
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कुरा अलि अघिको हो, गरिमा बिकास बैंकलाई मर्जरमा लैजानुपर्छ भन्ने चर्चा बैंकभित्रैबाट उठेको थियो । भूकम्प पीडीतलाई ठगेर बदनामी कमाएको बैंकले गरिव जनताका अगाडी कहिले पनि आफ्नो ‘गरिमा’ राख्न सकेन । भरतपुर जिल्लाको पहाडी क्षेत्रमा भूकम्पपीडितका लागि घर निर्माण अनुदान सम्झौता गरेको गरिमा विकास बैंकले लाभग्राहीलाई ठग्ने गरेको पाइएपछि त्यतातिरका जनताले त यो बैंकको नाम नै ‘ठग बैंक’, ‘लुटेरा बैंक’ वा यहाँ लेख्नै नमिल्ने शब्द जोडेर राखेका छन् । जव बैंकका तत्कालीन अध्यक्ष दिलिप प्रसाद खांड स्याङ्जाको वालिङ नगरपालिकाको मेयर बने र बैंक छाड्नु पर्यो, त्यतिबेला नै बैंकलाई अव कसैको जिम्मा लगाउनुपर्छ भन्ने कुरा उठेको थियो । यो कुरालाई बैंकका तत्कालीन संचालक हरि कुमार श्रेष्ठको पनि साथ थियो किनकि उनी पनि म्याग्दी जिल्लाको बेनी नगरपालिकाबाट मेयर बनेका कारण बैंक छोड्नु पर्ने थियो । बैंकबाट तत्कालीन अध्यक्षले औपचारिक राजिनामा दिएपनि बैंक उनले भने-गरे अनुसार नै चलिरहेको थियो । राजनीतिमा उनले खास समय दिनु परेकोले बैंक जिम्मा लगाउने तरखरमा उनी थिए ।
गरिमाको इक्षा ‘मर्जर’, सीइओको इक्षा, ‘इम्प्रुभ्ड करियर’
एकातर्फ बैंकमा रहेका उच्च तहका कर्मचारीको ब्याकग्राउण्ड ठिक छैन । बैंकमा उच्च तहमा कार्यरत कर्मचारीहरु कुनै बेला पोखराको ‘ऋण- काण्ड’मा परेकाहरु छन्, त कोहि नेताकै पावरका भरमा बैंकमा काम गरिरहेकाहरु छन् । बैंकका सीइओ पनि बैंक चलाउनेभन्दा बैंकहरुको राजनीति गर्नमा बढी व्यस्त छन् । बजारमा ‘अवसरवादी बैंकर’को आरोप लाग्ने गरेका सीइओ ढकाललाई पनि ठुलै बैंकमा डेपुटी पड्काउन पाउने आश थियो । उनले थुप्रै पटक ‘बिकास बैंकमा भएन अव’ भन्ने गरेको डेभलोपमेन्ट बैंकर्स एसोसीएसनमा आवद्ध सीइओहरु बताउँछन् । उनको मनोबिज्ञान पनि बैंक मर्जरमै जाओस् भन्ने थियो भन्ने अनुमान लगाउनेहरु धेरै छन्।
त्यसपछि सुरु भयो मर्जरको छलफल
गरिमा बिकास बैंक जसरी पनि आफ्नो बैंक जिम्मा लगाउने दौडमा लाग्यो । यो बीचमा एनएमबि बैंकसँग अनौपचारिक कुराकानी भएपछि बैंकलाई ‘के खोज्छस् .. आँखा !’ भनेजस्तै भयो । एनएमबि बैंकले विकल्पका रुपमा सोचेको बैंकले अलि बढी नै आशा गर्यो सायद, गरिमाले छलफललाई बढाउने कोशिस झन् रफ्तारमा लग्यो । यस्तै कुरै कुरामा एनएमबि बैंकले केहि समय अगाडी गरिमालाई ‘अक्वायर’ गर्ने कुरामा ग्रीन सिग्नल दिएपछी गरिमा झन् यो विषयमा तात्यो । गरिमाका सीइओलाई एनएमबि जस्तो बैंकको डेपुटी हुन पाउँछु भन्ने आशा थियो । त्यहि भएर पनि होला सायद, छलफल छन् अघि बढ्यो ।
कुरा चल्दै जाँदा यो कुरा गरिमाका संचालकलाइ थाहा नहुने कुरै भएन । खासै बैंकको इथिक्समा नचल्ने ती संचालकले बाहिर कुरो चुहाए । यतिसम्मकी उनले कतिपटक को-को संग भेटियो र मर्जरको विषयमा कुरो चल्योसमेत भन्न भ्याए । त्यसपछि बजारमा एकाएक मर्जरको हल्ला चल्यो । किन्नेले सेयर उठाउन थाले । गरिमाको सेयर किन बढीरहेको छ भन्ने थाहा पाएपछि संयोगबस् हामीले पनि तीनै संचालकलाई यो कुरा सोध्न पुगेछौं । उनले बेली बिस्तार लगाए । स्वाप रेसियोसमेत फाइनल भइसकेको कुरा गरे । त्यति नै बेला बजारमा सबैभन्दा विश्वासिला आर्थिक पत्रकारका रुपमा रहेका एक पत्रकारले फेसबुकमा यहि मर्जरको कुरा राखे । अन्तत: ती संचालकसँगको करिव ७ मिनेटको गफगाफपछि बेलुका अर्थ सरोकारमा गरिमा-एनएमबिको मर्जरको समाचार बन्यो ।
एनएमबिले ‘नो’ भनेपछि सीइओको यस्तो नाटक !
तर समाचार एकाएक भाइरल भएपछी शुक्रबार गरिमाका सीइओले खुब गाली खाए । यो कुरा कसरी मिडियासम्म पुग्यो भन्ने कुरा उठ्यो । बिगत २ बर्षदेखि बैंक अफ दी एयर पाएको एनएमबि आफ्नो साख गिराउने पक्षमा थिएन । गरिमाको सेयरमा निरन्तर उछाल आएको देखेर मर्जरको सूचना गरिमाका तर्फबाट चुहियो भन्ने एनएमबिले बुझ्यो । त्यसपछि एनएमबिले आफुले अरु बैंकहरु पनि विकल्पका रुपमा सोचेको कुरा सुनाएपछी गरिमा त्राहिमाम बन्यो । गरिमाका सीइओको सपानामा धक्का लाग्यो । उनले त्यसपछि केहि संचालकहरुलाई सोधे । शुक्रबार उनको दिन यसैगरी बित्यो । मर्जरको विषयमा आफुले गाली खाएपछि उनले मर्जरको हल्ला गलत हो भनेर बिज्ञप्ति बनाउन अर्हाए । मर्जरको चर्चा धेरै मिडियामा थियो । तर उनले पहिला कसले लेख्यो भनेर सोधनी गरे । कर्मचारीले फ्याट्टै अर्थ सरोकारमा समाचार छ भन्ने सुनाए । यसबारे उनले बैंकका पूर्व अध्यक्षलाईसमेत ब्रिफिङ गरे । अर्थ सरोकारले बैंकको अध्यक्ष र मेयर एकै हुन राष्ट्र बैंकको नियमले दिंदैन भन्ने समाचार लेखेपछि तत्कालीन अध्यक्षले बैंक छोडेका थिए । यहि कुरालाई टेकेर ‘अर्थ सरोकार’लाइ ठोकेर बिज्ञप्ति निकाल्नु भनी अर्हाईयो । यो काममा बैंकका कम्पनी सचिव माधव प्रसाद उपाध्याय र यस अघि पोखराको ऋण काण्डमा समेत मुछिएका भक्त बहादुर केसीले सहि थापे । र बिज्ञप्ति तयार भयो ।
तर पनि बैंकका सीइओ न मर्जरको कुरा चली पो हाल्छ कि, अगाडी बढी पो हाल्छ कि भनेर बसे । आइतबार सेयरको कारोबार हेरौं भन्ने पनि कुरा चल्यो । तर आइतबार गरिमाको कारोबारमा उछाल आयो । सेयरको कारोबार हद बढेपछी नेप्से र धितोपत्र बोर्डबाट एनएमबि बैंक र गरिमा दुबैलाई अनौपचारिक प्रश्न सोध्ने काम भयो । विवादमा फसिने पक्का बह्येपछी एनएमबि बैंकले औपचारिक रुपमै गरिमालाई ‘नो’ भन्यो । त्यसपछि कारोबार सकिएपछि शनिबारको मिति राखेर बिज्ञप्ति आइतबार प्रकाशित भयो ।
(हामीलाई समाचार उपलब्ध गराउने स्रोत अर्थात बैंकका एक संचालकसँगको कुराकानीमा आधारित)
र हाम्रो भन्नु !
अर्थ सरोकारको नाम नै किटेर बैंकको बिज्ञप्तिआइ सकेपछि हामीले केहि भन्नु नै पर्छ । हुन त भक्त बहादुर केसीले फोन गरेर अर्थ सरोकारको नाम नै किटिनु प्राविधिक गल्ती भएको भन्दै मागी मागिसकेका छन् । तर यो काममा उनले पनि सल्लाह दिएका छन् भन्ने हामीलाई थाहा छ । हामी हाम्रा समग्र पाठकहरुलाई भन्न चाहान्छौं, ‘यसअघि पनि हामीले थुप्रै पटक मर्जरमा समाचार ब्रेक गरेका थियौं । हामी कुनैमा पनि फेल खाएका छैनौं । यो पटक मर्जरको विषयलाई लिएर बजारमा व्यापक चलेखेल भएको बुझ्न गाह्रो छैन । सबैतिरबाट चौतर्फी दबाद आएपछी यो मर्जरको कुरा बिसर्जन भएको हामीले बुझेका छौं । तर समाचार बनाउने बेलामा हामी सूचना भेरिफाइ गर्न चुकेका थिएनौं । संचालकसंग कुराकानी गरेर नै हामीले समाचार बनाएका थियौं । अर्को कुरा गरिमा बिकास बैंकका तत्कालीन अध्यक्ष र एक संचालकले हाम्रो समाचारपछी नै राजीनामा दिएका थिए । त्यहि भएर थुप्रै मिडियामा मर्जरको समाचार आएपनि हाम्रो नाम किटिनुलाई हामीले अन्यथा लिएका छैनौं । बरु गरिमा बिकास बैंकभित्र हुने गरेका थुप्रै काण्डहरुमा हाम्रो सुक्ष्म नजर हटाउनु हुँदैन भन्ने उर्जा हामीलाई मिलेको छ ।यो बीचमा आफुलाई अर्थ सरोकारको प्रतिष्पर्धी भन्न रुचाउनेहरुले यो विषयलाई ठुलो बनाएको कुरा हामीलाई थाहा छ । तर हामी न चुक्नेछौं, न झुक्नेछौं । हामी त हामीले बाचा गरे अनुरुप, ‘जनताका मुद्धा बोकीरहन्छौं, गलत गर्नेलाई अक्षरले ठोकीरहन्छौं’
गरिमा बिकास बैंक सम्बन्धि अर्थ सरोकारका तलका समाचार छुटाउनुभयो कि ?
- सेयरको भाउ बढ्न थालेपछि आत्तियो गरिमा, कार्वाहीको डरले बिज्ञप्ति निकाल्दै भन्यो, ‘मर्जरको हल्ला निराधार’ !
- होसियार ! गरिमा बिकास बैंकमा लगातार भेटिन थाले नक्कली नोट, गरिमाको एटिएमबाट निस्केका नोट पनि नक्कली !
(हामी निरन्तर यो बैंकका कर्तुतको फलोअपमा छौं)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्