×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

SANIMA BANK AD

चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने, खोप आपूर्तिका लागि प्रस्ताव पठाउने विषय भने अझै अन्योलमा

BIZBAZAR
काठमाडौं । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङसँगको वार्तापछि चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्‍यो । तर उक्त खोप नेपाल ल्याउने प्रक्रिया के हुन्छ भन्‍ने विषयमा भने केही खुलाइएको छैन । मुलुक महामारीले आक्रान्त भइरहेका समयमा चीनले कोरोनाविरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेसँगै केही आशाहरु जागेका छन् । तर अधिकारीहरुले भने चीनबाट भनेजस्तो खोप ल्याउन सजिलो नभएको बताएका छन् ।
विभिन्‍न तीन मन्त्रालयका अधिकारीहरुले बेइजिङ्स्थित सिनोफार्म कम्पनीमा कोरोनाविरुद्धको खोप आपूर्तिका लागि प्रस्ताव पठाउने विषयमा अझै अन्तिम निर्णय भइनसकेको जानकारी दिएका छन् । चिनियाँ कम्पनीले सिनोफार्मले यसअघि नेपाललाई आठ लाख डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको थियो । चिनियाँ कम्पनीहरुले सार्वजनिक नगर्ने शर्तमा खोप खरिद सम्झौतामा गर्ने गरेको पाइएको छ । उक्त गोप्य सम्झौतामा खरिद्सम्बन्धी सम्झौता, विश्‍वसनीय सम्बन्ध, खोपको मूल्य उल्लेख गरिएको हुन्छ ।
उक्त कुरा सार्वजनिक गर्न निमल्ने शर्त राखिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंहले सिनोफार्मबाट बुधबार गोप्य राख्‍नुपर्ने शर्तसहितको खोप उपलब्ध गराउने प्रस्ताव आएको बताएका छन् । उनले यस विषयमा धेरै बताउन चाहेनन् । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार उक्त सम्झौतालाई अन्तिमरुप दिइसकेपछि मात्रै कति र कसरी आयात गर्ने भन्‍ने कुरा जानकारी गराइने छ । यस गोप्य सम्झौताका विषयमा हालसम्म कसरी आयात गर्ने भन्‍ने निष्कर्षमा सरकारी अधिकारीहरु पुगिसकेका छैनन् ।
स्वास्थ्य मन्त्रालयले बेइजिङ्स्थित नेपाली दूतावासलाई एक पत्र पठाउँदै खरिदका लागि थप छलफल गर्न प्रस्ताव गर्न आग्रह गरिएको थियो । सिनोफार्मसँगको छलफलपछि नेपाली दूतावासले स्वास्थ्य मन्त्रालयलाई पुनर्विचार गरिएको मूल्य सूची प्रदान गरेको छ । तर मन्त्रालयले अन्तिम निर्णय भने गरिसकेको छैन । चीनले बिहीबार उपलब्ध गराउने भनेको १० लाख डोज खोप कसरी ल्याउने भन्‍ने विषयमा पनि सरकारी अधिकारीहरु अन्योलमा देखिएका छन् ।
यसअघि चीनबाट उपलब्ध गराउने भनेको आठ लाख डोज खोप पनि लामो विवादको डेढ महिनापछि नेपाली जहाज नै पठाएर खोप आयात गरिएको थियो । अनुदानमा दिइएको उक्त खोप खरिद बराबरकै मूल्य पर्ने भन्दै आलोचनासमेत भएको थियो । यसपटक पनि चीनले उक्त खोप उपलब्ध गराउने तर, नेपाली जहाज पठाएर ल्याउनु पर्नेछ । यसअघि भारतले उपलब्ध गराएको करिब २३ लाख डोज खोप भने भारतीय विमानले काठमाडौं पुर्‍याएको थियो । भारतले उपलब्ध गराएको २३ लाखमध्ये १३ लाख डोज खोप अनुदानमा प्राप्त भएको थियो ।
Hamro Parto AD
DISH HOME

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2023.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal