×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘गभर्नरले उद्योगी व्यवसायीका दुःख र समस्याहरुलाई सम्बोधन गर्ने हिम्मत राख्नुभएको छ’ : व्यवसायी प्रधान (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘गभर्नरले उद्योगी व्यवसायीका दुःख र समस्याहरुलाई सम्बोधन गर्ने हिम्मत राख्नुभएको छ’ : व्यवसायी प्रधान (भिडियो रिपोर्ट)

४ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सराकार मल्टिमिडिया ब्युरो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उद्योग वाणिज्य उपाध्यक्ष किशोर प्रधानले महासंघले बुझाएको २८ बुँदे सुझाव अनुसार उद्योगी व्यवसायीका मागलाई सम्बोधन गरेर मौद्रिक नीति आएको बताउनुभयो । गभर्नर महाप्रसाद अधिकारीले उद्योगी व्यवसायीका दुःख र समस्याहरुलाई सम्बोधन गर्ने हिम्मत राख्नुभएको प्रतिक्रिया समेत प्रधनले दिनुभयो । उहाँले भन्नुभयो ‘उद्योग वाणिज्य महासंघले २८ बुँदे सुझाव नेपाल राष्ट्र बैंकमा बुझाएको थियो त्यो सुझाव प्रति नेपाल राष्ट्र बैंक बहुत पोजेटिभ छ भनेर गभर्नरले हामीलाई भन्नुभएको थियो । जुन प्रकारले हामीलाई वहाँले आश्वासन दिनुभएको थियो आज आश्वासनलाई पूर्णरुपले पुरा गरेको हामीले महसुस गरेका छौं । अहिलेको अवस्थामा हामीले के देख्यौं भने सबैभन्दा ठूलो हिम्मत क्रेडिट र इज्जत कमाउने परिवेषमा नेपाल राष्ट्र बैंकको अहिलेको गभर्नर हुनुहुन्छ । जसले हाम्रो दुःखलाई सम्बोधन गर्ने क्षमता राख्नुभयो ।’
उपाध्यक्ष प्रधानले कृषि क्षेत्रमा कुल कर्जाको १५ प्रतिशत लगानी पुर्याउने, रिफाइनान्सिङमा ब्याजको क्षेत्रमा क्याटोगराइज गर्ने र बैंकहरुलाई कोटा तोक्ने विषयले निजी क्षेत्रको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले मौद्रिक नीतिमार्फत सरकारले आफ्नो उपस्थिति देखाएको बताउनुभयो । उहाँले भन्नुभयो ‘समग्र साना तथा मझौला उद्योगी ठूला उद्योगी सबै उद्योगीहरुको व्यवसायलाई बुझेर उहाँले जुन मौद्रिक नीतिमा सम्पूर्ण कुरा ल्याउनुभयो । जस्तो की कृषिको क्षेत्रमा १५ प्रतिशतको लगानी, ब्याजको क्षेत्रमा तीनवटा क्याटोगराइज, निर्यातको क्षेत्रमा तीन प्रतिशत, अन्यमा ५ प्रतिशत र लघुमा ४ प्रतिशत गरेर जुन रिफाइनान्सिङ गर्ने स्किम दिनुभयो । रिफाइनान्सिङ गर्दाखेरी २७ वटा बैंकमा एक बैंकलाई ५ सय उद्योगी व्यवसायीलाई सम्बोधन गर्ने अधिकार दिनुभयो । प्रत्येक बैंकको शाखालाई १०-१० वटा लगानीकर्तालाई सिधा सुविधा दिने निर्देशन दिनुभयो त्यसले गर्दा के भयो भने आशाको किरण मनमा प्रफुलित भयो । हिजो देखि आज सम्म सबैले एउटा कुरा के महसुस गरेको छ कि सरकारले उपस्थिति देखायो । सरकारले उद्योगी व्यवसायीको पक्षमा उपस्थिति देखायो भन्ने कुराको प्रमाण हामीले पायौं ।’
मौद्रिक नीतिले उद्योगी व्यवसायीहरुमा आशाको किरण जगाएको उहाँको भनाई छ । उद्योगी व्यवसायीको हितका लागि मौद्रिक नीतिमा ल्याइएका व्यवस्थाको कार्यान्वयनको पक्ष के हुन्छ भन्नेमा निर्भर रहने पनि प्रधानले बताउनुभयो । उहाँले भन्नुभयो ‘यौ मौद्रिक नीतिले आशाको किरण त जगायो सबैले खोजेको चिजहरु हामीले  हेर्यौ । हाम्रा कुराहरु सुनुवाई भयो भनेर हामीले भनिराखेका छौं । तर कार्यान्वयनको पक्षमा के हुन्छ भन्ने कुरा मनमा शंका उपशंका भइराखेको छ । राष्ट्र बैंक त्यो पक्षमा हुँदैन किनभने सरकारी निकायको काम गर्ने तरिका र राष्ट्र बैंकको काम गर्ने तरिका फरक छ । त्यो आक्षेप लगाउन खोजेको होइन मैले की कार्यान्वयन पक्षमा कुनै कमि कमजोरी होला भनेर । तर सामान्यतया नेपालमा के छ भने राजनीतिक असर छ नी यसले सबैठाउँमा छोएको देखिएको छ । त्यतिवेला राष्ट्र बैंकले जुन नीति निकालेको छ त्यसलाई कार्यान्वयन गर्नमा पछि हटनु हुँदैन कसैको कुरा सुन्नु हुँदैन् । कार्यान्वयन पक्ष सजिलो र सरलिकरण तरिकाबाट लघु उद्यामी देखि लिएर व्यापारी समेतले सजिलो तरिकाबाट प्राप्त गरोस व्यवहारमा गरोस भन्ने हाम्रो चाहना छ ।’ हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: