काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु लगाएपनि युवाहरु काठमाडौँको नयाँ बानेश्वर परिसरमा भेला हुन थालेका छन् । युवाहरु विहानै देखि भेला हुन थालेका हुन् ।
भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी गरिरहेका छन् ।
यद्यपी उनीहरुले बालेन शाहको भने जयजयकार गरिरहेका छन् ।