×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले विकास गरिरहेको कोरोनाको खोप अन्तिम चरणमा, करोडौँ डोज उत्पादन गर्ने प्रतिवद्धता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतले विकास गरिरहेको कोरोनाको खोप अन्तिम चरणमा, करोडौँ डोज उत्पादन गर्ने प्रतिवद्धता

Artha Sarokar

९ पुष २०७७, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । भारतले कोभिड-१९ विरुद्धको खोप विकास गर्ने काम गरिरहेको छ । भारतले विकास गरिरहेको खोप अन्तिम चरणकोमा रहेको छ । भारतले विश्वलाई नै बचाउनका लागि करोडौं डोज खोप उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । भारतले आफ्नो मुलुकको स्वास्थ्यका लागि मात्र नभएको विश्वव्यापी स्वस्थताका लागि खोप उत्पादन गर्ने भएको हो । कोरोना महामारीविरुद्धको सामूहिक लडाईंमा भारतले छिमेकी मुलुकहरुसहित विश्वलाई नै खोप उपलब्ध गराउनु आफ्नो दायित्व भएकोसमेत बताएको छ । 
कोरोना महामारीविरुद्धको विश्वव्यापी लडाईंमा भारत विश्वको फार्मेसीको केन्द्र बनिरहेको छ । यसअघि पनि भारतले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी मानिएको हाइड्रोक्सीक्‍लोरोक्वाइन र रेम्डेसिभिर पनि अमेरिकासहित विश्वका विभिन्‍न मुलुकहरुलाई उपलब्ध गराएको थियो । भारतले विश्वका विभिन्‍न मुलुकहरुलाई अन्य स्वास्थ्य उपकरणहरु पनि सहयोग गरिरहेको छ । २८ नोभेम्बरसम्मको तथ्यांक अनुसार भारतमा हरेक १० लाख मानिसहरुमा ६ हजार ७३१ मानिसहरु कोरोना संक्रमित भएका छन् । अमेरिकामा हरेक १० लाखमा ४० हजार मानिसहरु कोरोना संक्रमित भएका छन् । बेलायतमा १० लाख मानिसहरु २३ हजार ३६१ जनामा कोरोना संक्रमण भएको छ भने ब्राजिलमा हरेक १० लाखमा २९ हजार १२९, इटालीमा २५ हजार ४५६ मानिसहरु संक्रमित भएका छन् । 
भारतको तुलनामा विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकमा हरेक १० लाखमा ४-५ गुणा बढी संक्रमितहरु रहेका छन् । भारतमा हरेक १० लाख ९८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हरेक मानिसको जीवन अमूल्य छ । कुनै पनि एकजनाको जीवन गुमाउने कुरा स्वीकार्य हुँदैन । तर, विश्वका मुलुकहरुले कोरोना संक्रमणबाट आफ्ना नागरिकहरुको जीवन जोगाउन कस्तो भूमिका निर्वाह गरिरहेका छन् भन्‍ने कुरा महत्वपूर्ण हुन्छ । विश्वमा नै आरटी पीसीआरसँगै र्‍यापिड एन्टिजेन परीक्ष गर्ने भारत पहिलो मुलुक हो । सुरुवातमा र्‍यापिड एन्टिजेन परीक्षण गरेको भन्दै भारतको आलोचना गरिएको थियो । तर, पछि विश्व स्वास्थ्य संगठनले नै र्‍यापिड एन्टिजेन परीक्षणलाई स्वीकार गरेको हो । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २४ मार्चमा पहिलो पटक लकडाउन घोषणा गर्दा देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या ५०० मात्र थियो । प्रधानमन्त्री मोदीले उपयुक्त समयमा लकडाउनको घोषणा गरेका थिए । यदि लकडाउन ढिलो गरिएको भए वास्तवमै त्यो लकडाउनले उपयुक्तरुपमा काम गर्नसक्ने अवस्था हुँदैनथ्यो । अहिलेसम्म मुलुकभरका सम्पूर्ण अस्पतालहरु भरिसकेका हुन्थे। लकडाउनको समयमा १५ हजार ३६२ कोभिड-१९ स्वास्थ्य सुविधाहरु १५ लाख ४० हजार आइसोलेसन बेड, दुई लाख ७० हजार अक्सिजनसहितका बेडहरु र ७८ हजार आईसीयू बेडहरु तयार गरिएका थिए । 
यही अवधिमा मुलुकभरका विभिन्‍न सरकारी अस्पतालहरुमा ३२ हजार ४०० भेन्टिलेटरहरु वितरण गरिएका थिए । भारतको संघीय सरकारले ३ करोड ७० लाख एन९५ मास्क, एक करोड ६० लाख पीपीईहरु विभिन्‍न राज्य सरकारहरुलाई उपलब्ध गराइएको थियो । प्रधानमन्त्री गरिब कल्याण प्याकेजअन्तर्गत सरकारले १७० लाख करोड रुपैयाँ बराबरको खाद्यान्‍न र महिला तथा ज्येष्ठ नागरिकहरुलाई नगद प्रदान गरिएको थियो । करिब ४२ करोड गरिब नागरिकरुले सरकारले उपलब्ध गराएको आर्थिक सहायता प्राप्त गरेका छन् । जसमा ६८ हजार ८२० करोड भारतीय रुपैयाँ खर्च भएको छ । १७ हजार ८९१ करोड रुपैयाँ प्रधानमन्त्री-किसान स्किम अन्तर्गत भारतका ९ करोड किसानहरुलाई उपलब्ध गराइएको थियो । भारत सरकारले कोरोना महामारीका समयमा आफ्नो मुलुकसहित विश्वभर संकट व्यवस्थापका लागि ठूलो पहल गरेको छ ।बनाउँछ अथवा बनाउँदैन, त्यो आगामी वर्ष थाहा हुनेछ । तर, एउटा कुरा पक्का छ कि प्रधानमन्त्री मोदी भू-राजनीतिको विषयमा गभ्भीर छन् भने संसारका नेताहरुसँगको संवादमा व्यस्त रहने निश्‍चित छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी