×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तमा वर्तमान चुनौतीहरु र समाधानका उपायहरु

PRIME CA
GLOBAL IME BANK

लघुवित्तमा वर्तमान चुनौतीहरु र समाधानका उपायहरु

२४ फाल्गुन २०८०, बिहीबार

पढ्न लाग्ने समय: < ८ मिनेट

काठमाडौं। वर्तमान समयमा वित्तिय क्षेत्रमा दिनानु दिन नयाँ घटनाक्रमहरु देखा परिरहेका छन । त्यस्तै राष्ट्र वैंक द्धारा घ वर्गको ईजाजत प्राप्त वित्तिय संस्था लघुवित्त क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेका छन । जस्तै लघुवित्त संङ्घर्ष समिति त कहिले कर्जा मिनाहको आश्वासन, कहिले कर्मचारी कुटपिट त कहिले लघुवित्त सदस्यलाई हातपात र गालीबेईज्जती । उल्लेख गरीएका घटनाहरु त फगत उदाहरण मात्रै हुन । मुख्य कुरा नियमन निकायको निती र मोडेलमा प्रश्न चिह्न खडा भएको छ । लघुवित्त कार्यक्रम अहिले राष्ट्रीय स्तरका ४ वटा, प्रदेश स्तरीय ४२ वटा र जिल्ला स्तरीय ११ वटा गरी कुल ५७ वटा लघुवित्त वित्तीय संस्थाले लघुवित्त कार्यक्रम गरीरहेका छन । यद्यपी विभिन्न सहकारी तथा संघसंस्थाहरुले पनी यो कार्यक्रम सञ्चालन गरीरहेको कुरा सबैमा सर्वविदितै छ । झण्डै ५७ लाख ५१ हजार भन्दा बढी घरपरिवार लाभांवीत भएको र ४३४ अरब ५५ लाख भन्दा माथी कर्जा लगानी गरीरहेका लघुवित्त क्षेत्रमा कसरी यस्ता समस्याहरु देखा परे होलान् ?

लघुवित्तको उद्देश्य ग्रामीण क्षेत्रका महिलाहरुलाई शिक्षीत बनाउने, वित्तिय साक्षरता दिने, वित्तिय पहुचमा जोडेर सिप सिकाएर उद्यमशिलतामा परिणत गर्ने जस्ता महत्पुर्ण कुराहरु भन्दा विपरीत लघुवित्त कार्यक्रम सञ्चालन भईरहेको रहेछ भन्ने कुराको महसुस अहिले हुदै छ । ग्रामीण स्तरका महिलाहरुलाई वित्तिय साक्षरता नदिइकनै वित्तीय पहुचमा जोडनु मुख्य समस्या देखा परेको छ । वित्तिय साक्षरता पर्याप्त भएको भए आज वित्तिय अनुशासन देखीन्थ्यो र हाल देखा परिरहेको समस्यामा केही कमी देखीन्थ्यो ।

मुख्य चुनौतीहरु:

१. लघुवित्तको उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन नहुनु:

नेपालको कागजी काम कहिले जाला घाम भनेको जस्तै कागजी रुपमा सम्पुर्ण कुराहरु चिटिक्क वाह भनेको जस्तै देखिएतापनी वास्तवमै लघुवित्तका कर्मचारीहरुमा वित्तीय साक्षरता, वित्तिय अनुशासन पर्याप्त नभएको देखिन्छ अर्थात प्रत्यक्ष रुपमा ग्राहकसँग सम्पर्क समन्वय र छलफल गर्ने कर्मचारी तल्लो तहको हुने र उसलाई पर्याप्त वित्तिय साक्षरता, सार्वजनिक अनुशासनका सिद्धान्तहरुको बारेमा पोख्त नबनाइकनै संस्थाले लक्ष्य दिने र जबरजस्ती लक्ष्य पुरा वापत उसलाई जागीरको सुनिश्चता गर्ने जस्ता कुराले उक्त कर्मचारीले लक्ष्य प्राप्त गर्ने उद्देश्यले सिधै ग्राहकलाई वित्तीय पहुँचमा जोड्ने मुख्य समस्या रहेको छ । तसर्थ अधिकांस ग्रामीण स्तरका ऋणीहरुलाई कर्जा लिईएको संस्थाको नाम, के उद्देश्यले कर्जा लिइएको हो, कर्मचारीको नाम समेत बताउन नसक्ने अवस्था छ । उल्लेखीत सम्पुर्ण कुराको मुख्य समस्या लघुवित्त संस्थाहरुले नाफालाई मुख्य केन्द्रविन्दुमा राखेर अस्वस्थ रुपमा प्रतिस्पर्धा गरीरहेको कुरा जिकीर गर्न खोजीएको हो ।

२. कर्जा विश्लेषण परिपक्व नहुनु

नेपाल एक कृषि प्रधान देश हो । यो भनाई नेपालको हावापानी र उत्पादकत्व हुने जमिनलाई केन्द्रविन्दुमा राखेर भनिएको हो । लघुवित्तको कर्जा यहि शिर्षकमा अत्याधिक रहेको पाईन्छ तर नेपालका अधिकांंश मानिसहरु कृषिलाई दोस्रो पेशा बनाईरहेको कुरा सर्वविदितै छ । चाहे होट्ल गरेर २ वटा बाख्रा पालन गर्नु वा श्रीमान वैदेशीक रोजगारीमा र श्रीमतीले घरमा ५ वटा कुखुरा र एउटा गाई पाल्नु । मुख्य आम्दानी अर्कै हुने गर्दछ । डाटामा हेर्ने हो भने कृषीमा लघुवित्त कर्जा यति लगानी, ऊती लगानी भनेतापनी लगानीको उद्देश्य कृषि र कर्जा फरक ठाउँमा लगानी भएको आँखाले देख्न सकिन्छ तर कागजले त्यो बोल्दैन । हो विश्लेषण गर्ने कर्मचारी प्राविधिक (कृषि, उद्यमशिलता विकास सहजकर्ता) हुदैनन्, कर्जा लगानीका बखतमा कर्जाको उद्देश्य अनुरुप प्राविधीक ज्ञान (कृषि, उत्पादनमुलक, सेवा मुलक व्यवसाय) पर्याप्त हुँदैन । माथील्लो तहमा काम गर्ने कर्मचारीलाई यस विषयमा अध्ययन गर्ने समय हुँदैन र उक्त कर्जा लगानी भईसक्छ र खराब कर्जामा परिणत भएपछी मात्र सबैलाई जानकारी हुन्छ कि यो कर्जा उद्देश्य भन्दा फरक ठाउँमा लगानी भयो । कर्जा विश्लेषण गर्दा पत्रकारीता विषयको 5w,1h भन्ने सिद्धान्त विर्सनु हुँदैन भन्ने कुराको ज्ञान हुनैपर्छ । तथापी कर्जा सदुपयोगीताको कागजी फारमहरु शाखाहरुमा हेर्ने हो भने, अहिले पिडीत भए भनेर सडकमा आईरहेका हरेक सदस्यले कर्जा उद्देश्य अनुरुप लगानी गरेको र उद्यमशिलता गरीरहेको कुरा देख्न सकिन्छ तर यर्थाथ फरक छ । कर्मचारीहरुमा कागजी दबाव, लक्ष्यको दबाव र लघुवित्तको विशेषज्ञाताको अभावले समस्याहरु बढदो गतीमा देख्न सकिन्छ ।

३. ग्राहक/सदस्य लाई पनिस्मेन्ड नगर्नु :

समय संगै हरेक कुरा परिवर्तन हुने गर्दछ भन्ने कुरा विज्ञानले भन्छ साथै मानिसका आवश्यकताहरु असिमिति हुन्छन भन्ने कुरा अर्थशास्त्र ले भन्छ । तसर्थ समाजिक रुपमा पनी मानिसले मनोविज्ञान र उत्प्रेरणामा पनिस्मेन्ड खोजीरहेको हुन्छ । कर्मचारी वा ग्राहक÷सदस्य यि दुवैलाई हौशला, उत्प्रेरणा, मानमर्यादा, समाजिक अनुशासन, आर्थिक उत्प्रेरणा, पुरस्कार पनिस्मेन्ड अत्यन्तै महत्वपुर्ण हुने गर्दछ । यस विषयमा लघुवित्तमा रहेको ऋक्च् कोषको रकम प्रयोग गर्न सकिन्छ तथापी यो कुरालाई महत्व दिइएको पाईदैन ।

४. क्वाटरमा खराब कर्जा ५ प्रतिशत भन्दा तल हुनैपर्ने :

हरेक क्वाटरमा राष्ट्र बैंकले दिइएको निर्देशन अनुरुप जम्मा लगानीमा रहिरको कर्जा को खराब कर्जा ५ प्रतिशत भन्दा तल हुनै पर्ने नियमले जवरजस्ती कर्जा नविकरण र पुनसंरचना गरेको पाईन्छ । कर्जा सुचना केन्द्रको सिआईसी रिपोर्टलाई ईडिट गर्ने देखी सिआईसी नो हिट रिपोर्ट राखेर ग्राहक÷सदस्यहरुको साँवा, ब्याज जोडेर सकेसम्म एक दुई किस्ता अझै बचतमा समेत राख्ने गरी साविक कर्जा भन्दा धेरै कर्जा देखाएर क्वाटर रिपोर्ट तयार गरेको देख्न सकिन्छ । नियमन निकायले पक्कै हेर्छ होला, क्वाटरको महिनामा मात्रै किन यति धेरै ऋणी संख्या बढने, लगानीमा रहिरहेको कर्जा बढने र खराब कर्जा (एनपिएल) घट्ने हुन्छ भनेर । नियमन निकायले कार्यान्वयनका लागी दिइएको निर्देशन कसरी कार्यान्वयन भईरहेको छ भन्ने कुरा स्वययम जानकार हुनैपर्छ तर कागजी रुपमा ठिकठाक भएपनी यर्थात चित्र फरक छ र बोल्ने अवस्थामा कोही देखीदैन । साँच्चै ठिकठाक भएको भए ५० हजारको कर्जा ३ लाख सम्म कसरी पुग्थ्यो र लघुवित्त क्षेत्रको क्वाटरमा देखाएको रिपोर्ट वास्तविक भएको भए ६३२ प्रतिशत भन्दा बढी खराब कर्जाको अनुपात कसरी सृजना हुन्थ्यो र किन सङघर्ष समिति, कर्जा मिनाह जस्ता नाराहरु र भिडहरु आउथे होला । तसर्थ नियमन निकायले हामी देखी कहीँ कतै केही न केही ग्याप छ अर्थात केही नमिलेको पक्कै छ भन्ने महसुस गर्नैपर्दछ ।

५. लघुवित्त कार्यक्रम प्रति समुदायमा विश्वासको कमी:

वर्तमान अवस्थामा नेपालमा विपन्न (गरिवी) वर्ग, अशिक्षीत वर्ग, कुल प्रतिव्यक्ती आय र बसाई सराई दर का सुचकहरु परिवर्तन भएका छन । तर लघुवित्त कार्यक्रमको संरचना यथावत छ अर्थात पुरानो अवस्थामा छ । नियमन निकायले डाटामा देखे जस्तो पक्कै छैन । यो कोरोना माहामारी पछी लघुवित्त कार्यक्रममा समुदायको आकर्षित घट्दो क्रममा छ अर्थात विस्तार हुन सकिरहेको छैन । विस्तार भएको स्थानमा व्यापक समस्या बढदो दरमा छ । कर्जाको दुरुपयोगीता बढेको छ, अस्वस्थ प्रतिस्पर्धाले चरम सिमा नाघेको छ र नाफा कमाउनका लागी लगानीको होडबाजी चलेको देखीन्छ । तर सेवा गरेर नाफा कमाउनु र नाफा कमाउनका लागी सेवा गर्नु यि दुई एउटै सिक्काका दुईवटा भिन्न पाटा हुन । लघुवित्तको उद्देश्य अनुरुप सेवा गरेर नाफा कमाउने नियम विर्सिएको जस्तो देखीन्छ । तसर्थ समुदायमा विश्वास घटदो दरमा छ, खराब कर्जा बढदो दरमा छ साथै लघुवित्त कर्मीहरुहरुलाई सामाजिक मानसम्मानमा कमी आएको देख्न सकिन्छ र बजारमा लघुवित्त खारेजी गर्नुपदर्छ भन्ने नाराहरु घन्कीन्छन । तसर्थ कार्यक्रमको संरचना परिवर्तन गर्नु अर्काे महत्वपुर्ण कुरा हो ।

 समाधानको पक्षहरु

१. लघुवित्त मोडेल पुनसंरचना :

नेपालमा सञ्चालन भईरहेको लघुवित्त मोडेल वर्तमान अवस्थामा फेल भएको हो कि भन्ने आम जनमानसमा भान भईरहेको छ । नेपालमा पछिल्लो अवस्थामा प्रतिव्यक्ती आय दर, शिक्षीत वर्ग, बसाईसराई, रोजगार सुचकहरु हेर्ने हो भने धेरै कुरा सुधार र परिवर्तन भएका छन । अहिले सञ्चालन भईरहेको मोडेल पुरानो भयो र उक्त मोडेलमा मानिसहरु अनुसाशित हुने, फरक व्यक्तिलाई कर्जा जमानी राख्ने, मासिक रुपमा अनिवार्य अनुशासित भएर बैठक बस्ने, प्रतिज्ञा भन्ने, बैठकमा कर्जा सदुपयोगीता बारेमा भन्न लगाउने यावत कुराहरुमा आकर्षण घटदै गएको छ र लघुवित्त संस्थाहरुले परीपालन गराउन सकिरहेको छैनन । यही विन्दु देखी सुरु हुन्छ लघुवित्त कर्मी र ग्राहक विचको बिचलन, मनमुटाव । तसर्थ हाल लघुवित्त कार्यक्रमले आफनो ट्रयाक छोडेको देख्न सकिन्छ । उदाहरणका रुपमा लघुवित्त केन्द्र/ईकाई वैठक वस्दैनन, कर्जा सदुपयोगीता गरेका ऋणीहरुको सफलताको कथा तयार गर्ने हो भने १ प्रतिशत पनी छैनन । घरघरमा गएर लघुवित्त कर्मीले किस्ता असुल गरीरहेको देखीन्छ । कर्जाको जमानी बस्न अर्काे छिमेकी मान्दैन । बसाई सराई बढदो दरमा छ । परीवार सदस्यहरु टुक्रिएको छ घरमा भन्दा बाहीर धेरै सदस्य हुने गर्दछन । तसर्थ नियमन निकायले यस बारेमा तुरुन्त मोडेल बारेमा सोच्ने हो कि भन्ने देखिन्छ । हामी उदाहरणको रुपमा निम्न मोडेलहरुलाई हेर्न सक्छौं र लघुवित्तमा पाईलटिङ गर्न सक्छौं ।

क. शाही मौद्रिक प्राधिकरण (Royal Monetary Authority RMA) भुटान: भुटानको लघुवित्त क्षेत्र अपेक्षाकृत सानो तर बढ्दो छ। भुटानको शाही मौद्रिक प्राधिकरण (RMA) ले विभिन्न पहलहरू मार्फत वित्तीय समावेशीकरण प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । एउटा उल्लेखनीय कार्यक्रम ग्रामीण उद्यम विकास निगम लिमिटेड (REDCL) हो, जसले ग्रामीण उद्यमी र साना व्यवसायहरूलाई आयआर्जन गर्ने गतिविधिहरूलाई समर्थन गर्न र ग्रामीण विकासलाई प्रवर्द्धन गर्न धितो-रहित ऋण उपलब्ध गराउँछ ।

ख. सनासा डेभलपमेन्ट बैंक मोडेल (Sanasa Development Bank SDB): श्रीलंकामा राम्रोसँग स्थापित लघुवित्त क्षेत्र छ, जसमा सनासा विकास बैंक SDB प्रमुख खेलाडीहरू मध्ये एक हो । SDB ले एक सहकारी मोडेल पछ्याउँछ, जहाँ यसले आफ्ना सदस्यहरू (अधिकांश ग्रामीण किसान र साना उद्यमीहरू) बाट बचत परिचालन गर्छ र उनीहरूलाई ऋण सुविधा, बीमा र अन्य वित्तीय सेवाहरू प्रदान गर्दछ । यसले समुदायको सहभागिता र सशक्तिकरणलाई जोड दिन्छ ।

ग. एम-पेसा मोडेल केन्या: परम्परागत माइक्रोफाइनान्स मोडेल नभए पनि, मोबाइल फोनमा आधारित पैसा स्थानान्तरण र माइक्रोफाइनान्स सेवा एम-पेसाले केन्यामा वित्तीय समावेशीकरणमा महत्त्वपूर्ण प्रभाव पारेको छ । यसले प्रयोगकर्ताहरूलाई उनीहरूको मोबाइल फोन प्रयोग गरेर पैसा जम्मा गर्न, निकाल्न र स्थानान्तरण गर्न अनुमति दिन्छ, ग्रामीण क्षेत्रहरूमा सेवाविहीन जनसंख्यामा पुग्छ ।

घ. BancoSol Model: BancoSol बोलिभियामा एक अग्रणी लघुवित्त संस्था हो। यसले कम आय भएका उद्यमीहरू र साना व्यवसायहरूलाई वित्तीय सेवाहरू प्रदान गर्दछ, ऋण उत्पादनहरूको दायरा प्रदान गर्दछ र ग्राहक शिक्षा र वित्तीय साक्षरतालाई जोड दिन्छ ।

२. कर्मचारीहरुमा गुणस्तरीयता जाँच : नियमन निकायले लघुवित्त क्षेत्रमा आवद्ध कर्मचारीहरुको केही मापदण्ड बनाएर गुणस्तरीयता जाँच गरेमा समुदायमा देखीएका केही समस्याहरुमा सुधार हुन सक्दछ । तसर्थ सामाजीक अनुसाशन, व्यक्तिगत अनुशासन, संस्थागत अनुसाशन र जवाफदेहीता जस्ता कुराहरुमा पक्कै सुधार भई लघुवित्त कार्यक्रमलाई थप बल पुग्न सक्ने देखीन्छ । यर्थाथमा सार्वजनिक प्रशासन संग सम्बन्धीत कर्मचारीहरु भनेको गुणस्तरीय हुनै पर्छ फलस्वरुप समस्या समाधानमा टेवा पुग्न सक्छ ।

३. ग्राहक/सदस्यलाई शेयर धनी बनाउने: मुलत वित्तीय क्षेत्र कम्पनी रजिष्टर कार्यालयमा दर्ता भए पश्चात अस्वस्थ प्रतिस्पर्धा बढेको कुरा नकार्न सकिदैन । तर लगानी कर्ता र ग्राहक बिचको सम्बन्धमा ठुलो खाड्ल छ । ग्राहक/सदस्यहरुलाई अनुशासन को मापदण्ड तयार गरेर शेयर धनी बनाउने व्यवस्था गरेमा समाज वाद पक्षका राजनिती दलहरुको पनी समाज वाद देखीने र लघुवित्त क्षेत्रको समस्या केही हदसम्म समाधान हुने थियो कि भन्ने देखीन्छ ।

४. जोखीममा रहेको कर्जा असुली : अहिलेको अवस्थामा नगद रुपैया वास्तवमै छैन अर्थात भएपनी समुदायमा कम छ । तर ग्राहकहरुलाई वित्तिय ज्ञान नहुदा, लघुवित्तको नाफा कमाउनका लागी लगानीको होडवाजीले गर्दा खराब कर्जा बढ्यो र आम्दानी को स्रोतले नियमीत किस्ता तिर्न नसक्ने अवस्थामा भएकोले भाका अवधि बढाउने, त्रैमासिक किस्ता असुली गर्ने, प्राविधीक सिप विकास कार्यक्रमहरु गर्ने, वित्तीय जनचेतना जगाउने कुराहरुमा कडाइका साथ लागु गरेमा केही हदसम्म समस्या समाधान हुन सक्दछ ।

५. लघुवित्तले ग्राहक सदस्य संरक्षण निर्देशीक परिपालन गरे नगरेको :  वार्षिक रुपमा लाखौं, करोडै रुपैया ऋक्च् ँगलम मार्फत ग्राहक÷सदस्यहरुलाई खर्च गरीरहेको कुरा कागजी रिपोर्टमा र कहीकतै फोटोहरु समेत देखीन्छ । तथापी वास्तवीक के कस्तो गरीरहेको छ, साँच्चै सुविधा प्रापत गरेका छन त ? ग्राहकहरुले के के पाए, वित्तिय साक्षरता तालिम, प्राविधीक सिप विकास तालिम, नमुना केन्द्र/ईकाई भ्रमण, सदस्यको प्राकृतिक प्रकोपले असर परेको सुविधा, ग्राहक÷सदस्यको श्रीमान वा अभिभावक लाई वित्तीय ज्ञान तालिम आदी जस्ता कुराहरु पाए नपाएको भन्ने कुरा नियमन निकायले गहिरीएर हेरेको जस्तो लाग्दैन । यदी उल्लेखी कुराहरु ग्राहकहरुले पाएको भएमा केही जनचेतनामा परिवर्तन आउथ्यो र समस्या घट्दै जाने थियो ।

लघुवित्तको खराब कर्जा दिनानु दिन बढदैै गईरहेको र आर्कषण घटदो क्रममा रहेको साथै समस्या बढदै गईरहेकोले बेलैमा नियमन निकायले केही कदम नचालेमा दुर्घटना हुन सक्छ । तसर्थ लघुवित्तमा देखीएका समस्याका लक्षण भन्दा पनि कारण पहिचान गरी वास्तविक र ठोस रुपमा रोकथाम नभई निराकरण नै गर्ने तवरले कदम चाल्नु पर्ने देखीन्छ ।

-सुर्य नारायण पुरीको लेख

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: