काठमाडौँ । नेपाल धितोपत्र बोर्डले संसोधनका लागि पठाईसकेको धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र ब्यापारी) (चौथो संशोधन) नियमावली सार्वजनिक गरेको छ । ब्रोकरको तीब्र चलखेलपछि भाषा बंगाएर तत्काल ब्रोकर लाइसेन्स बाँड्न नपाउने आशयसहित आएको नियमावलीलाई पुन: संसोधनका लागि बोर्डले पारित गरेर क्याबिनेट पठाईसकेको मात्र होइन, सो नियमावली क्याबिनेटले पाससमेत गरिसकेको छ । तर बिधायन समितिको राय नलिई त्यसलाई प्रमाणीकरण गर्न नमिल्ने कुरा उठेपछि पुन: विधायन समितिको राय लिएर मात्र नियमावली संसोधन प्रमाणित गर्ने कुरा उठेपछि अहिले सो संसोधन अड्किएको छ । केहि दिनमा विधायन समितिले समेत आफ्नो राय दिएपछि सो नियमावली पास भएर आउनेछ ।
अहिले बोर्डले सार्वजनिक गरेको नियमावलीमा भएका दुई प्रावधान संसोधन गरिएको छ । जसमा तत्काल ब्रोकर लाइसेन्स बाँड्नेगरी नियमावली पास भएर आउनेछ भने बोर्डले सार्वजनिक गरेको नियमावलीमा भएको ब्रोकर कमिसनसम्बन्धि व्यवस्था पनि परिमार्जन भएर आउनेछ ।
अर्को संसोधन गर्नुपूर्व यसअघि गरिएको संसोधन सार्वजनिक गर्नुपर्ने राय बोर्डलाई कानुन विभागले दिएपछि बोर्डले सो नियमावली आफ्नो वेवसाइटमा अपलोड गरेको हो ।
संशोधित नियमावलीमा नियमावली प्रारम्भ भएको तीन बर्षपछि बजारको आवश्यकताअनुसार नयाँ धितोपत्र व्यवसायीको लागि आबेदन खुला गर्ने र त्यसको लागि ३० दिनको अवधि दिने उल्लेख छ । यो नियमावली संसोधन पारित गरेर बोर्डले क्याबिनेट पठाएको थियो । अहिले बाँकी प्रक्रियामा यो संसोधन अड्किएको छ । यो संसोधन पास भएसँगै ब्रोकर लाइसेन्सका लागि बाटो खुल्नेछ ।
संशोधित नियमावलीमा ‘यो नियमावली प्रारम्भ भएको तीन वर्षपछि बोर्डले धितोपत्र बजारमा उपलब्ध भौतिक सुबिधा, बजारको आवश्यकता, प्रतिस्पर्धाको अवस्था समेतको अध्ययन गरी धितोपत्र दलाल र धितोपत्र व्यापारीको लागि नयाँ अनुमतिपत्रको लागि निवेदन माग गर्ने’ उल्लेख छ । यहि वाक्यांशका लागि ब्रोकरहरुले चरम चलखेल गरेका थिए ।
नियमावलीमा तीन तहको धितोपत्र दलाल व्यवसायी विभाजन गर्दै न्युनतम चुक्ता पुँजी २० करोडदेखि डेढ अर्ब रुपैयाँ पुर्याईएको छ भने ब्रोकरको ३ तह रहने व्यवस्था गरिएको छ । जसमा सिमित कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरको चुक्ता पूँजी ६० करोड र स्टक डिलरको चिक्त पुँजी डेढ अर्ब तोकिएको छ । यो व्यवस्था भने आउँदो संसोधनमा पनि उही रहनेछ । ब्रोकरहरुलाई निर्धारित पूँजी पुर्याउन ३ बर्षको सिमा दिइएको छ । यो व्यवस्था पनि आउँदो संसोधनमा पनि उही रहनेछ ।
ब्रोकरहरुको चलखेलका कारण भाषामा चलखेल भएर आएको नियमावलीलाई पुन संसोधनका लागि पठाइएको छ । पाँचौं पटक संसोधन हुन लागेको सो नियमावली प्रारम्भ भएपछि ३० दिनको समय राखेर तिनै तहको नयाँ ब्रोकर लाइसेन्सका लागि निवेदन माग गर्न सक्ने प्रस्ताव राखिएको छ । ‘गर्न खोजेको एक पटक लाइसेन्स दिएपछि ३ बर्ष नदिने भन्ने थियो । तर ३ बर्ष नदिने मात्र भनेर आयो । त्यसैले संसोधनका लागि पठाएका छौं र पास भईसकेको पनि जानकारी पाएका छौं ।’ धितोपत्र बोर्ड स्रोतले भन्यो- ‘ नयाँ नियमावली संसोधन भएर पनि आउँछ, अनि ब्रोकर लाइसेन्स पनि खुल्छ । नियम अनुसार संसोधित नियमावली पनि सार्वजनिक गर्नुपर्ने भएकाले अहिलेका लागि यो चलखेलवाला नियमावलीपनि सार्वजनिक गरेका हौँ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्