×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि, बिरामीलाई चाहिने अक्सिजनको अभाव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पाकिस्तानमा कोरोना संक्रमितको संख्यामा तीव्र वृद्धि, बिरामीलाई चाहिने अक्सिजनको अभाव

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

क्वेटा । पाकिस्तानमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर बढ्दै जाँदा पाकिस्तानको कब्जामा रहेको बलुचिस्तानमा पनि कोरोना महामारी तीव्ररुपमा वृद्धि भयो । कोरोना भाइरस संक्रमितको संख्यामा तीव्र वृद्धि भएपछि बिरामीलाई चाहिने अक्सिजनको अभाव सिर्जना भएको छ । अक्सिजन आपूर्तिका लागि प्रतिबद्धता व्यक्त गरेका निजी कम्पनीहरुले आपूर्तीको प्रतिद्धता पूरा नगर्दा समस्या उत्पन्न भएको छ ।
सबैभन्दा बढी जनसंख्या भएको क्वेटासहित प्रान्त भरका सातवटा जिल्लाहरुमा कोरोना भाइरस संक्रमितको संख्या उच्च रहेको छ । जसका कारण अक्सिजनको आवश्यकता पनि बढेको छ । फातिमा जिन्ना अस्पतालमा कोविड १९ का बिरामहीे अक्सिजन प्राप्त गर्न नसक्दा मृत्युवरण गर्नुपरेको छ । यद्यपि प्रान्तीय अधिकारीहरूले हाल अक्सिजनको पर्याप्तताका लागि नयाँ अक्सिजन प्लान्टको टेन्डर गरेका छन् । बीएमसी अस्पतालमा अक्सिजन प्लान्ट स्वास्थ्य आपतकालको बावजुद न्यूनतम क्षमतामा कार्यरत छ भने निजी कम्पनीहरूबाट प्राप्त शेख जायद अस्पताल र सिभिल अस्पतालका प्लान्टहरू कम क्षमतामा छन् ।
बलूचिस्तान सरकारले निजी अक्सिजन ग्यास कम्पनीहरूलाई करीव साढे दुई करोड रुपैयाँ तिर्न बाँकी रहेको भए पनि सरकारले उक्त रकम भुक्तान गरेको छैन । बलूचिस्तान सरकारका प्रवक्ता लियाकत शाहवानीका अनुसार सरकारी अस्पतालका लागि अक्सिजन सिलिन्डरको आपूर्तिलाई पुनः सक्रिय पार्न बाँकी रहेको रकम चाँडै भुक्तान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शाहवानीले प्रान्तमा स्वास्थ्य सुविधामा अक्सिजन सिलिन्डरको अभाव भएको र अक्सिजनको पूर्ण साहरामा २६ जना बिरामीहरु रहेको बताइएको छ । ‘आपतकालिन अवस्थाबाट बच्न अक्सिजन भण्डार गरिनेछ र दुईवटा अक्सिजन प्लान्टहरू सक्रिय भएका भएको समेत प्रवक्ताले जानकारी दिएका छन् ।
निजी क्षेत्रका विभिन्न अधिकारीका अनुसार सिभिल अस्पताल, फातिमा जिन्ना अस्पताल, शेख जायद अस्पताल, र बीएमसी अस्पताललगायत निजी सुविधाहरूमा अक्सिजनको आवश्यकता विगत केही दिनदेखि तीव्र गतिमा बढाइएको समेत दाबी गरिएको छ । कोरोना महामारीको संक्रमण कहिलेसम्म जारी रहन्छ भन्ने यकिन नभएका कारण तत्काल अक्सिजन प्लान्टहरु स्थापना गरेर अक्सिजनको आपूर्तिमा कुनै कमी हुन नदिनका लागि सरकारले पहल गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: