Skip to content
LAXMI SUNRISE BANK

नेपालको धितोपत्र बजारका परिसूचकहरु के-के छन् ? विशाल श्रीपाइलीको जानकारीमुलक लेख

अर्थ सरोकार

विशाल श्रीपाइली । धितोपत्र बजार भन्नाले सेयर ,बण्ड,डिबेन्चर,ऋणपत्र ,सामुहिक लगानी योजनाका एकाइहरु, सरकारी धितोपत्रहरु खरिद बिक्रि तथा विनिमय हुने बजार हो जसलाई पूँजीबजारको नामलेसमेत चिनिन्छ। नेपालको सन्दर्भमा धितोपत्रको एकमात्र बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) हो।
 
धितोपत्र बजारको परिसूचक :
धितोपत्र बजारमा कारोबार भएका धितोपत्रहरुको समग्र मूल्यमा भएको परिवर्तन जनाउने अंकलाइ धितोपत्रको परिसूचक भनिन्छ । यसले बजारको स्तर र मुभमेन्ट सम्बन्धि जानकारी दिन्छ। यो धितोपत्र बजारको ब्यारोमिटर हो।
नेपालको धितोपत्र बजारका केहि प्रमुख परिसूचकहरु
१) नेप्से परिसूचक :
नेप्सेमा सुचिकृत संस्थापक र साधारण सेयर दुवै सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यको आधारमा गणना गरिने परिसूचक लाइ नेप्से परिसूचक भनिन्छ । यो धितोपत्र बजारको मापन गर्ने प्रमुख उपकरण हो। बि।स २०५० माघ ३० गते बाट नेप्से परिसूचक गणना गर्न थालिएको हो।
नेप्से परिसूचक मापन गर्दा चालु बजारको जम्मा क्यपिटिलाइजेसन लाइ आधार अबधिको बजारको जम्मा क्यपिटिलाइजेसन भाग गरि १०० ले गुणन गरि निकाल्न सकिन्छ।
२) सेन्सेटिभ परिसूचक :
नेप्सेमा ‘क’ वर्गमा सुचिकृत कम्पनिहरुको कुल सेयरको आधार वर्ष मूल्य र वर्तमान बजार मूल्यको आधारमा गणना गरिन्छ । बि.स २०६३ पौष १७ गते बाट नेप्सेले यो परिसूचक गणना गर्न थालिएको हो ।
३) फ्लोट परिसूचक :
सर्बसाधारणका लागि जारि भएका कारोबार योग्य सेयरको आधार मूल्य र बर्तमान बाजार मूल्यको आधारमा गणना गरिने परिसूचक लाइ फ्लोट परिसूचक भनिन्छ। यो परिसूचक नेप्सेले बि.स २०६५ भाद्र ३० गते बाट गणना गर्न थालिएको हो ।
४) सेन्सेटिभ फ्लोट परिसूचक :
नेप्सेले ‘क’वर्गमा बर्गिकरण गरेको सुचिकृत कम्पनिहरुको कारोबारयोग्य सेयरको आधारमूल्य र वर्तमान बजार मूल्यको आधारमा गणना गरिएको परिसूचक लाइ सेन्सेटिभ फ्लोट परिसूचक भनिन्छ। नेप्सेले यो परिसूचक बि ।स २०६५ भाद्र ३० गतेबाट गणना गर्न थालिएको हो ।
५) समुहगत, क्षेत्रगत परिसूचक 
नेप्सेले सुचिकृत कम्पनिहरुको समूहलाइ प्रतिनिधित्व गर्ने उद्देश्यले यस परिसूचक गणना आ.ब २०५५/०५६ बाट गर्न थालेको हो ।
जसमा बिकास बैंक, बाणिज्य बैंक, बित्त कम्पनि, लघुबित्त, जिबन बिमा, निर्जीव बिमा, हाइड्रोपावर, होटेल, म्युचल फण्ड, आदि ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK