
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले फ्रान्सेली लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी अधिकतम लाभ उठाउन आग्रह गरेका छन् । नेपाल फ्रान्स व्यवसायिक मंच (Nepal-France Business Forum)को भर्चुअल बैठकलाई आज संबोधन गर्दै अध्यक्ष गोल्छाले नेपाल लगानी भित्र्याउन तयार रहेको बताए । अध्यक्ष गोल्छाले नेपाल आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढीसकेकाले नेपालमा पूर्वाधार विकास, पर्यटन, अर्थतन्त्रको डिजिटलाईजेसन, कृषि प्रशोधन उद्योगमा सम्भावना रहेको बताउँदै फ्रान्सेली लगानीकर्तालाई आग्रह गरे ।
अध्यक्ष गोल्छाले महासंघले अगाडि बढाएको राष्ट्रिय आर्थिक रूपान्तरण रणनीति २०३० (नेट २०३०) का विषयमा पनि जानकारी गराए । नेट २०३० मा लगानीका क्षेत्रका विषयमा स्पष्ट किटान गरिएको जानकारी गराउँदै विशेष गरी सन् २०३० सम्म नेपालको अर्थतन्त्र १ सय अर्ब अमेरिकी डलर पुर्याउने, थप २३ लाख रोजगारी सृजना गर्ने, अर्थतन्त्रसंग व्यापार घाटाको अनुपात आधा घटाउने लक्ष्य लिइएको पनि अध्यक्ष गोल्छाले जानकारी गराए ।हालसम्म फ्रान्सबाट एक सय ७ परियोजनामा करिब एक अर्ब रुपैयाको लगानी प्रतिवद्धता आएको छ । व्यापार प्रवद्र्धन केन्द्रका अनुसार गत बर्ष फ्रान्ससँगको व्यापार घाटा करिब साढे ८ अर्ब रुपैयाँ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ र फ्रान्सको मेडेफ इन्टरनेशनल (MEDEF International) आयोजना गरेको उक्त कार्यक्रमलाई काठमाडौंस्थित फान्स्रेली दुतावास र पेरिसस्थित नेपाली दुतावासको सहयोग रहेको थियो । बैठकमा दुवै देशबाट ५० जना उद्यमी व्यवसायीहरूको सहभागिता थियो । बैठकमा दुवै देशबाट विमानस्थल इन्जिनियरिङ, निर्माण, डिजिटल सेक्यूरिटी, बैकिङ, शिक्षा, स्वास्थ्य, कृषि, बैकिङ, पर्यटन, उर्जा, खाद्य प्रशोधन, अटोमोवाइल, रेमिट्यान्स लगायतका क्षेत्रबाट प्रतिनिधित्व रहेको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै नेपालका लागि फ्रान्सेली राजदुत फंस्वा-जाभिए लेजे (Francois-Xavier Leger, Ambassador of France to Nepal) र पेरिसस्थित नेपाली राजदूत दिपक अधिकारीले नेपालमा रहेको अधिकतम लगानीको सम्भाव्यतालाई यथार्थतामा रूपान्तरण गरि लाभ उठाउन जोड दिए । आपसी लगानी विस्तार गर्न र निजी क्षेत्रबीचको सम्बन्ध विस्तारमा यो बैठक कोशेढुंगा हुने उनीहरुको विश्वास थियो ।
मेडेफको भारत तथा नेपालका लागि प्रमुख डेनियल मात्रे (Mr. Daniel MAITRE,Head of Regional Economic Service for India and South Asia) ले नेपालमा लगानीको वातावरणलाई आफूले नजिकबाट नियालीरहेको बताउदैं भारतमा रहेको फ्रान्सेली संयुक्त लगानीलाई नेपालमा आकर्षित गर्न आफ्नो तर्फबाट प्रयास भैरहेको जानकारी गराए ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले द्विपक्षीय सम्बन्धलाई थप मजवूद पार्दै एक अर्काबाट आपसी लाभ उठाउन नेपाल फ्रान्स विजनेश फोरम जस्ता मंचको अधिकतम प्रयोगमा जोड दिए । नेपाल वाह्य लगानीको भोको रहेकाले नेपालमा लगानी गर्न आग्रह पनि गरे । पर्यटन तथा अतिथ्यता क्षेत्रमा रहेको फ्रान्सको विज्ञता नेपालको पर्यटन प्रवद्र्धनमा पनि आकर्षण गर्नुपर्ने सुभाव उनको थियो । बैकिङ क्षेत्रमा पनि लगानीको सम्भाव्यता रहेको उनले स्पष्ट पारे ।
सो अवसरमा नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्दै महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन फोरमका सभापति आनन्द वगाडियाले उनले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न महासंघले संयन्त्र निर्माण गरिरहेको जानकारी दिए । उनले वैदेशिक लगानी सम्बन्धी नीतिगत व्यवस्था, लगानीको वातावरण, नेपालको भौगोलिक अवस्था तथा चीन तथा भारतको बजार, विद्यमान यूवा जनसाङखीय लाभ, श्रम शक्ति, भिसाको सहज व्यवस्था, लगानीका क्षेत्रहरू, भौगोलिक विविधता लगायतका विषयमा स्पष्ट पारेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्