Skip to content
LAXMI SUNRISE BANK

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामै ३१ सयले बढ्यो

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ३१ सय रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ३१ सय रुपैयाँले बढेर दुई लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला २५१५ रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ८४ हजार ७० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य २१५६.५० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK