×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धितोपत्र बोर्डका अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, रारारात अन्यथा नभए सन्तोषनारायण अध्यक्ष, ‘डाक्टर सापको सम्भावना सून्य !’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

धितोपत्र बोर्डका अध्यक्षका लागि ३ जनाको नाम सिफारिस, रारारात अन्यथा नभए सन्तोषनारायण अध्यक्ष, ‘डाक्टर सापको सम्भावना सून्य !’

Artha Sarokar

९ मंसिर २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ । आज थप दुई जनाको अन्तर्वार्ता सकिएपछि बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको हो ।
सन्तोषनारायण श्रेष्ठ एमाले निकट पात्र हुन् भने नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् । मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् । डाक्टर नवराज अधिकारी पनि बोर्डकै कर्मचारी हुन् । उनी प्रचण्डका भान्जा नाता पर्ने हुनाले बोर्डमा उनको सम्भावना लगभग सून्यजस्तै रहेको अर्थमन्त्रालयका अधिकारीहरु बताउँछन् ।
भोलि नै बोर्डले नयाँ अध्यक्ष पाउनेछ ।  धितोपत्र बोर्ड २०८० पुस २० पछि कार्यकारी अध्यक्षविहीन छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी