×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनको अवैध कोइला खानीप्रति अन्तर्राष्ट्रिय चासो बढ्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनको अवैध कोइला खानीप्रति अन्तर्राष्ट्रिय चासो बढ्यो

२६ माघ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बेइजिङ । चीन विश्‍वकै सबैभन्दा बढी कोइला उत्पादनकर्ता मुलुक हो । चीनका लागि खानी एक यस्तो उद्योग हो जसले चीनको ‘आर्थिक चमत्कार’ बल पुर्‍याएको छ । चीनले औसत वार्षिक सयौं मिलियन टन कोइला उत्पादन गर्ने गरेको छ । तर चीन विश्वको सबैभन्दा खतरनाक खानी भएको मुलुक पनि हो । चीनमा खानीहरुमा हरेक वर्ष दर्जनौं मानिसहरुको मृत्यु हुनेको गरेको छ । चिनियाँ सपना पूरा गर्न अधिकांश औद्योगिक क्षेत्रमा जबरजस्ती श्रम प्रणाली विकास गरिएको छ ।
जुन २१औं शताब्दीको दासत्व हो । चीनको आर्थिक भूमण्डलीकरणले हालैका वर्षहरूमा कृषि क्षेत्रको पतनपछि कृषि र ग्रामीण क्षेत्रबाट श्रमिकहरूको ठूलो संख्या अन्य क्षेत्रमा प्रवेश गरेको छ । कृषि क्षेत्रबाट पलायन भएकाहरु खानी क्षेत्रमा रोजगारीमा जोडिएका छन् । जोखिम क्षेत्रमा प्रवेश गरेका उनीहरु शोषणको शिकार बन्छन् । विशेष गरी मध्य करिअरका व्यापारीहरूबाट चीनमा ठूलो नाफा भइरहेको छ तर अवैध कोइला खानीमा हजारौं मजदुरहरु ठूलो जोखिम लिएका छन् ।
चीनको दुर्गम इलाकाहरूमा प्रान्तीय अधिकारीहरूलाई घूस दिएर अवैध रूपमा खानी सञ्‍चालन गरिएका छन् । यसरी अवैधरुपमा सञ्‍चालन गरिएका खानीहरुमा विस्फोटका घटनाहरु, खानीमा पुरिने र प्राकृतिक प्रकोप जस्ता दुर्घटनाहरु हुने गरेका छन् । मजदुरहरुलाई क्षतिपूर्ति भुक्तान गरिएको छैन र परिवारहरुलाई दुर्घटनाको बारेमा सूचित पनि गरिएको छैन । असुरक्षित क्षेत्र, सुरक्षा उपकरणको अभाव र कमजोर संरचनाका कारण मजदुरहरुले निकै दयनीय अवस्थाको सामना गरिरहेका छन् । यसका अतिरिक्त गरीबी र प्रशिक्षण र शिक्षाको अभावका कारण समस्याहरु झन डरलाग्दो हुने गरेका छन् ।
दुर्घटनाका जोखिमहरु बढ्दै गएका छन् । मृत्युदर उच्च बनाएको छ । ‘गैरकानुनी’ कोइला खानीमा काम गर्ने मजदुरहरुले काम गर्ने आधारभूत मानवीय सम्मान पनि पाउन सक्दैनन् । यी कोइला खानीहरूका मालिकहरूका लागि मजदुरहरूको सुरक्षा र मानवअधिकारको कुनै महत्त्व छैन जस्तो देखिन्छ । कार्बन मोनोअक्साइड उत्सर्जन दुर्घटनाहरूले अपर्याप्त सुरक्षा नियमहरू, अपर्याप्त उपकरणहरू र नियमनको अभावलाई औंल्याउँछ । अन्य मुद्दाहरूमा स्थानीय सरकारको अराजक व्यवस्थापन हुँदा पनि सूचनाको नियन्त्रण गरिन्छ र मुद्दालाई ढाकछोप गरिन्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: