×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटको घडीमा कुशल व्यवस्थापनको आवश्यकता

PRIME CA

संकटको घडीमा कुशल व्यवस्थापनको आवश्यकता

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < ४ मिनेट

सुष्मा तिमिल्सिना
आतुरे व्यसने प्राप्ते दुर्भिक्षे शत्रु-संकटे ! 
राजद्वारे श्मशाने च यस्तिष्ठति स बान्धव: !!

यो श्लोकले भन्दछ “बिरामी हुँदा, दुःख पर्दा, अनिकाल पर्दा, शत्रुको भय हुँदा वा सत्रु आक्रमण हुँदा, साशकिय काममा होस् वा मसानघाटमा जो साथ रहन्छ त्यही बन्धु हो”। यो भनाई अनुसार संकटमा तथा आपद विपदमा सहयोग गर्ने अथवा साथ रहने मानिस मात्र सच्चा साथी र संगत गर्न लायक मानिन्थ्यो l यसै अवधारणालाई आधुनिक कालमा जिम्मेवारी, कर्तब्य वा ब्यवस्थापनको रूपमा अर्थ्याउन थालियो। आखिर जेभएता पनि यो एक मानिसले अर्को मानिसलाई संमवेदनात्मक ब्यवहार गर्नु हो भनेर बुझ्न सकिन्छ। पुर्बजानकारी बिना अनपेक्षित परिमाण आउनु नै संकट हो। अर्थात संकट यस्तो अबस्था हो जुन कुरा कसैले सोचिरहेको नै हुँदैन l तत्कालको परिस्थितिमा यसले विनास पु्र्याउछ र भविष्यलाई आश्वस्त हुन नसक्ने बनाउँछ। आईपरेको संकटलाई धैर्यता बुद्दिमत्तापुर्बक व्यबस्थापन गर्न र यसको न्युनीकरण गर्ने प्रकिया लाई संकट ब्यबस्थापन भनिन्छ। यो एक अनपेक्षित र अनिश्चित अबस्थाको व्यबस्थापन हो । यस्तै किसिमको संकट आउला भन्ने कुनै आधार नै हुदैन । संकटहरू आईपर्दा जे पर्छ सोहि बेला टर्छ भन्नु भन्दा पनि संकटले पार्ने असर, संकट आईपर्दा व्यबस्थापन गर्नु नै पर्छ आफै टरेर जाने भन्ने हुदैन। 
अहिले कोरोना भाईरस (कोभिड-१९) को फैलिदो संक्रमणका कारण विश्व नै संकटको अवस्थामा छ । यसले प्रत्यक्ष रूपमा हरेक राष्ट्रलाई ठुलो विचलित बनाएको छ। कोरनाको कारण मानव-मानव विच धेरै ठुलो रूपमा भौतिक दुरी, आर्थिक श्वार्थ र यस संग जोडिएका विभिन्न समस्याले विश्व नै संकटको सामना गरिरहेको छ । यस्तै अबस्थामा नेपालपनि ठुलो समस्या अनि यसको कुशल व्यबस्थापन प्रक्रियामा जुटेकै महिनौ नै भईसकेको छ । राज्यले हरेक स्रोत र साधनको अधिकतम प्रयोगको बिधि अपनाएर यो भयवित अबस्थामा चुनैतीसंग लडिरहेको छ। हाम्रो जस्तो मुलुकको लागि यो अत्यन्तै कठीन र अनपेक्षित अबस्था हो । लामो समय सम्म आन्तरिक सशत्र द्वन्द्व, बदलिएको शासन पद्दती अनि बाढी पहिरो, विनाशकारी भुकम्प, भारतले गरेको अमानवीय नाकाबन्दी, जस्ता ठुला ठुला संकट खेप्दै आएको राज्यलाई यो विश्वव्यापी कोरना भाईरस संक्रमणको प्रकोपले त झनै महासंकटमा पारिरहेको छ । हामीसंग भएका स्रोत साधन अनि सरकारको ठोस कार्य व्यबस्थापन मध्यनजर गर्दा खेरी खासै प्रभावकारी देखिदैन । यस स्थितिलाई ठोस सम्बोधन हुन सकेको छैन | यसले महामारी नियन्त्रणमा लिन सक्ने अबस्था कठिन बनेको छ । नेपालमा जस्तै ठुला शक्ति राष्ट्रहरु नै यसको नियन्त्रण गर्न र आर्थिक स्थितिलाई चलायमान बनाउन असफल छन् l तर पनि राज्यले जनभावनाको कदर गरी सहि र यथार्थ परक हिसाबले कोरना संकटको सम्बोधन गर्नु पर्छ। जुनसुकै संकटलाई संकटकै रूपमा ग्रहण गरी उचित ब्यबस्थापन गर्नुपर्छ । यहि संकट ब्यबस्थापन गर्न पनि स्रोत, साधन, भौतिक साहयता अपुगको माहोलमा पनि संकटलाई कुशल ब्यबस्थापन गरी जनसमक्ष लैजानु नै राज्यको ब्यबस्थापकिय कुशलता हो।
हरेक संकटलाई ब्यबस्थापनको हिसाबले मध्यनजर गरी यसको पहिचान, परिधिकरण, समस्याको प्राथमिकीकरण, कार्यन्वन तह र संकट ब्यवस्थापनका उपायहरू सुरक्षात्मक उपायहरूको अवलम्बन गर्नुपर्ने देखिन्छ । संकट आफैमा समस्या हो । यो परिस्थिति अहिले साझा समस्याको रुपमा विश्व आक्रान्त भएको छ । 
अतिवृष्टि, अनावृष्टि, भूकम्प, बाढी-पहिरो सबैखाले संकट आउने गरेकै थियो | त्यसमाथी कोरनाको विध्यमान संकट रहिन्जेल यसका जोखिमवाट बच्न र सुरक्षाको निम्ति राज्य, राजनीतिक दल, जनसाधारण, संगठित तथा असंगठित निकायहरुले आफ्नो नागरिक दायित्व निर्वाहगर्न जरूरी छ। हालको संकटको धडीमा विकासोन्मुख मुलुकहरू पुर्वाधार, स्वास्थ चौकी, अस्पताल र अन्य आवश्यकताहरुको संबोधन गर्ने ब्यबस्था मिलाउदै बिपन्न नागरिकको सेवा र उद्दारमा तल्लीन छन। नकारात्मक टिपणी, भ्रस्टाचार जस्ता कुरामा नभई राज्यको स्थानीय ब्यबस्थालाई सहायता गर्नु र यो परिस्थिति बेहोर्ने बाहेकको कुनै विकल्प छैन । हामि यो संकटको घडीमा कोरोना ब्यबस्थापनको उचित तथा प्रभावकारी तरिकाले कार्य गर्नु गराउनु बुद्धिमानी हुन्छ । जस अन्तरगत तत्काल रोकथाम तथा जोखिम कम गर्ने उचित स्वास्थ्य तयारी र तत्कालै उद्धार जस्ता कार्यहरुलाई रचनात्मक तथा प्रभावकारी बनाउन जरूरी छ ।
कोरना संक्रमण नियन्त्रण गर्न राज्यले लकडाउन ,सटडाउन, निशेधाज्ञा, करर्फु, नाका तथा टोल सिल गर्दै आएको छ । सरकारी स्तरबाट संक्रमीतको पहिचान गर्ने पि सि आर परिझन गर्ने, संक्रमीतको अवस्था हेरी घर तथा आइशोलेसनमा राख्ने, कन्ट्क तेसिङ गर्ने क्वारेनटाइनमा राख्ने, उपचार गर्ने जस्ता कार्य गर्दै आएको छ । संक्रमण रोक्न गरेको बन्दा बन्दीको कारण ब्यापार, शिक्षा, उद्योग, कारखाना लगायत सबै क्षेत्रहरू प्रभावित छन् । स्थिति धेरै नकरात्मक र भयानक छ। काम नहुँदा दिन दिनै लाईन लागेर खाना खान बिपन्न नागरिकहरु बिशेष गरि शहरी क्षेत्रमा संघ संस्था तथा राज्यको भरमा आश्रित छन । कोरोनाको कारण बढेको महंगीले गरिबवर्गलाई झन अपठ्यारो परेको छ l दोब्बर तेब्बर भाउ हालेर पनि सामानहरू नपाउंदा अपठ्यारो स्थिति पैदा भएको छ l सरकारले दिने रासन पानी खाने र ठुला उद्योगी ब्यबसायीलाई केही फरक पर्दैन होला तर गरिव आम नेपाली नागरिकलाई फरक परेको छ । कतिदिन कोरना भनेर घरमा आफुले आफुलाई थुनेर बस्ने ? ऋण कस्ले तिरिदिने ? अनि घरको रासन कस्ले भर्दिने ? यस्तो समयमा सुरक्षासम्बन्धी उपाएहरु पनि आपनाउनु नै छ । सरकारले ध्यान दिन नसक्दा जनताले बिद्रोह गर्ने अवस्था आउने खतरा देखियो l सधैं बन्दा-बन्दी मात्र विकल्प हुन्न भन्ने अब पुस्टि भैसक्यो l उच्चतम समन्वय र सहकार्यमा जनजीवन सहज बनाउनेतर्फ ध्यान दिएर राज्यले आर्थिक गिराबटवाट तैराएर निकास दिन ढिला गर्नु हुदैन ।
कोरना संकमण नियन्त्रण गर्न आम नागरिकको महत्वपुर्ण भुमिका छ । अग्रभागमा रहेर कर्तव्य पालना गर्ने स्वास्थकर्मी तथा सुरझाकर्मीलाई आवश्यक सहयोग सम्मानपूर्वक व्यावहार गर्ने कुरामा जोड दिइनु पर्छ। समयको गम्भीरतालाई बुझी हरेक नागरीकले सामाजिक भौतिक दुरी कायम गर्ने ,अनावश्यक हिडडुल तथा भिडभाड नगर्ने ,सुरझा मापदण्ड अनिवार्य अपनाउने कुरामा अझै जोड पुगेको छैन। सबैको सहकार्य योगदान यसमा हुनु पर्दछ। जनताले अनुशासन समाजिक सचेत व्यवहार गर्ने र सरकारले जिम्मेवार भुमिका निवाह गर्ने गरेमा कोरना रोकथाम हुन सहज हुनेछ। अन्थामा संकमण भयावह बन्ने ,आथिक अवस्था जटिल बन्ने हुन सक्छ। यसकारण उपयुत कार्यहरुको प्रभावकारी कार्यन्वयन, सरकारको जिम्मेवार भुमिका तथा नागरिकको समेत दायित्वले यो लडाई जित्न सकिन्छ । 
भएका यस्ता विपत्तीलाई सुधारात्मक कदम चाली चुस्त, दुरूस्त, तटस्थ एवं रचनात्मक आधारमा जुटेर साहस र धैर्यताका साथ सफल र सुरक्षित रहनु पर्ने देखिन्छ। हामीलाई दात्री निकाएको सहयोग मात्र होइन तिनीहरूले अवलम्बन गरेको आवशयक नीति अपनाउन जरुरी छ । यस्तो जटील समयमा हामिलाई साच्चै बिज्ञ तथा सफलता पुर्वक संकमण नियन्त्रण गरेका देश बाट पाठ सिक्नु पर्छ। नुजिलाय्ड भेटनाम, इजरायल , अस्टेलिया, जापान, चिन जस्ता मुलुकहरुले रोकथामका लागि गरेका विधिहरु अनुसरण योग्य छन् । यथासक्य खोप प्रर्वधनका लागि उत्पादक देश कम्पनि सँग चाडो रणनिति, व्यबसाहिक, कुतनितिक पहल समयमा नै गर्नु पर्ने हुन्छ। यो समय बाच्ने र बचाउने हो संकट जुटेर सामना गर्नुनै उचित हुन्छ । -पुब्लिक न्युज एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: