
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले डोटीको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको बसौटी प्राविमा पढ्दै गरेका साना बालबालिकादेखि तनहुँको व्यासनगरपालिका–५ स्थित चापाघाटमा व्यावसायिकरुपमा बङ्गुरपालन गर्नुभएका कृषक झलकबहादुर आले बङ्गुरसँग रमाउँदैसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
डोटीको जोरायल गाउँपालिका–६ निरौलीमा रहेको बसौटी प्राविमा पढ्दै गरेका साना बालबालिका । कोरोनाका कारण लामो समयपछि विद्यालय खुलेपछि यहाँका विद्यालयमा पढ्न आउने बालबालिकाको सङ्ख्या बढ्दै गएको छ ।

तनहुँको व्यासनगरपालिका–५ स्थित चापाघाटमा व्यावसायिक रुपमा बङ्गुरपालन गर्नुभएका कृषक झलकबहादुर आले बङ्गुरसँग रमाउँदै । बङ्गुरपालन व्यावसायबाट राम्रो आम्दानी हुँदै आएको उहाँ बताउनुहुन्छ ।

जिल्लाको व्यासनगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा आएका विद्यार्थीको तापक्रम मापन गरिँदै । गुणस्तर शिक्षामा देशभर नै ख्याति कमाउन सफल यस विद्यालयले आइतबारदेखि दुई चरणमा पठनपाठन सञ्चालन गरेको हो ।

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित जौबारीका किसान भट्टिमा सुकाएको अलैँची बोरामा भर्दै । उच्च तथा लेकाली क्षेत्रमा मङ्सिर अन्तिमसम्म अलैँची टिप्ने, थन्क्याउँने सिजन चल्छ ।

तमानखोला गाउँपालिकाको खुङ्खानीमा पुल नहुँदा खोलाबाटै मोटर पार गराउँदै चालक । गाउँपिच्छे सडक सञ्जाल पुगेपनि खोलानालामा पुल नबन्दा समस्या छ ।

बिहान–बेलुका मकैको गेडाको दाना र दिउँसो एकपटक घाँसको दाना खाने कुखुरा । दिउँसो घाममा बसेका कुखुरा हरियो घाँस एकदमै मन पराएर खान्छन् । खेतबाट घाँस काटेर ल्याउँदा कुखुराले मान्छेलाई घेरिसकेका हुन्छन् । पूर्ण रुपमा अर्गानिक दाना खुवाएर हुर्काएको कुखुरा स्वस्थकर मानिन्छ ।

नेपाल–भारत सीमावर्ती पर्यटकीय क्षेत्र फालोट र तीनसिमाना । यी स्थानमा पर्यटकको चाप बढ्दै गएपनि नेपालतर्फ पर्यटकीय पूर्वाधार तथा संरचना नहुँदा नेपालले लाभ लिन सकेको छैन ।

तनहुँको व्यास नगरपालिका–३ मा रहेको शान्तिवाटिका पार्क । कुनै बेला फोहर फाल्ने यस ठाउँ अहिले पार्क बनेपछि घुम्न आउने सर्वसाधारणको आकर्षण बढेको छ ।

वनगाड कुपिण्डे नगरपालिका– ७ सल्यान ढोर गाउँमा सङ्कलन गरिएको रिठो जोख्दै स्थानीय रुपलाल नेपाली । रिठो सङ्कलकले प्रतिकेजी रु ५० मा निर्यात गर्दैआएका छन् ।

मकवानपुरको चित्लाङमा रहेको करीब १०० वर्ष पुुरानोे पानीघट्ट । बिजुलीको सुविधा र जलश्रोतको कमीका कारण अहिले यस्ता पानीघट्ट हराउँदै गएका छन् ।

पाल्पामा लोप हुँदै गरेको पुरानो पन्चेबाजा ।

रामपुरमा मेसिनबाट आलु रोप्न वीउ राख्दै कृषक ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्