×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाणिज्य बैंकमा प्रदर्शनकारीको लुट, सुन चोरे, पैसा लुटे, आगो लगाएर भागे, केहि सेनाको नियन्त्रणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बाणिज्य बैंकमा प्रदर्शनकारीको लुट, सुन चोरे, पैसा लुटे, आगो लगाएर भागे, केहि सेनाको नियन्त्रणमा

Artha Sarokar

२५ भाद्र २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंकको नयाँ बानेश्वरस्थित शाखामा प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरुले बैंकभित्र प्रवेश गरेर बैंकमा आगजनी गरेका हुन् ।
आगजनीसँगै प्रदर्शनकारीहरुले बैंकमा रहेको रकम पनि लुटेका छन् । बैंकको रकम लुटेर भागिरहेको भिडियो प्रहरीले फेला पारिसकेको छ ।
बैंकमा पैसासँगै सुनसमेत लुटिएको छ । मदिरा सेवन गरेका केहिले बैंकको पैसा र सुन लुटेर बोकेको भिडियोसमेत प्रहरीकहाँ पुगिसकेको छ ।
घटनामा कति क्षति भयो भन्ने यकिन भईसकेको छैन ।
कर्फ्यु लागेकाले बैंकमा गार्डसमेत नभएको मौका पारेर प्रदर्शनकारीहरुले लुटपाट गरेका हुन् । लुटपाटमा संलग्न केहिलाई नेपाली सेनाले नियन्त्रणमा लिईसकेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी