×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : कर्णाली नदी तर्न तुइन चढ्न बाध्य हुम्लाबासी, सडक मर्मत गर्दै जानकी गाउँपालिकाका महिला

अर्थ सरोकार

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार

PRIME CA

देश बोल्ने फोटो कथा : कर्णाली नदी तर्न तुइन चढ्न बाध्य हुम्लाबासी, सडक मर्मत गर्दै जानकी गाउँपालिकाका महिला

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका बासिन्दाले कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै गरेकोदेखि कैलालीको जानकी गाउँपालिका–३ का महिला सडक मर्मत गर्दै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँका बासिन्दा कर्णाली नदी तर्न तुइनको प्रयोग गर्दै । यहाँ पुल नहुँदा मानिस वारपार गर्न, घाँस र दाउरा ल्याउन तुइनको प्रयोग गर्दछ ।
कैलालीको जानकी गाउँपालिका–३ का महिला सडक मर्मत गर्दै । आफ्नो गाउँ आफैँ बनाऔँ भनी स्थानीय १०० जना महिला सडक निर्माणमा जुटेका छन् ।
दमौलीको अनसन चौतारीनजिक कालोपत्रे गर्ने काम गर्दै मजदुर । गण्डकी प्रदेश सरकारको सहयोगमा अनसन चौतारी तथा मालपोत लाइनमा करिब एक किलोमिटर दूरी कालोपत्रे कार्य थालिएको छ ।
भेरी नगरपालिका–११  जगतिपुरस्थित रहेको शिवशंकर माध्यमिक विद्यालयका विद्यार्थी धूलोमा बसेर बढ्न बाध्य । शिक्षक कुर्सीमा बसेर पढाइरहेका छन् ।
विद्यालयमा शिक्षण पेशाको काम सकेर बाँकी रहेको समयमा व्यावसायिक आलुखेतीमा रमाउने अमरगढी नगरपालिका–१ तडिपाटा गाउँका प्रकाशबहादुर ऐर ।
गोरखा पालुङटार नगरपालिका ध्वाँकोटमा निर्माण गरिएको काठको ठेकी बेच्नका लागि पोखरा बजारमा आइपुगेका पूर्णबहादुर विश्वकर्मा र उहाँकी पत्नी । ठेकीको साइज अनुसार रु ५०० देखि रु एक हजारसम्ममा बिक्री हुने उहाँ बताउनुहुन्छ  । 
सङ्खुवासभा र भोजपुर जोड्ने अरुण नदीमा फेरीको सहायताबाट यातायातको साधन तार्दै स्थानीवासी । फेरी संघीय सांसद् क्षेत्र विकास कोषबाट रु ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु ७५ लाख र षडानन्द नगरपालिकाको रु ५५ लाखको लागतमा निर्माण गरिएको हो । निर्माण भएको फेरीबाट दैनिक  दुई सयभन्दा बढी सवारीसाधन तारिन्छ । 
तनहुँको घिरिङ गाउँपालिका–५ मोहोरियाका महिला बिक्रीका लागि झिलिङ्गा तयार गरी सुकाउँदै । 
काठमाडौँ नयाँ बानेश्वरमा प्रेम दिवसलाई लक्ष्यित गरी बिक्रीका लागि राखिएको पोष्टकार्ड र गुलाबको फूल ।
ललितपुर पाटन दरबार क्षेत्र परिसरमा पुनःनिर्माण गरिँदै भीमसेन मन्दिर ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: