×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर, दुताबासको फोन नै उठ्दैन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर, दुताबासको फोन नै उठ्दैन

Artha Sarokar

२७ चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • रासस
काठमाडौँ – कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिनुभयो । “एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ ।” उहाँले भन्नुभयो, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”
उहाँले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्नुभयो । “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन ग¥यौँ ।” भण्डारीले दुखेसो पोख्दै भन्नुभयो, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । “हुलिएर बसेका छौँ । बाहिर कोरोनाको संत्रास धेरै छ ।” उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” उहाँले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताउनुभयो ।
“यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उहाँले भन्नुभयो, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।” त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिनुभयो । “एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ ।” उहाँले भन्नुभयो, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” उहाँले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो ।
“नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौँ ।” चन्दले भन्नुभयो, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौँ ।” सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।
नेपाल–भारत सीमामा करिब एक हजार ५०० को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिनुभयो । “हाम्रो भारतीय पक्षसित सधैँ सम्र्पक र समन्वय हुँदैछ ।” उहाँले भन्नुभयो, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताउनुभयो ।
“सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।” उहाँले भन्नुभयो, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिनुभयो ।
“छानविन गर्दैछौँ, उहाँले भन्नुभयो, “दोषी भेटिए ऐनअनुसार कारवाही हुन्छ ।”
बझाङको छविसपाथिभेरा गाउँपालिकामा लकडाउनको बेवास्ता गरी बान्नीकी चैतेली नामक विशाल धार्मिक मेला सम्पन्न भएको थियो । सोही मेला सञ्चालनको आरोपमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अन्य पक्राउ पर्नेमा बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उहाँका दुई सहयोगी फसलपाते पण्डित डम्बरबहादुर धामी र पूजारी जयकृष्ण जोशी, स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह रहेका छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी