×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रातो बाँदरलाई पहिलोपटक कृषि हानिकारक वन्यजन्तु घोषणा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रातो बाँदरलाई पहिलोपटक कृषि हानिकारक वन्यजन्तु घोषणा

Artha Sarokar

११ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रका एक सूचना प्रकाशित गर्दै सरकारले जङ्गली रातो बाँदरलाई एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

योसँगै अब जङ्गली रातो बाँदर निजी खेत, बारीमा आएर क्षति पुर्याए बिनाअनुमति धपाउन, लखेट्न र समात्न पाइनेछ  ।

कृषि बाली जोगाउने क्रममा जनावर मरे त्यसको विवरण राखेर स्थानीय तहको रोहबरमा मुचुल्का उठाएर गाड्नसमेत पाइनेछ । तर, समातेको हकमा भने सम्बन्धित राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष कार्यालय, शिकार आरक्ष वा संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालय वा मातहत नजिक कार्यालयमा बुझाउनुपर्नेछ ।

पछिल्लो समय बाँदर आतङ्कका कारण किसान लामो समयदेखि आजित छन् । कतिपय स्थानीय तहले त बाँदर धपाउन कर्मचारी नै नियुक्त गरेका छन् । कृषिबालीमा बाँदरको आतङ्क थेगिनसक्नु भएपछि किसानको व्यापक गुनासोपछि सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी