×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछी उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए । 

कालिमाटी फलफूल तथा तरकारी बजारमा व्यापार गर्दै आएका चेतबहादुर थिङले तरकारी उत्पादन ज्यादा भएपछि तरकारीको मूल्य न्यून भएको र बेच्न समेत नसक्ने अवस्था आएको बताएका छन् । 

उनका अनुसार पहिले धान रोप्ने खेतमा अहिले धेरैले तरकारी लगाउन थालेपछी तरकारीको उत्पादन धेरै भएको छ । धादिङ, सर्लाही, काभ्रे, मकवानपुर लगायतबाट राजधानीमा तरकारी भित्रने गरेको छ । खेतबारीको तरकारी सिद्धिएपछि असार साउनबाट भाउ बढ्नसक्ने सम्भावना रहेको थिङले बताएका छन् । 

हाल लौका १५-२० रुपैयाँ, करेला २०-२५ रुपैया, बोडी १५-२० रुपैयाँमा बेच्नु परेको उनको भनाई छ । यसले न व्यापारीलाई फाइदा भएको छ, न किसानलाई । ‘धान रोप्ने खेतमा अहिले तरकारी बढी रोपाईं धेरै भएकाले उत्पादन बढी भयो । अहिले इण्डिया तिरको तरकारी छैन ।’, उनले भने, ‘धादिङ, सर्लाही, काभ्रे, मकवानपुरसहितका जिल्लाबाट तरकारी आउने गरेको छ । भारतीय तरकारी अहिले त्यति छैन । उत्पादन बढि भएरै तरकारी सस्तो भएको हो ।’

त्यस्तै, अन्य व्यापारीहरुका अनुसार पनि अहिले तरकारी नबिकेर कुहिँदा फाल्नुपरेको छ । तरकारी नबिकेपछि आफूहरुलाई ठूलो मात्रमा घाटा लागिरहेको उनीहरुको भनाई छ । कालिमाटीमा व्यापार गर्दै आएकी अर्का व्यापारी विष्णु कार्कीले पनि उत्पादन बढी भएकै कारण तरकारीको भाउ सस्तो हुन पुगेको बताइन् । उनले नेपाली तरकारीसँगै भारतीय समेत केही आएकाले बजारमा धेरै तरकारी भएको बताएकी छिन् ।

‘नेपालमा पनि उत्पादन बढी छ अहिले । बजार पनि धेरै भयो । व्यापारीका स्टलहरु पनि ठाउँठाउँमा भए । तहातही स्टलहरु छन् ।’, उनले भनिन्, ‘सस्तो भएपछि मान्छेले खान मन पराउँदैनन् । त्यही भएर होला तरकारी नबिकेको ।’ अर्कोतर्फ देशको अवस्था समेत ठिक नभएका कारण मान्छेको क्रय शक्ति कमजोर भएका कारण तरकारी बिक्री नभएको कार्कीको बुझाइ छ । 

तरकारीसँगै फलफूलको मूल्य समेत गत वर्षको भन्दा सस्तो रहेको कालिमाटीका व्यापारीहरुको भनाई रहेको छ । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले मङ्गलवारका लागि लोकल गोलभेँडा २९, ठूलो गोलभेँडा ९५, मकैबोडी ४६, मटरकोसा १५२, लौका १७, घिरौँला ३२, रायो साग ४२ र न्युरो प्रतिकिलो २८ रुपैयाँ तोकेको छ भने कालिमाटी फलफूल तथा तरकारी बजारमा मंगलबार कुरिलो प्रतिकिलो ३०० रुपियाँ तोकेको छ । त्यस्तै, कन्य च्याउको भाउ १ सय ४५ रुपैयाँ तोकिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी