×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाइमा अटो शोः झुर व्यवस्थापनले अवलोकनकर्ता हैरान, कतिपय स्टलको लगानी नै नउठ्ने चिन्ता !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नाइमा अटो शोः झुर व्यवस्थापनले अवलोकनकर्ता हैरान, कतिपय स्टलको लगानी नै नउठ्ने चिन्ता !

Artha Sarokar

२१ श्रावण २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । हालै गठन भएको संस्था नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को झुर व्यवस्थापनले अवलोकनकर्ता हैरान भएका छन् । 

नाइमाको एक्स्पो हेर्न जाने अवलोककर्ताहरु एक्स्पोभित्र प्रवेश गर्नुअघिदेखि नै हैरानी खेप्न बाध्य छन् ।

यसो त एक्स्पो हेर्न जानेहरु अधिकांश सवारीसाधन लिएर जाने हुँदा पहिलो झन्झट अवलोकनकर्ताले पार्किङमा झेल्नुपर्छ । नाइमाको एक्स्पोमा व्यवस्थित पार्किङको अभाव खड्किएको छ । एक्स्पो हेर्न जानेहरुका लागि सवारी सधान पार्किङ स्थल फनपार्कको छेवैमा बनाइएको छ । तर पार्किङ साँघुरो मात्र छैन, बरु अव्यवस्थित पनि छ ।

घाँसे मैदान फाँडेर बनाइएको उक्त पार्किङ स्थलमा खाल्डाखुल्डी धेरै छन् । अर्कोतर्फ घाँस र बुट्यान राम्रोसँग सफा नहुँदा पार्किङमा ठूलो सास्ती खेप्नुपरेको अवलोकनकर्ताले गुनासो गरेका छन् ।

पार्किङको झन्झट पूरा गरेर एक्स्पो प्रवेश गर्ने क्रममा अवलोकनकर्ताले टिकट काट्दा पनि उस्तै सास्ती झेल्नुपर्छ । भित्र प्रवेश गरिसकेपछि पनि खासै राम्रो व्यवस्थापन नहुँदा अवलोकनकर्ता अन्योलमा पर्नुका साथै हैरानी खेप्न बाध्य भएका छन् । अर्कोतर्फ एक्स्पोमा शौचालयको समेत राम्रो व्यवस्थापन छैन । भएको शौचालय पनि डुङडुङ गन्हाउने छ । त्यसले झनै सास्ती खेप्नुपरेको अवलोकनकर्ताको गुनासो छ ।

यसरी हरेक ठाउँमा फितलो व्यवस्थापन हुँदा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ पहिलो दिनमै ‘सुपर फ्ल्प’ भएको अवलोकर्ताको प्रतिक्रिया छ । यही फितलो व्यवस्थापनकै कारण एक्स्पो हेर्न आउनेको संख्या निकै कम छ । यसरी अवलोकनकर्ता कम हुँदा कतिपय स्टलहरु लगानी नै नउठ्ने तनावमा परेका छन् । आज (साउन २१) गतेदेखि सुरु भएको एक्स्पो साउन २५ गतेसम्म चल्नेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्ड सहभागी रहेको बताइएको छ । एक्स्पोमा ३५ वटा नयाँ सवारिसाधन पनि प्रदर्शनमा राखिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी