×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आवास निर्माणका लागि प्राधिकरणले तत्कालै रकम पठाउने, लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार

PRIME CA
laxmi sunrise bank

आवास निर्माणका लागि प्राधिकरणले तत्कालै रकम पठाउने, लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग (भिडियो)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं । यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले भन्नुभयो-‘यो वर्षको मनसुनबाट क्षति भएको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुन वित्तिकै अस्थाइ आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ।’
उहाँले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निमाणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि उहाँले जानकारी दिनुभयो । यस वर्ष जेठ २८ गतेसम्म सुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उहाँले बताउनुभयो । मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्याललले बताउनुभयो । बाढी पहिरोबाट ४८३ नीजि घरहरु पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आशिंक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उहाँले जानकारी दिनुभयो । त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि उहाँले बताउनुभयो ।
उहाँले विपदबाट प्रभावितहरुका लागि खोज, उद्दार, राहत तथा पुर्नस्थापनाको काम गरिएको बताउनुभयो । मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सुचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उहाँले बताउनुभयो । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उहाँले उल्लेख गर्नुभयो । हाल सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडकखण्डहरु अवरुद्ध भएका र सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउने काम भइरहेको उहाँले बताउनुभयो । भिडियो रिपोर्ट :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: