×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै नेतृत्वमा बैंक हुँदा संकट चुलिएपछि सिन्धु विकास बैंकका सीईओले बैंक छोडे, उनकै पालामा करोडौँ घोटाला ! 

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आफ्नै नेतृत्वमा बैंक हुँदा संकट चुलिएपछि सिन्धु विकास बैंकका सीईओले बैंक छोडे, उनकै पालामा करोडौँ घोटाला ! 

Artha Sarokar

१६ श्रावण २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आफू नेतृत्वमा रहेका बेला बैंकमा संकट चुलिएपछि सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकुमार गिरीले बैंक छोडेका छन् । 

आफ्नो सीईओकै कार्यकालमा बैंकमा करोडौँ रकम घोटाला हुनु, राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गर्नु, बैंकमा थुप्रै फाइल बिग्रिनु तथा बैंकको आन्तरिक स्थिति कमजोर हुँदै गएपछि गिरीले अन्ततः बैंक छोडेका हुन् । 

गिरीले बैंकमा राजिनामा दिनुअघि नै राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको थियो । बैंकले असार ११ गते पठाएको वित्तीय विवरणमा सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ उल्लेख गरिएको थियो ।

तर, उक्त अनुपातमा राष्ट्र बैंकको एकीकृत निर्देशनको इ.प्रा.नं. १ मा उल्लेखित कायम गर्नुपर्ने न्यूनतम पूँजीकोष अनुपात ३२.९० प्रतिशत अपुग भएको राष्ट्र बैंकले जनाएको थियो् । सोही अनुसार राष्ट्र बैंकले सिन्धु विकास बैंकलाई शीघ्र सुधारात्मक कारबाही गरेको हो ।

नेपाल राष्ट्र बैंकले गर्ने शीघ्र सुधारात्मक कारबाहीलाई निकै गम्भीर रुपमा हेर्ने गरिन्छ । राष्ट्र बैंकले टेकओचर गर्नुअघि सुरुमा शीघ्र सुधारात्मक कारबाही गर्ने गरेको छ । यसअघि क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड लगायतका संस्थालाई पनि टेकओभर गर्नुअघि राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको थियो ।

गिरीले साउन ६ गते बैंकको सञ्चालक समितिसमक्ष सीईओ पदबाट राजिनामा दिएका थिए । गिरीको राजिनामा बैंकको सञ्चालक समितिको गत सोमबार बसेको बैठकले स्वीकृत गरेको हो । गिरीको राजिनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले बैंकको कामु सीईओको जिम्मेवारी डेपुटी सीईओ गणेश केसीलाई दिने निर्णयसमेत गरेको छ । सिन्धुपाल्चोक, काभ्रे, दोलखा, चितवन र मकवानपुर कार्यक्षेत्र भएको सिन्धु विकास बैंकको केन्द्रीय कार्यालय बनेपामा छ । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी