×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकमा मनपरीको पराकाष्टा : ग्राहकका केवाईसी फर्म मकै पोल्ने ठेलामा भेटिए, ग्राहकका डाटा पूरै लिक !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

एनसीसी बैंकमा मनपरीको पराकाष्टा : ग्राहकका केवाईसी फर्म मकै पोल्ने ठेलामा भेटिए, ग्राहकका डाटा पूरै लिक !

Artha Sarokar

१० जेष्ठ २०७९, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौँ । आफ्ना ग्राहकका तथ्यांकहरु कति संवेदनशील  हुन्छन् भन्ने तथ्य बुझेर धेरै बैंकहरुले ग्राहकका डाटाहरु सुरक्षित  गर्न मोटो रकम खर्च गरिरहेका हुन्छन् । हुन पनि, ग्राहकका तथ्यांक हुन्छन् नै संवेदनशील । ग्राहकको नाम, टेलिफोन नम्बर मात्र होइन, ग्राहकको नागरिकता नम्बर, तीन पुस्ते विवरण लगायतका तथ्यहरु निकै संवेदनशील हुन्छन् । तर के तपाईं एनसीसी बैंकमा कारोबार गर्नुहुन्छ ? यदी गर्नुहुन्छ भने अव तपाईं होसियार हुनुपर्ने बेला भएको छ । किनकि एनसीसी बैंकमा ग्राहकका विवरण सुरक्षित नहुने गरेको तथ्यको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । यतिसम्मकि ग्राहकले भरेको केवाईसी फर्मसमेत मकै बेच्ने ठेलामा भेटिन थालेका छन् । ग्राहकका निकै संवेदनशील विवरण भरिएको फर्मलाई बैंकका केहि गैरजिम्मेवार अधिकारीहरुले मकै बेच्ने ठेलासम्म पुर्याएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ ।
मकै बेच्ने ठेलामा एनसीसीका ग्राहकको महत्वपूर्ण विवरण 
केहि दिन अगाडी लोकन्थली नजिकै मकै बेच्ने ठेलामा अर्थ सरोकारकर्मी पुगे । घर जाँदै गर्दा बीचमा पानी परेपछि उनी रोकिए पोलेको मकै खान । तर त्यहाँ दृश्य अचम्मको देखियो । मकै पोल्ने आमा र एक दिदि त एनसीसी बैंकको भरिएको केवाईसी फर्ममा मकै बेचेर दिंदै थिइन् । त्यसपछि हामीले सोध्यौं- ‘यो फर्महरु कहाँबाट ल्याएको ? कसले दिएको ?’ हाम्रो प्रश्नमा उनीहरु निर्धक्क भन्दै थिए, ‘बैंकका मान्छेले दिएको । अझ कति धेरै थियो, अहिले मकै बेच्दा बेच्दा सकियो ।’
उनले ठेलामा राखेको केवाईसीका फर्महरु सबै भरिएका थिए । त्यहाँ महिला ग्राहकका फोन नम्बर पनि थिए । ग्राहकका तीन पुस्ते विवरण र नागरिकता नम्बर पनि थिए । सो फोन नम्बर लिएर कसैले ती महिला ग्राहकहरुलाई महिला हिँसा गर्यो भने के हुन्छ ? ती विवरणलाई मिसयुज गरेर कसैले अपराध गर्यो भने के हुन्छ ? हामीले यी प्रश्न एनसीसी बैंकको लोकन्थली ब्रान्चका कर्मचारीलाई सोध्यौं । उनीहरु त निर्धक्कसँग भन्दै थिए, ‘अनलाइनमा चढीसकेपछि यो फर्मको केहि काम छ र ?’ उनीहरुको मनपरी उत्तर सुनेपछि हामीले बैंकका ब्रान्च मेनेजर सुनिल थापालाई सम्पर्क गर्ने प्रयास गर्यौं । तर उनी सम्पर्कमा नै आएनन्। उनी सम्पर्कमा नआएपछि हामीले बैंककि सूचना अधिकारी बन्दना पाठकलाई समेत फोन गर्यौं । तर उनले आफ्नो बैंकमा भरिएको केवाईसी बाहिर गएको भन्ने स्वीकारे पनि यसलाई लापरवाही हो भन्ने तथ्य भने स्वीकार्न तयार भईनन् । उनले सो केवाईसी फर्म लकडाउनका समयमा बाहिरिएको हुन सक्ने बताईन् । तर यी फर्महरु केहि समय अगाडीमात्र बाटोमा भेटिएका हुन् ।
विज्ञ र कानुन व्यवसायीहरु भन्छन्- ‘विदेशमा भएको भए यस्तो मनपरी गर्नेहरु सिधै जेल जान्थे’
यता विज्ञहरु भने यस्तो काम हदैसम्मको मनपरी र ग्राहकको विवरणमाथिको लज्जास्पद खेल भन्छन् । ‘मैले पनि अर्थ सरोकारको टिकटक हेरेर यस्तो खबर पाएँ । मेरो विवरण मेरो अनुमति विना अरुलाई त दिन मिल्दैन भने मकै ठेलामा विवरण पुग्नु अपराधिक काम हो । यस विषयमा बैंकले माफी माग्नुपर्छ र सुरक्षा संवेदनशीलतालाई थप ध्यान दिएर दुरुपयोग भएका त्यस्ता फर्महरु फिर्ता ल्याउनुपर्छ। ‘ एक जानकारले अर्थ सरोकारसँग भने, ‘कुनै ग्राहक यस विषयलाई लिएर कानुनी उपचारमा गयो भने बैंकले ठुलो क्षति व्यहोर्नुपर्ने हुन्छ । यसले एनसीसी बैंक कुन हदसम्म असुरक्षित छ भन्ने तथ्यको प्रमाणित गरिदिएको छ ।’ यसो त कानुन व्यवसायीहरुको तर्क पनि यो एनसीसी बैंकको हदैसम्मको मनपरी भयो भन्ने छ । ‘एनसीसी बैंकले गोपनियताको हकविरुद्ध काम गरेको छ । यस्तो गर्ने जो कोहिलाई पनि हदैसम्मको कारवाही गर्नुपर्छ । कानुनले कसैको गोपनियता भंग गर्न नपाइने भनेको छ । यो त सरासर गोपनियताको अधिकारको हनन भयो ।’ एक कानुन व्यवसायीले अर्थ सरोकारसँग भने, ‘कोहि ग्राहक क्षतिपूर्तिको मागसहित अदालत जान पनि पाउँछ । कोहि ग्राहक यसरी अदालत गयो भने, उसले जित्छ पनि । यो त हदमात्र होइन, हदैसम्मको मनपरी भयो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी