×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्ड अध्यक्षको सपथ खाँदै सन्तोष नारायण श्रेष्ठले भने- ‘लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु’ 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धितोपत्र बोर्ड अध्यक्षको सपथ खाँदै सन्तोष नारायण श्रेष्ठले भने- ‘लगानीकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्छु’ 

Artha Sarokar

११ मंसिर २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सेयर लगानीकर्ताको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । 

मङ्गलबार बोर्ड अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गर्दै श्रेष्ठले यस्तो बताएका हुन् । 

उनले आफू बोर्डमा विस्तृत कार्ययोजना र लक्ष्य लिएर आएकोले अध्यक्षको कार्यकालभर सेयर लगानीकर्ताको सुरक्षालाई ध्यानमा राखेर समग्र बजारको विकास र वृद्धिका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

श्रेष्ठलाई मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी