरहीन सिमेन्ट फिर्ता गएनन् । जसका कारण अर्घाखाँची सिमेन्ट प्रयोग भएका ती घरहरुमा सामस्या देखिएको छ ।
यो पनि पढ्नुहोस्
कार्यालय प्रमुख उपाध्यायका अनुसार पछिल्लो समयमा सिमेन्ट उद्योगहरुका गुनासा र उजुरीहरु बढ्दै गएका छन् । ‘भवन निर्माण भइसकेको एक वर्षभित्रै चुहिने, चर्कने, प्लाष्टर छोड्ने, प्लाष्टरलाई हातमा राखेर मिच्दा सिमेन्टको भन्दा माटोको मात्रा बढी देखिनेजस्ता धेरै समस्याहरु उत्पन्न हुन थालेका छन् ।’






Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्