इलाम । चियाको काट्छाँटमा एकरुपता ल्याउन चिया तथा कफी विकास बोर्डले किसानलाई सिकाउने भएको छ । काटछाँटमा एकरुपता नआउँदा गुणस्तर कमजोर भएकाले बोर्डले सीप विकास तालिम दिने भएको हो ।
तालिम र दक्षताबिना नै चियाको काट्छाँट गर्दा अन्तर्राष्ट्रियस्तरमा समेत गुणस्तर खचिएको अनुभव बोर्डसँग छ । आउँदा दिनमा चियाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले बोर्डले यो तालिम ल्याएको हो । सरकारी तवरबाट सुरु भएको रु १७ करोड ८२ लाखको ‘नेपाली चियाको दिगो निर्यात अभिवृद्धि परियोजना’ चिया किसानका बारीबाट सुरु गर्न लागिएको नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयसमेतको सहभागितामा सुरु भएको यो परियोजना आगामी २०२३ को अप्रिलसम्म सञ्चालन हुने परियोजनालाई किसानको आवश्यकता र चियाको सिजन अनुसार कार्यसम्पादन गर्ने लक्ष्य लिएको बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले बताउनुभयो ।
आगामी पुस २ गतेबाट इलामका ११ स्थानबाट चियाको कटाइसँगै काम सुरु गरिने भट्टराईको भनाइ छ । “यहाँ आएर हेर्दा चियाका बुट्टा तहसनहस भएका छन्, किसानलाई प्राविधिक ज्ञान छैन, अब हरेक ३० किसानको समूह बनाएर त्यो समूहमा दुईजना दक्षप्राविधिक खटाउने र तालिन दिइने योजना बनाएका छौं”, डा भट्टराईले भन्नुभयो, “२७९० किसानका बगानमा यो काम हुनेछ ।”
भट्टराईले दक्षप्राविधिकको छनोटको काम पनि गरिने बताउनुभयो । “चियाका बुट्टामा जस्ले कैंची चलाउन जान्दछ, त्यसको अभ्यास हेरेर मात्र प्राविधिक जनशक्तिको छनोट हुनेछ”, उहाँ भन्नुहुन्छ, “शैक्षिक प्रमाणपत्रका आधारमा होइन प्रयोगात्मक अभ्यासमा प्राविधिक छानेर किसानलाई सिकाउन पठाउने योजना बनाएका छौं ।” प्राविधिकले चिया विस्तार आयोजनाको चिया बगानमा कैंची चलाएर आफ्नो सीपको परीक्षा दिने बताइएको छ ।
चियाको छाँटकाटपछि काटिएको चियालाई के गर्नुपर्छ क्रमशः सिजन अनुसारको प्रक्रियामा सिकाउँदै लैजाने बताइएको छ । मलखाद, टिपाइलगायतका विषयमा पनि तालिम दिइने छ । अन्तर्राष्ट्रिय मापदण्डानुसार नेपाली चियाको गुणस्तर अभिवृद्धि गर्न, अर्गानिक प्रमाणित भएको चिया निर्यात अभिवृद्धि गर्न, अर्थोडक्स चियाको निर्यात मूल्य वृद्धि गर्न, चिया उत्पादकको आम्दानीमा दिगो सुधार तथा चिया क्षेत्रमा लगानी वृद्धि र थप रोजगारी सिर्जना गर्ने यो परियोजनाको मुख्य लक्ष्य रहेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।- रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्