काठमाडौँ । सरकारले आउँदो क्याबिनेटमार्फत धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने भएको छ । लामो समयदेखि रिक्त बोर्डको अध्यक्ष पदमा सरकारले नियुक्ति दिन लागेको हो ।
बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्तामा बाँकीलाई आज अन्तर्वार्ता लिने क्रम भईरहेको छ ।
अध्यक्ष सिफारिस समितिले नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्णबहादुर कार्कीलाई आज अन्तर्वार्ता प्रस्तुतीकरणका निम्ति बोलाएको थियो । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।
सर्ट लिष्टमा परेकाहरुमध्ये सन्तोष नारायण श्रेष्ठको पक्षमा माहोल बनेको चर्चा स्वयम् अर्थ मन्त्रालयमा छ ।