Skip to content
LAXMI SUNRISE BANK

एनएमबि लघुवित्तले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने

अर्थ सरोकार

काठमाडौं । एनएमबि लघुवित्तले सेयरधनीलाई १०.५२६३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई सो लाभांश दिने निर्णय गरको हो ।

कम्पनीले प्रस्ताव गरेको लाभांशमा बोनस सेयर १० प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीको हालको चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार रहेको छ ।

सेयरधनीहरुका लागि प्रस्तावित सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेसँगै वितरण गरिनेछ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK