×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : म्याग्दी डोको बुनेर जीविकोपार्जन गर्दै एक वृद्ध, सुर्खेतमा थारू होमस्टेका महिला ढिक्क्री बनाउँदै

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा डोको बुन्दै गरेका स्थानीय वृद्धदेखि काँक्रेविहार कालीमाटी सामुदायिक थारू होमस्टेमा ढिक्क्री बनाउँदै गरेकासम्मका दृश्यलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा डोको बुन्दै गरेका स्थानीय वृद्ध । जङ्गलमा पाईने निगालोको चोयाबाट बनाईने डोको घरायसी सामान बोक्न प्रयोग गरिन्छ ।
काँक्रेविहार कालीमाटी सामुदायिक थारू होमस्टेमा ढिक्क्री बनाउँदै । थारू समुदायमा ढिक्क्री विशेष खानाको परिकार मानिन्छ । 
म्याग्दीको रघुगङ्गा गाउँपालिकास्थित धौलागिरि आईस फल पदमार्गबाट देखिएको भीरमाहुरी । यस क्षेत्रका भिरमा चिमखोला र कुइनेमङ्गले क्षेत्रका स्थानीयले हरेक वर्ष भीर माहुरीको मह सङ्कलन गर्दै आएका छन् ।  
बागलुङको जैमिनी नगरपालिकादेखि बरेङ गाउँपालिकाका जोड्ने सडक निर्माण कार्यमा खटिएका मजदूर ।
धानको परालबाट गुन्द्री बुन्दै दिप्रुङ चुइचम्मा गाउँपालिका–३ छोरम्बुका महिला । धानको परालबाट गुन्द्री, पिरालगायतका सामग्रीत तयार पारेर घरायसी प्रयोजनमा प्रयोग गर्ने गरिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत आयोजनाको विद्युतगृह । माउन्टेन इनर्जी नेपाल प्रवद्र्धक रहेको मिस्ट्रीखोलाले परीक्षण उत्पादनको तयारी गरेको छ । 
लमजुङ राइनास नगरपालिकाका स्थानीय किसान सामूहिक अदुवा तथा बेसार खेती लगाउनका लागि बारी खनेर तयार गर्दै । यसरी सामूहिक खेती गर्नाले सबै एकजुट हुने भएकाले सामूहिक एकतामा समेत मद्दत पुग्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: