- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले कोदो टिप्ने चटारोमा कृषकदेखि देशभर अरु कहाँ-के भयोसम्मका दृश्यलाई फोटो समाचारमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
पोखरा–१७ घारीपाटनस्थित म्यूजियम मार्गमा भौतिक दूरी कायम गरी कोदो टिप्दै कृषक । कुनै समयमा दुःखको खाना कोदोको परिकार यतिखेर भने सोखको खाना बनेको छ ।

पाल्पाको तानसेन नगरपालिकाको टक्सार टोलमा झिनिया रोटी रोजेर राख्दै व्यावसायी । दशैं तिहारमा पाल्पाली झिनिय रोटीको व्यापार राम्रो हुँदै आएको छ ।

मौरीपालनबारे कृषकलाई जानकारी दिँदै भोजपुरको पौवादुङमा गाउँपालिकाका कृषि शाखा प्रमुख बर्तेन्द्र राई । गाउँपालिका स्थापनापछि पहिलो वर्ष २५० वटा, दोस्रो वर्ष ६० आधुनिक घार र यस वर्ष ५० घार कृषकलाई वितरण गरेको कार्यालयले जानकारी दिएको छ ।





