×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना खोप अभियानअघि रिहर्सल, जटिलता समाधानको अपेक्षा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भारतमा कोरोना खोप अभियानअघि रिहर्सल, जटिलता समाधानको अपेक्षा

Artha Sarokar

२१ पुष २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणविरुद्धका दुईवटा खोपको प्रयोगलाई भारतमा अनुमति दिइएको छ । उक्त खोप प्रयोगको अभियान चलाउन तयारी परीक्षणका निम्ति देशभरका सम्पूर्ण राज्य र संघीय क्षेत्रहरुमा जनवरी २ मा रिहर्सलसमेत गरिएको छ । १० औं हजार स्वास्थ्य कार्यकर्ता तथा स्वयंसेवकहरू परिचालन गरेर बन्दोबस्तीमा आइपर्नसक्ने कमजोरी पत्ता लगाउने, सुविधाको तयारी अवस्था जाँच्ने र करोडौँ मानिसहरूलाई खोप दिनका निम्ति आवश्यक प्रशिक्षणको जाँच उक्त अभ्यासमा गरिएको हो ।
भारतको स्वास्थ्य मन्त्रालयले सम्पूर्णरुपमा प्रशासन र व्यवस्थापनमा सहजता होस् र खोपको वितरण र भण्डारण सही तरिकाले गर्न सकियोस् भनेर उक्त रिहर्सल गरिएको जनाएको छ । भारतमा आउने साताहरूमा कोरोनाविरुद्ध खोप अभियान थालिने भएको छ । एक अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा आम खोप अभियान निकै जटिल र चुनौतीपूर्ण हुने बताइएको छ । त्यसमा खटनपटनदेखि लिएर प्रशासनिक जटिलतापनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
उक्त जटिलाहरुलाई सामना गर्नका लागि खोपको ‘ड्राइ रन’ अभियान चलाइएको हो । भारतले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको खोप भारतमै उत्पादन गरेर प्रयोग गर्ने जनाएको छ । त्यसैगरी भारतमै बनाइएको अर्को खोपलाई पनि आम प्रयोगको अनुमति दिइएको छ । पहिलो चारदेखि ६ महिनाको अवधिमा ३० करोड जनसंख्यालाई खोप लगाइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । एस्ट्राजेनेका खोप भारतको पुनेस्थित सेरम इन्स्टिच्युट अफ इण्डियाले उत्पादन गरिरहेको छ । भारतमा एक करोडभन्दा धेरै मानिसहरूलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ भने डेढ लाखको मृत्यु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी