×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको पुननिर्माण तिब्र गतिमा, कात्तिक महिना भित्र सम्पन्न हुने (भिडियो रिपोर्ट)

PRIME CA

भूकम्पले क्षति पुर्याएको सिंहदरबारको पुननिर्माण तिब्र गतिमा, कात्तिक महिना भित्र सम्पन्न हुने (भिडियो रिपोर्ट)

१२ श्रावण २०७७, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । २०७२ सालको भूकम्पले पूर्णरुपमा क्षति भएको देशको मुख्य प्रशासनीक केन्द्र सिंहदरबार कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी पुननिर्माण भइराखेको छ । कोभिड १९ का कारण निर्माण कार्यमा असर पर्दा केही समय ढिलो हुने भएपनि मूख्य भवनको पूननिर्माण कात्तिक महिना भित्र सम्पन्न गर्ने गरी काम भइराखेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले बताएको छ । 
सिंहदरबार देशको मूख्य प्रशासनीक निकाय हो । राणा प्रधानमन्त्री चन्द्र शमशेरले निजी निवासको रुपमा सन १९०३ मा सिंहदरबार बनाउन लगाएका थिए । तर पछि सिंहदरबारलाई मूख्य प्रशासनीक केन्द्रको रुपमा परिणत गरियो । प्रधानमन्त्रीको कार्यलय तथा अन्य सरकारी मन्त्रालयका कार्यालयहरु सिंहदरबार भित्र छन् । एतिहासिक सिंहदरबारको मुख्य प्रशासनीक भवन २०७२ सालको भूकम्पले लगभग नष्ट हुने अवस्थामा पु¥यायो । त्यसपछि केही वर्ष सिंहदरबारको पुननिर्माण हुन सकेन । अहिले भने पुननिर्माणले गति लिएको छ । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना उपनिर्देशक झप्पर सिंह विश्वकर्माले सिंहदरबारमा क्षति भएका मूख्य दुई भवनहरु जसमा पूर्वपट्टिको सी आकारको भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने भवन) र पश्चिम पट्टिको मोहडाको प्रबलिकरण (रेक्टोफिटिङ) विधिबाट पुननिर्माणको कार्य भइराखेको बताउनुभयो । मुख्य प्रशासनीक भवन जहाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहनेछ उक्त भवनको पुननिर्माण आगामी कात्तिक महिना भित्रमा सम्पन्न गर्ने योजना अनुसार काम भइरहेको छ । भदौ महिना भित्रमा पूननिर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना भाइरसका कारण काममा असर परेकाले कात्तिक महिना भित्र सम्पन्न गर्ने योजना अनुसार काम भइराखेको विश्वकर्माले बताउनुभयो । पश्चिम पट्टिको मोहडा जटिल प्रकृतिको भएको र बहुमूल्य सामानहरु समेत रहेकाले त्यसलाई जोगाई राख्ने गरी काम भइरहेको उहाँले बताउनुभयो । पश्चिम मोहोडाको पुननिर्माण २०७८ असोज मसान्त सम्म सक्ने समय सीमा रहेपनि चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य अनुसार काम भइराखेको विश्वकर्माले बताउनुभयो ।

सिंहदरबारको यो भवन युरोपेली शैलीमा बनेको छ । २०३० सालमा आगलागी भएपछि यो भवन सिमेन्ट, बालुवा, छड लगायतका वस्तु प्रयोग गरी जिर्णोद्धार गरिएको थियो । त्यसैले अहिले पनि सिमेन्ट, छड, गिट्टी फलाम लगायत कंक्रिटको प्रयोग गरी ज्याकेटिङ प्रविधिबाट पुननिर्माण गरिएको विश्वकर्माले बताउनुभयो । पश्चिम पट्टिको मोहडामा सुर्खि, चुना, फलाम, सिसा, काठ प्रयोग गरि बनाइएकाले सोही अनुसार नै पुननिर्माणको काम अगाडि बढाइएको छ । राणा कालमा जुन वस्तु प्रयोग गरि जस्तो प्रविधिबाट बनाइएको थियो सोही प्रविधि अनुसार नै अहिले प्रबलिकरण भइराखेको विश्वकर्माले बताउनुभयो । न्यूनतम क्षति र अधिकतम संरक्षण गर्ने सिद्धान्त अनुसार भवनको प्रवलिकरण गरिएको उहाँले बताउनुभयो । आयोजनाका प्रजेक्ट म्यानेजर प्रलाहद चापागाईंले भवनको फाउण्डेसनको काम भइरहेको बताउनुभयो । उहाँले ब्रिक्स सोलिङ, पीसीसी, फर्मवर्क, स्टिील फ्रेमिङ र बिम पुरा गर्ने कम भइराखेको बताउनुभयो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने पूर्व पट्टिको भवनको निर्माण ७५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने छ । त्यस्तै पश्चिम पट्टिको मोहडाको भ्याट बाहेक ४० करोड रुपैयाँमा निर्माण सम्पन्न हुने विश्वकर्माले बताउनुभयो । सिंहदरबारको पूननिर्माणको काम तीनवटा प्याकेजमा भएको उहाँले बताउनुभयो । पहिलो प्याकेजको काम शर्मा न्यू टेक्निकल जेभि र डिभि मल्टी कन्सल्ट्यान्टबाट सम्पन्न भइसकेको छ । जस अन्तर्गतको सबै काम असार महिनामा सम्पन्न भएको थियो । दोस्रो प्याकेजमा इन्टेरियर, प्लम्बिङ लगायतका काम भइराखेको छ । यो काम कात्तिकको पहिलो साता भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विश्वकर्माले बताउनुभयो । त्यसको काम शर्मा न्यूटेक र माइक्रो टेक जे भिले गरिरहेको विश्वकर्माले बताउनुभयो । तेस्रो प्याकेज अन्तर्गत पश्चिम पट्टिको मोहडाको कामलाई लिइएको छ । जसको काम शर्मा न्यू टेक्निकल जेभिले गरिरहेको छ । हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: