×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले भ्याक्सिन दिएपछि चीनले नेपाल-चीन सीमामा अघोषित नाकाबन्दी गर्‍यो

PRIME CA

भारतले भ्याक्सिन दिएपछि चीनले नेपाल-चीन सीमामा अघोषित नाकाबन्दी गर्‍यो

अर्थ सरोकार

९ माघ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेपाल दुई विशाल छिमेकीहरुको बीचको स्वतन्त्र र सार्वभौम मुलुक हो । विश्व महामारीसँग लडिरहेको समयमा नेपाल पनि महामारीविरुद्ध संघर्ष गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि केही समयमा लागि अन्तर्राष्ट्रिय सीमा नाकाहरु बन्द गरिए । तर मुलुकको कमजोर आर्थिक अवस्थाका कारण त्यो प्रतिबन्धात्मक उपाय लामो समय राख्‍न सम्भव थिएन ।
त्यसकारण केही नियमहरु खुकुलो पार्दै छिमेकी मुलुकहरुबाट सामानहरुको आयात भने खुलै राखेको थियो । तर चीनले भने नेपाल-चीन सीमामा भने अघोषित नाकाबन्दी गर्‍यो । नेपाली व्यापारीले सामग्रीहरु सीमा क्षेत्रमै सडे । नेपालको राजनीतिक मामिलामा हस्तक्षेप बढाएको चीनले सीमा नाका खोल्ने विषयमा भने कुनै पहल गर्न चाहेन । चीन सीमामा करोडौंको सामग्रीहरु अलपत्र परेपछि व्यापारीहरु मानसिक तनावमा परे । काठमाडौंका एकजना व्यापारीले आत्महत्यासमेत गरे । उनको सामन हाल पनि नेपाल–चीन सीमामै अलपत्र छ ।
तर भारत विरोधी राष्ट्रवादीलाई हतियार प्रयोग गर्दै आफ्नो सत्ताको आयु लम्ब्याइरहेका थिए । कोरोना महामारी नियन्त्रण गर्न नसकेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना भएपछि उनले संसद् विघटनसमेत गरे । भारतको जति विरोध गरेपनि असल छिमेकी भनेको संकटको समयमै काम आउँछ भनेजस्तै महामारीविरुद्ध लडिरहेको भारतले नेपाललाई ठूलो सहयोग गर्दै आएको थियो । हाल पनि जनवरी १६ मा देशभर खोप अभियान सुरु गरेको भारतले पाँच दिनभित्रै नेपाललाई समेत उपलब्ध गराएको छ । भारतले अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको हो ।
चीनले नेपालका विभिन्‍न चिनियाँ परियोजनामा कार्यरत मजदूरहरुलाई खोप लगाए पनि सोही परियोजनामा कार्यरत नेपालीहरुलाई भने खोप लगाइएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, होङ्सी सिमेन्ट लगायतका कम्पनीमा चिनियाँ मजदूरहरु कार्यरत छन् । उनीहरुले सोही परियोजनामा कार्यरत नेपाली मजदूरहरुको भने बेवास्ता गरेका छन् । यद्यपी हाल चिनियाँ खोप भने विश्‍वभरका विभिन्‍न मुलुकहरुमा स्वीकार भने गरिएको छैन । चिनियाँ खोप ५० प्रतिशत मात्रै प्रभावकारी भएका कारण यस खोपप्रति विश्‍वसनीयता पनि घट्दै गएको छ । यतिसम्मकी चीनको सदाबहार मित्र टर्की नागरिकले पनि चिनियाँ खोप लगाउन अस्वीकार गरेको अवस्था छ ।
केरुङ र तातोपानी नाकाबाट चिनियाँ सामान सहज रुपमा प्रवेश पाएको छैन । कतिपय सामानहरु नाकाभन्दा टाढा नै अड्किएर व्यवसायी पीडामा परेका छन् । समुन्द्री मार्ग हुँदै सामान आयात गर्नुपर्दा ढुवानी खर्च बढ्न गई नेपाली बजारमा चिनियाँ सामानको मूल्य चुलिएको छ । सरकारले कूटनीतिक पहल गर्दा पनि चीन सकारात्मक बन्न सकेको छैन । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार चीनतर्फ ढल्केको बुझाईका आधारमा नाकामा कडाई गरेको बुझिएको छ । विगतमा पनि चीनले भूकम्पपछि तातोपानी नाका बन्द गरेको थियो । नाका खोलेपनि फेरि कोभिडको कारण जनाउँदै कडाई गरेको छ । जहाँ सामान काम नलाग्ने गरी चिनियाँ क्षेत्रमा बिग्रिएका छन् । यसले सयौंको संख्यामा व्यापारी डुबेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: