×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग प्रर्वद्धन गर्ने राष्ट्र बैंकको प्रयास, क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्ने कार्यको शुभारम्भ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ फाल्गुन २०७७, बिहीबार

PRIME CA
laxmi sunrise bank

लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग प्रर्वद्धन गर्ने राष्ट्र बैंकको प्रयास, क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्ने कार्यको शुभारम्भ

  • अर्थ सरोकार सम्बाददाता 
लुम्बिनी । लुम्बिनी प्रदेशका बजारहरुमा तरकारी तथा फलफुलका स-साना पसलमा खरिद गर्दा वा रिक्सा चढ्दा अब नगद नचांहिने भएको छ । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुचसम्म पुर्याउन क्युआर (क्वीक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले शुरु गरको अभियान अन्तर्गत सिद्धार्थनगरका स(साना तरकारी तथा फलफुल पसल, खुद्रा पसलमा सरसामान खरिद गर्दा तथा ई-रिक्सा सेवा प्रयोग गरे बापत गरिने भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्र्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यस क्षेत्रमा शुरुवात गरिएको छ ।
नेपाल राष्ट बैंक सिद्धार्थनगर कार्यालयको पहलमा तरकारी तथा फलफुल बजारमा तथा यहां सन्चालित ई(रिक्साहरुमा क्यूआर कोडबाट भुक्तानी कार्यको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले गत हप्ता अलग अलग कार्यक्रम गरि शुभारम्भ गर्नुभयो ।
सिद्धार्थनगर नगरपालिकावार्ड नं ८ स्थित बीपिपथमा रहेको मायादेवी तरकारी तथा फलफुल बजारमा नबिल बैंकले प्रदान गरेको क्यूआर कोडबाट भुक्तानी प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको बताउदै यसमा कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गर्नुभयो । कार्यक्रममा नबिल बैंक लुम्बिनी प्रदेश प्रबन्धक यज्ञप्रसाद शर्मा, शाखा प्रबन्धक लीलाप्रसाद ओझा, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष सोमबहादुर पाण्डे, स्थानीय ब्यापारी पत्रकार लागयतको उपस्थिती रहेको थियो । सिद्धार्थनगरको बीपिपथमा रहेको यस स्थायी तरकारी बजार क्षेत्र भित्रका तरकारी एवम् फलफुलका पसलहरुमा दैनिक थोक तथा खुद्राव्यापारमा करिब तिनसय पचास भन्दा बढी ब्यापरीहरुका पसल सन्चालनमा रहेका छन् ।
यसै हप्ता भएको एक कार्यक्रममा सिद्धार्थनगर नगर क्षेत्रमा संचालित ई-रिक्साहरुमा क्यूआर कोडबाट भूक्तानी कार्यको निर्देशक सुदिप पूmयालले शुभारम्भ गर्नु भयो । शाइन रेसुंéा डेभलपमेण्ट बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुंदा सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । शाइन रेसुंéा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले डिजिटल भुक्तानी प्रणालीमा यस क्षेत्रका स(साना ब्यपारीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको बताउनु भयो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले क्युआरकोड प्रणालीमा सबैलाई आबद्ध हुन आग्रह गर्दै यस क्षेत्रका बैंक वित्तीय संस्थाहरु र ब्यापारीहरुलाई क्यूआरकोड भुक्तानी प्रणालीको जानकारी र प्रयोगको बारेमा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सहजीकरण गरिरहेको र आगामी दिनमा ससाना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु र भाडाका बसहरुमा पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमानगद रहित कारोबारलाई प्रोत्शाहन गर्दै लैजाने बताउनु भयो । ई(रिक्सा चालक संघका अध्यक्ष हरिबहादुर नेपालीले भैरहवामा संचालित सबै ई(रिक्साहरुमा क्रमशः क्युआरकोड भूक्तानी लागु गरि प्रयोगको तरिका पनि सिकाउदै जाने बताउनु भयो । सिद्धार्थनगर क्षेत्रमा करिब दूईसय भन्दा बढीई(रिक्सा चालकहरु संघमा आबद्ध भई सञ्चालनमा रहेका छन् ।

क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्ने कार्यको विस्तार गर्न बैंकहरुसंग अन्तरक्रिया
लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न तथा संघिय सरकार एवम् प्रदेश सरकारका बैंक वित्तीय संस्था मार्फत गरिने कार्यक्रमहरुको सफल कार्यान्वयन गरी लक्षित समुहसम्म सेवा पुर्याउने उद्धेश्यले यस प्रदेशमा रहेको बाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले यस प्रदेशमा रहेको बाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यस प्रदेशमा यस्ता कार्यक्रमहरु सन्चालन गर्न र लागानीलाई पनि कार्यक्रम केन्द्रित गराउन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले मौद्रिक नीतीको अर्धवार्षिक समीक्षाले डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न क्युआर कोड मार्फत भुक्तानी प्रणाली जोड दिएकोले बैंक वित्तीय संस्थाहरुले पनि क्युआर कोड मार्फत भुक्तानी प्रणाली अवलम्वन गरि आफ्ना ग्राहकहरुलाई क्युआर कोड प्रयोगको लागि प्रेरित गर्न आग्रह गर्नु भयो वहाले सफानोट नीतिको कार्यान्वयनमा बैंकहरुले बिशेष ध्यान दिनुपर्ने बताउनु भयो । वहाले संघिय सरकारका पशु विकास आयोजना अन्तरगत संचालित दुध तथा मासु उत्पादन कार्यक्रमका परियोजनाहरु र लुम्बिनी प्रदेश सरकारको शुलभकर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम अन्तरगतका लगानी गरि कृषि तथा पशु क्षेत्रको विकासमा जोड दिई उत्पादनमा बृद्धि गराई आयात प्रतिस्थापनमा सहयोग पुर्याउन सबैंलाई अनुरोध गर्नु भयो ।
कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर आयोजनाका आयोजना समन्वय प्रमुख डा. पुरुषोत्तम त्रिपाठीले आयोजनाको बारेमा जानकारी गराउदै मासु तथा दुध उत्पादनको गर्न सहकारी संस्था, समुह वा व्यक्तिगत रुपमा परियोजना सन्चालन लागि आवश्यक रकम मध्ये ५० प्रतिशत रकम आयोजनाले अनुदान प्रदान गर्ने २० प्रतिशत रकम सम्बन्धित व्यवसायिले लगानी गर्नुपर्ने र ३० प्रतिशत रकम बैंक कर्जाबाट लिई परियोजना सन्चालनको मोडेल रहेको जानकारी दिनु भयो । कार्यक्रममा बोल्दै नेपाल बैंकर्श संघका लुम्बिनी प्रदेश संयोजक एवम् नेपाल इन्भेष्टमेण्ट बैंकका प्रदेश प्रबन्धक रामराज उपाध्यायले बैंकहरु केन्द्रिय बैंकको अभिवावकत्वमा त्यस्ता कार्यक्रमहरुमा सफल पार्न तत्पर रहेको बताउनु भयो । उक्त कार्यक्रममा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रेम बहादुर पाठकले लघुवित्त वित्तीय संस्थाहरु सन्जाल गांउ गांउसम्म रहेको र ससाना उद्यमीहरुसम्म पुगेकोले यस्ता कार्यक्रममा संलग्न हुन इच्छुक रहेको बताउनु भयो ।
स(साना व्यापारीहरुलाई क्युआर कोड मार्फत भुक्तानी प्रणालीलाई विस्तार र प्रचारप्रसार गर्न राष्ट्र बैंकले अभियान चलाएको छ । संघीय सरकार अन्तर्गत नेपाल लाइभस्टक सेक्टर आयोजनाले मासु तथा दुध उत्पादनको लागि सन्चालन गरिने परियोजनामा ५० प्रतिशत अनुदान प्रदान गर्दछ । त्यस्तै लुम्बिनी प्रदेशको भूमि ब्यवस्था तथा सहकारी मन्त्रायलयले व्यवसायिक कृषि र पशुपालनको लागि परियोजना निर्माण गर्न प्राविधिक सहजिकरण गर्ने र बैंकबाट १ देखि ३ वर्ष अवधिको लागि लिइएको कर्जामा ५ देखि १० प्रतिशतसम्म ब्याज अनुदान प्रदान गर्दछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: