×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भिटेनलाई समात्ने प्रहरीले लोकदोहोरीका नाममा मौलाएको यो ‘छाडापन’ किन देख्दैन ?

  • टिप्पणी
प्रहरीले गीत गाएको अभियोगमा ‘भि-टेन’ खोज्दैछ । र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको हो । प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ । भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् । महिलाहरुलाई अश्लील गाली गरेको भन्दै भिटेन पक्राउ पर्न लागेको भन्दा पनि यसअघि प्रहरीलाई गाली गरेको इगो प्रहरीमा भएका कारण उनलाई पक्राउ गर्न लागिएको चर्चा पनि सामाजिक संजालहरुमा छाईरहेका छन् ।  जे होस् गल्ती गर्नेले सजाय पाउनुपर्छ ।  
महिलाहरुलाई मात्र होइन कसैलाई पनि हानी हुने खालको काम गर्न कसैलाई छुट छैन ।  तर सबैखालका गीत सबैसँग बसेर हेर्ने हुनुपर्छ भन्ने कुरा गलत हो ।  गीतका आ-आफ्नै पारा हुन्छन् ।  डिस्कोमा गाइने गीत, नाइट क्लबमा गाइने गीत र घरपरिवारमा रमझम गर्दा गाइने गीत उही हुनु हुँदैन । र्र्याप संगीत सिमित बर्गका लागि बनाइएको हुन्छ ।  भलै यस्तो गीत हेर्ने बर्ग नेपालमा ठुलो छ ।  भिटेनको गीत घरपरिवारसँग बसेर हेर्न त नसकिएला तर यो गीत लिएर मनोरंजन लिनेहरुको संख्या ठुलो छ । त्यसैले गीत गएकै कारण कसैलाई समात्ने नै हो भने भिटेन मात्र होइन केहि लोकदोहोरीका नाममा भद्दा शब्द प्रयोग गर्नेलाई पनि प्रहरीले ‘नजर लाउन’ जरुरी छ । 
जस्तै एउटा गीत छ दोहोरी…
तिमीलाई अँध्यारोमा च्याप्प समात्छु 
अनि ब्याउनी बनाउँछु 
के यो गीत छाडा छैन ? अध्याँरोमा च्याप्प समातेर ब्याउनी बनाउँछु भन्ने गीत परिवारसँग बसेर हेर्न मिल्ने गीत हो त ? के यसमाचाहिं महिलाहरुको अपमान भएको छैन ? के महिलाहरु च्याप्प समातेर ब्याउनी बनाउने साधन हो र ? यो पनि त महिलाको अपमान भएन र ? कुरा आउला मन परेको मान्छेलाई यति भन्न पाइन्छ ।  तर युवाहरुले बहस गर्लान् नि त, निर्मलाको हत्यारा र बलात्कार गर्नेलाई पक्राउ गर्न नसक्ने प्रहरीलाई गाली गर्नचाहिं नहुने ? अनि मन परेको भन्दैमा सबैले सुन्ने गीतमा ब्याउनी बनाउँछु भन्नचाहिं हुने ?
युट्युबमा सार्है चर्चित छ एउटा कार्यक्रम इन्द्रेणी ।  सार्है लोकप्रिय यो कार्यक्रम सासु बुहारी, ससुरा, घरमा सबै मिलेर हेर्छन ।  तर एउटा गीतमा यस्तोसमेत भनिएको छ । 
‘किन होला तिमीले मुख मिठाको ?
गिलो मासु हुन्छ के ठिटाको…
यो शब्द सुनेर सो कार्यक्रममा पनि सबै गलल हाँस्छन् ।  यसको अर्थ भल्गर हो भन्ने त्यहाँ रहेका पनि सबैलाई थाहा छ । अनि के सबै मिलेर हेर्ने कार्यक्रममा यस्तो गीत गाउन पाइन्छ ? बहस सुरु भएको छ । 
अर्को गीत छ, सार्है चर्चित
घरमा कोहि नहुदा… एकछिन तिम्लाई बोलाम्ला…
तिम्रो कम्मर समाएर अङ्गालोमा बेरेर माया गरम्ला होइ माया गरम्ला
यो गीतको सन्देश परिवारसँग मिलेर मनन गर्ने खालेको छ त ?
अनि यो गीत नि ?
त्यो रातमा पिरति साट्ने थ्यौ
पाको भा त लव्लपी चाट्ने थ्यौ
यो गीतको अर्थ के हो ? कसैले बुझेको छ त ?
तिमि रातो सारीमा, म झ्याप्प दारीमा… 
आउ कान्छि डेटिङ जाम, सिस्नो घारीमा….
सिस्नो घारीमा गएर के गर्ने भन्ने सन्देश हो यो गीतको ?
अनि सबै गीत परिवारसँग बसेर हेर्न कहाँ मिल्छ र ? यसो भन्दै गर्दा हामी त्यहि समाजमा हुर्कियौं जहाँ सबै परिवार मिलेर हेर्ने समाचारको गीतमा विज्ञापन बज्थ्यो र बज्छ-
‘झिल्के दाइ छ-छैन कन्डम ?
‘कन्डम किन ? म भएन हुन्न र ?’
अर्को विज्ञापन आउँथ्यो टिभीमा 
रोक्ने छेक्ने ढाल नै हो’
भिटेनको गीत त टिभीमा बज्दैनथ्यो ।  यी विज्ञापनहरु त जनचेतनाका नाममा बजेका बज्यै छन् त ।  यो तर्फ पनि प्रहरीले ध्यान दिने कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: