×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा ९० प्रतिशत ट्रेडरले घाटा खान्छन्, इन्भेष्टर्सलेचाहिँ मज्जाले कमाउँछन् त ? सुबास चन्द्र भट्टराईको विचार

GLOBAL IME BANK

सेयर बजारमा ९० प्रतिशत ट्रेडरले घाटा खान्छन्, इन्भेष्टर्सलेचाहिँ मज्जाले कमाउँछन् त ? सुबास चन्द्र भट्टराईको विचार

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौँ । सेयरबजार आशावादी केन्द्रबिन्दु हो । १/२ पटक घाटा खाएको लगानीकर्ताहरू ट्रेड गर्न डराउँछन् । उहाँहरुको मनोविज्ञानमा डर पैदा भइरहेको हुन्छ । सानो अवधि कोही व्यक्तिले मार्केटलाई चलाउन खोजेकोजस्तो देखिएको हुन्छ । त्यस्ता व्यक्तिलाई फलो गर्नेले सधैँ कमाउँदैनन् । नजानिँदो पाराले उसको ग्राहकजस्तो आफू भइरहेको हुइन्छ । पैसा कमाउनु र सम्पत्ति सिर्जना गर्नु फरक पार्ट हो । हामी सिर्जना गर्नतिर लाग्नुपर्छ । कमाउँदै खर्च गर्दा १/२ वटा ट्रेड असफल हुनासाथ हामी त्यसलाई छोटो अवधिमा पूर्ति गर्न लाग्दा दलदलमा फस्न पनि सक्छौँ । जुन अर्कोको पैसाले गर्नु झन् खतरापुर्ण काम हो ।

सेयर बजारमा मुख्यतया अल्पकालीन (ट्रेडर) र दीर्घकालीन लगानीकर्ता (इन्भेस्टर्स) रहेका हुन्छन् । दीर्घकालीन लगानीकर्ताले वर्षौँसम्म सेयर होल्ड गर्छन् भने अल्पकालीन अर्थात् ट्रेडरले थोरै नाफा वा घाटा हुनासाथ पनि सेयर बिक्री गरिहाल्छन् । छोटो समयमा सेयर खरिदबिक्री गर्दा बजार चलायमान र तरल बन्छ । स्टक ट्रेडरले पनि यसमा मुख्य भूमिका खेलेका हुन्छन् । विश्वको हरेक देशमा स्टक ट्रेडर रहेका हुन्छन् । नेपालमा पनि सेयर ट्रेडिङलाई कतिपयले पेशा बनाएका छन् । 

स्टक ट्रेडिङ आफैँमा एक गाह्रो काम हो । यसमा जोखिम पनि अत्याधिक हुन्छ । ज्ञान, सीप, धैर्यता, अनुशासनबिना ट्रेडिङ गरेर नाफा कमाउन सम्भव छैन । सेयर ट्रेडिङ गर्नुभन्दा अगाडि यसको जोखिम र फाइदा बारे जानकारी राख्नु जरुरी छ । सेयर बजार तथा वित्तीय प्रणाली, बैंकको ब्याजदर, तरलता यी सबै कुराको ज्ञान आवश्यक छ । आफूले खरिद गर्न चाहेको सेयरको वित्तीय अवस्थाको पनि जानकार हुनुपर्छ ।

सेयर बजारको भोल्युम, क्यान्डल स्टिक चार्टदेखि विभिन्न इन्डिकेटरका बारे राम्रोसँग जानकार हुनुपर्छ । विश्वका सफल ट्रेडरहरुले यी सबै कुरामा केन्द्रित रहेर सेयर ट्रेडिङ गर्ने गर्छन् । सबैको रणनीति फरक खालको भए पनि कतिपय कुरा भने एउटै रहेको छ । यी सबै कुरालाई वेवास्ता गर्दा ९०% भन्दा धेरै ट्रेडरहरुले नोक्सानी ब्यहोरेका हुन्छन् । त्यसो भए  ट्रेडिङ गर्दा घाटा हुनुको मुख्य कारण के-के हुन् त ?

स्टप लस र प्रोफिट बुक गर्न नसक्नु
प्रयाः लगानीकर्ताले स्टप लस अर्थात् घाटा कटौती वा प्रोफिट बुक नगर्नाले पनि धेरै नोक्सनी व्योहोर्नुपर्ने हुन्छ । सेयर ट्रेडिङ गर्नेका लागि यी दुई नै सबैभन्दा महत्वपूर्ण कुरा मानिन्छन् । स्टक कहिले बेच्ने वा किन्ने यसबारे आफू तयारी अवस्थामा बस्नु पर्छ । विभिन्न इन्डिकेटरले खरिद वा बिक्री संकेत गरेमा त्यो ट्रेडबाट तुरुन्त बाहिरिनु (एक्जिट) पर्छ । यसो गर्दा थप घाटा हुँदैन र पछि कम मूल्यमा सोही सेयर खरिद गर्न सकिन्छ । सानो घाटा कटौती नगर्नाले पछि ठूलो नोक्सानी हुन सक्छ । एउटा विन्दुमा टार्गेट सेट गर्नुपर्छ र नाफा वा घाटा जे भए पनि तुरुन्त बुक गर्नुपर्छ ।  

सबैभन्दा खराब अवस्थाको लागि योजना नबनाउनु 
सेयर बजारमा ट्रेडिङ गर्दा सधैँ नाफा मात्र हुन्छ भन्ने हुँदैन । कुनै समय आफूले खरिद गरेको स्टकको मूल्य भारी मात्रामा घट्न सक्छ । जसका कारण धेरै नोक्सानी हुनपुग्छ । सेयर बजारका अन्तर्राष्ट्रिय विश्लेषकहरुका अनुसार ९०-९५ प्रतिशत ट्रेडरहरुले नोक्सानी ब्यहोरेका हुन्छन् । यस्तो अवस्थामा कसरी ट्रेड गर्ने भन्ने बारे योजना बनाउनुपर्छ । यसका लागि आफूसँग भएको सबै रकम एउटै स्टकमा लगाउनु हुँदैन र केही नगद पनि साथमा राख्नुपर्छ । भिन्नभिन्न कम्पनीको सेयर खरिद गर्दा पनि घाटा केही कम हुन सक्छ । 

लाभ नदिने कम्पनीको सेयर होल्ड गर्नु 
कतिपय लगानीकर्ताको स्टकसँग लगाव बनेको हुन्छ । जसले गर्दा उनीहरुले सो सेयरको कारोबार गर्न रुचाउँदैनन् र सेयर होल्ड गरेर बस्ने गर्दछन् । यदि कम्पनीको वित्तीय अवस्था खराब बनेको छ भने पनि तिनीहरुले सो सेयर बिक्री गर्न अस्वीकार गर्छन । जसले गर्दा अन्तिममा भारी नोक्सानीमा स्टक बेच्न बाध्य हुन्छन् । कुनै स्टकको मूल्यमा गिरावट आउने देखिन्छ भने त्यसलाई तुरुन्त बेच्नुपर्छ । आफ्नो इमोसनलाई कन्ट्रोल गरेर सेयर ट्रेड गर्नुपर्छ । ट्रेडरको सोच नाफामा हुनुपर्छ ।

कम भोल्युम भएको सेयर खरिद गर्नु र छोटो अवधिमा नाफा कमाउने सोच राख्नु
कम भोल्युम भएको कम्पनीको सेयर ट्रेड गर्नु जोखिमपूर्ण मानिन्छ । त्यस्ता कम्पनीहरुको कारोबार भोल्युम कम हुने गर्छ । तर बजार मूल्य भने धेरै हुन्छ । ती कम्पनीहरुको सेयर मूल्यमा एकै दिन भारी उतारचढाव आउन सक्छ । ठूलो भोल्युम भएका स्टक खरिद गर्दा टेक्निकल इन्डिकेटरले पनि राम्रोसँग संकेत गर्छ ।
साथै, नयाँ ट्रेडरहरुले छोटो अवधिमा मनग्य नाफा कमाउने सोचेर सेयरमा लगानी गर्नु नै सबै भन्दा ठूलो भुल हो । समग्रमा यी तथ्यहरुले् सेयर बजारमा ट्रेड गर्नु निकै जोखिमयुक्त हुन्छ भन्ने देखाउँछ । ट्रेड गर्नका लागि हरेक हिसाबबाट योग्य हुन सक्नुपर्छ । क्विक डिसिजन लिन सक्नुपर्छ । 

के त्यसो भए इन्भेष्टर्सले चाहिँ मज्जाले कमाउँछन् त ? 
हो, समग्रमा भन्नुपर्दा सेयर बजारमा दीर्घकालीन लगानीकर्ताले मनग्ये कमाउन सक्छन् । तर यसका लागि पनि केही निश्चित नियम र सिद्धान्तहरुलाई भने अनुसरण गर्नैपर्छ । जस्तो, अत्यन्त मजबुत र सबल कम्पनीमा लगानी गर्न सक्नुपर्छ । ती कम्पनीहरुको लाभांश वितरण क्षमता पनि उच्च होस् । कम्पनीको ग्रोथ पनि उत्कृष्ट हुन सकोस् ।

अनि, पर्याप्त लाभ नहुँदासम्म होल्ड गरिरहन सक्ने क्षमता लगानीकर्तामा हुनैपर्छ । यही ३ वटा कुरामा मात्र ध्यान दिन सक्ने हो भने दीर्घकालीन लगानीकर्ताले सेयर संख्यामा कम्पाउन्डिङ गर्दै बजार बढेका बेला मनग्ये पुँजीगत लाभ पनि लिन सक्छन् । त्यसो त वारेन बफेट जस्ता व्यक्ति पनि दीर्घकालीन होल्ड गरेरै सफल भएका हुन् । 

जतिसुकै कुरा गरे पनि बजार Fundamental ले चल्छ । नेपालमा fundamental भनेको कम्पनीको financial Reports लाई मात्र सम्झिने गर्छन जुन बिल्कुल हुँदै होइन । 

Fundamental factors
1) Policy ( बजेट भाषण , वित्त नीति, मौद्रिक नीति , NRB को circular, Guidelines, मौद्रिक नीतिको समीक्षा, सेबोन, नेप्सेको निती , बीमा समितिको । निती, विद्युत नियमन आयोगको नीति जस्ता पर्छ!

2. Political situation
3. world Market scenario ( हातहतियार बाट होइन उस्को अर्थतन्त्र बिगारेर युद्ध जित्ने वा आफू अनुकुल बनाउने वा अगाडि बढन नदिने नयाँ निती साम्राज्यवादले ( गुटबन्दी) अपनाएको छ ।)

4. Investors psychology and behaviors

Sub factors
1) structures of companies/ no of shares/ demand and supply/ interest rate/ news/ established of government/ balance of payments/ GDP

नोटः नीतिले बजार चल्छ! नेपालमा स्थिर नीति छैन । लगानीकर्तालाई राज्यले दोश्रो दर्जाको नागरिकले हेर्ने गर्छ । 

यदि नीति सही बन्नु हो भने नेप्सेको आगामी यात्रा अति सुखद अनि भविष्य उज्यालो छ। सेयर शिक्षा लिँदा particular subject मात्र होइन व्यापकता लिनु राम्रो हो!

जसका लागि हामी छिट्टै अनामनगरमा तालिम केन्द्र खोल्दैछौँ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: