Skip to content
LAXMI SUNRISE BANK

मार्जिन कडाइपछि पनि आयातमा कुनै असर देखिएन, फागुनमा मात्रै १ खर्ब ६१ अर्ब २७ करोडबढीको सामान आयत

अर्थ सरोकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको मार्जिन कडाइपछि पनि आयातमा कुनै असर देखिएको छैन । उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै राष्ट्र बैंकले प्रतितपत्र (एलसी) मा शतप्रतिशत र ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते २० वस्तुमा नगद मार्जिनको व्यवस्था गरेको थियो भने थप २७ वस्तुमा गत माघ २८ गते नगद मार्जिनको व्यवस्था गरेको थियो । तथ्यांक हेर्दा गत माघ महिनामा कम आयात भएपनि फागुन महिनामा भने कुनै असर देखिएको छैन ।

राष्ट्र बैंकले भान्छाकोठाका सामग्री, चकलेट, चुइगम, इनर्जी ड्रिङ्क, चुरोट, अत्तर, श्रृंगार सामग्री, स्याम्पु, काठमा सामान, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचर, कार्पेट, जाम, भेनेगर, गार्मेन्टलगायतका वस्तुहरु आयात गर्दा शतप्रतिशत नगद मार्जिनको  व्यवस्था गरेको थियो । विगतमा मासिक १ खर्ब ६० अर्बभन्दा बढी मूल्य बराबरको आयात हुँदै आएको थियो । तर नयाँ नीतिकै कारण माघ महिनामा भने डेढ खर्ब बराबरको आयातमा गिरावट आएको थियो ।

यता साउनको तथ्यांक हेर्ने हो भने १ खर्ब ५० अर्ब ७३ करोड १७ लाख रुपैयाँको वस्तु आयात भएको छ । भदौ महिनामा १ खर्ब ६३ अर्ब ७८ करोड ५३ लाख रुपैयाँको वस्तु आयात भएको र असोजमा १ खर्ब ६४ अर्ब ६१ लाख रुपैयाँको वस्तु आयात भएको छ । यसैगरी कार्तिक महिनामा १ खर्ब ७१ अर्ब ७७ करोड १० लाख रुपैयाँ, मंसिर महिनामा १ खर्ब ८८ अर्ब ११ करोड ३९ लाख रुपैयाँ र पुस महिनामा १ खर्ब ६० अर्ब ९३ करोड ४४ लाख रुपैयाँको वस्तु आयात भएको थियो । नेपालले फागुन महिनामा १ खर्ब ६१ अर्ब २७ करोड ४ लाख रुपैयाँ र माघ महिनामा १ खर्ब ४८ अर्ब १२ करोड १७ लाख रुपैयाँको वस्तु आयात गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK