धेरै मित्रहरुले इनबक्समा कुन शेयर किनौ भन्दै सोध्ने गर्नु हुन्छ। मलाई किन्ने भन्दा कुन समयमा कुन नकिन्ने भन्न सजिलो लाग्छ र हुन्छ तेसैले मैले बेला बेलामा सजग गराउने गरेको नै हुन्छु।
कुन शेयर किन्ने भन्ने कुरा धेरै कुरामा भर पर्छ जस्तो
– लगानीको समय र आशा गरेको प्रतिफल
– लगानीको उद्देश्य
– रिस्क लिन सक्ने क्षयमता
– तपाई संग भएको ज्ञान र धैर्य गर्ने क्षमता
– लगानी योग्य रकम र लगानीको लागत
– तपाइले शेयर मार्केटमा दिन सक्ने समय
यी संगै अन्य धेरै कुराले तपाइले गर्ने लगानी असर गर्ने हुन्छ सबै कुरा सोधेर तपाइलाई लगानी योग्य कम्पनि भनेर बस्न सम्भब पनि हुदैन र म संग तेती धेरै समय पनि हुदैन, साथै मैले किनेको मूल्य र अहिलेको मुल्यमा धेरै फरक परि सकेको हुदा कुनै स्टक तोकेर भन्न मुख लाग्दैन। कुनै दिन फुर्सदमा सम्भब भएछ भने केहि राम्रो स्टकहरु अध्ययन र फिल्टर गरेर पक्कै भन्ने छु कमिटमेन्ट नसोच्नुहोला।
तर लगानी गर्दा ध्यान दिनु पर्ने केहि कुराहरु तल भनेको छु ख्याल गर्नु होला
लगानीको समय, उद्देश्य र आशा गरेको प्रतिफल/रिस्क कति लिने पहिले नै सोच्नु होला
अल्पकालीन लगानी तथा कारोबार
-अल्पकालिन हो भने आधारभूत पक्ष भन्दा पनि टेक्निकलको तालिम लिएर गर्नु भयो भने राम्रो प्रतिफल हुन सक्छ, सत प्रतिसत नमिले पनि मानबिय ब्यबहार बुज्ने राम्रो माध्यम टेक्निकल एनालिसिस हो।
-समाचारको भरमा कारोबार गर्ने सोच्दै हुनुन्छ भने खातामा शेयर आउन कति समय लाग्छ कति मूल्य बढ्छ र कति सप्लाई आउन सक्छ पनि विचार गर्नु होला, सेबोनले भित्रि कारोबारमा लगाम लगाउन नसकेको कारणले गर्दा राम्रा भनिएका कम्पनिमा पनि फस्न सक्ने सम्भावना नकार्न सकिदैन।
-आधारभूत पक्ष राम्रो नभएको कम्पनि ट्रेड गर्न भनेर किनेर घट्यो भनेर इन्भेस्टमेन्टको रुपमा परिबर्तन नगर्नु होला प्रोपर स्टप लस लगाएर मात्र कारोबार गर्नु होला, तेस्तो स्टकहरु बढ्दा भन्दा सजिलो गरि घट्ने गरेको हुन्छन
दिर्घकालिन लगानी
– दिर्घकालिन लगानी हो भने जहिले पनि आधारभूत पक्ष राम्रो भएको कम्पनिमा लगानी गर्नु होला [रिपोर्ट हेर्दा हरेक वर्ष आउन सक्ने आम्दानी र खर्चलाइ मध्यनजर गर्न बिर्सिनु हुदैन एक चोटी मात्रै हुन सक्ने जस्तो [शेयर बेचेको/डुबेको पैसा उठेको] जस्तो आम्दानी राखेर आम्दानी बढेको छ भने फिल्टर गरेर हेर्ने बानि बसाल्नु पर्छ। अघिल्लो वर्ष ५० माथि eps भएको कम्पनि को १०-१२ मा झरेको गतिलो उदाहरण पनि देख्न सक्नु हुन्छ।
– धेरैले एउटा दुइटा मात्रै इन्दिकेटर मात्र हेर्ने गरेको हुन्छ [प्रति शेयर आम्दानी/नेट ओर्थ/प्रोफिट आदि] तर बिजनेस ग्रोथ/मेनेजमेन्ट/खर्च अनुपात हरुमा धेरैले ध्यान दिने गरेको हुदैन एस्तो कुराले अर्को वर्षको हुन सक्ने आम्दानी पहिले अनुमान लगाउन मद्दत गर्छ।
– दिर्घकालिन लगानीको लागि शेयर किन्दा भोलि बढ्लाकि जस्तो सोचेर एकै चोटी सबै पैसाको शेयर किन्ने गर्नु हुदैन ठुलो करेक्सन आएको समयमा थप्न सक्नु भयो भने अझ धेरै लाभदाइ हुन्छ।
– दिर्घकालिन लगानी गर्दा जहिले पनि राम्रो स्टक फिल्टर गरेर कसैले ध्यान नदिएको समयमा लगानी गर्न सक्नु पर्छ र होल्ड गर्न सक्ने धैर्य धारण गर्न सक्नु पर्छ। (सानो उदाहरण मैले २०२० मा १० को PE हुदा LBBL १८० मा किनेको २०२१ फेब्रुअरी सम्म नेप्से डबल हुदा पनि खासै बढ्न सकेको थिएन स्टक आज तेही स्टक आधारभूत पक्षमा खासै केहि परिबर्तन नहुदा पनि ३५-४० को PE मा ७००-८०० मा कारोबार हुदै छ) यो त एउटा उदाहरण मात्रै हो, नबढेर बेला बेला Frustration गराएको र २२०-२५० तिर बेचु कि झैँ लागेको र तेस्को २ महिनामा सर्किट लाग्न थालेको हुनाले यसको नाम लिएको हुँ। बजारले बारम्बार किन्ने मौका दिन्छ र किनी सके पछि धैर्य गर्न सक्नु पर्छ सधै किनेको भोलि पल्ट बाट सर्किट लाग्दै डबल हुने भए बिनोद चौधरी भन्दा धनि धेरै ट्रेडर हुन्थे होला नि हैन।
– यदी अध्ययन गर्न समय हुदैन भने पोर्टफोलियो मेनेजमेन्ट गर्ने कम्पनिहरुको सहयोग लिएर लगानी गर्ने गर्नु होला। निस्वार्थ भएर कसैले पनि फेसबुकमा तपाइलाई स्टकको जानकारी दिदैन। कसैले फेसबुकमा बुम बुम लेखेको भरमा लगानी गर्नु भयो भने २-४ चोटी कमाउनु होला तर तपाइको एक चोटी डुबेको लगानीले सवै नाफा लिएर जाने निश्चित छ।
– जब सम्म नकामाउनु र डुब्नु फरक कुरा हो भनेर बुज्न सक्नु हुदैन तब सम्म शेयर मार्केटमा तपाइले घाटा बेहोरी रहनु पर्छ।
– सके सम्म ऋण लिएर लगानी नगर्नु होला ऋण लिएर लगानी गर्नु पर्दा पनि कम्पनीले कमाएर दिने लाभले ब्याज खर्च धान्न सक्छ भने मात्रै गर्नु होला र अहिलेको समय ऋण लिएर लगानी गर्ने समय हैन।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्