विराटनगर । कुटानीपिसानी मिल सञ्चालकले सरकारसँग सहुलियत मागेका छन् । कुटानीपिसानी व्यवसायलाई जीवन्त राख्न बिना धितो न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन तथा बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवानाको छुट दिने व्यवस्था गर्न उनीहरुले माग गरेका हुन् । मजदूर र कर्मचारीको ज्याला तथा घरभाडालगायत खर्चका लागि २ प्रतिशत व्याजमा कम्तिमा ३ वर्षका लागि ऋण तथा खपत गरेको बिजुलीको महशुल समयमै तिर्न नसक्दा लाग्ने जरिवाना छुट आवश्यक रहेको कुटानी तथा पिसानी मिल व्यवसायी सङ्घका अध्यक्ष भरत कोइरालाले बताउनुभयो । सङ्घका अध्यक्ष भरत कोइरालाका अनुसार विराटनगर महानगरपालिकाभित्र १०० भन्दा बढी मिल सञ्चालनमा रहेको जानकारी दिनुभयो । प्रत्येक मिलले आफ्ना मिलमा एकदेखि चार जनासम्मलाई रोजगार दिने गरेको उहाँको भनाइ छ ।
विगत २५ वर्षदेखि सञ्चालन हुँदै आएको विराटनगरस्थित महावीर राइस एण्ड फ्लावर मिलका सञ्चालक लालबाबु भगतले आफ्नो मिलमा कुटानी पिसाउन गराउन आउने ग्राहकको सधैँ भीड लाग्ने गरेको बताउनुभयो । उहाँले गहुँ, चाना दाल, चामल पिसाएको प्रतिकेजी रु सात, मकै ९खस्रो र मसिनो० रु सातदेखि १०, सातु, लिटो, फापर, कोदो रु आठ, चामलको पीठो सेलरोटी, अर्सा, अनरसाका लागि पिसाएको रु १५, मसाला, बेसार रु ४०, खुर्सानी रु ४५, तेजपात प्रतिकेजी रु ७०, जौ प्रतिकेजी रु १० र दाल बनाई रु सातमा कुटानी पिसानी गर्दै आएको जानकारी दिनुभयो ।
मिलको आम्दानीबाट नै आफ्नो घरपरिवारको खर्च र छोराछोरीलाई शिक्षा दिँदै आएको उहाँको भनाइ छ । उहाँले मिलमा दुई जनालाई रोजगारीसमेत दिएको छ । मिलअनुसार कुटानी पिसानीको दर पनि फरक फरक रहेका छन् । विराटनगर–९ स्थित अनिल मसाला मिलमा प्रतिकेजी जिरा, बेसार र धनियाँको पिसानी शुल्क रु ३० लिने गरेको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको सो मिलमा विशेषगरी तरकारीमा प्रयोग हुने मसाला पिसाउने गरेको सञ्चालक आशीष शाहले बताउनुभयो ।
र्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका त्यस्ता मिललाई कोरोना महामारीपछि पनि निरन्तरता दिन राहत प्याकेज आवश्यक रहेको उहाँको भनाइ छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्