Skip to content
LAXMI SUNRISE BANK

४५ दिनसम्म मोबाइल बैंकिङ नचलेर रेकर्ड राखेको हिमालयन बैंक नयाँ सिइओ खोज्दै, दुई डेपुटीको करार रिन्यु नहुने !

अर्थ सरोकार

काठमाडौँ । ढुंगे युगलाई बिर्साउनेगरी  ४५ दिनसम्म मोबाइल बैंकिङ नचलेर रेकर्ड राखेको हिमालयन बैंक नयाँ सिइओको खोजीमा लागेको छ । वर्तमान अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सीइओ अशोक राणाको सम्बन्ध नमज्जासँग चिसिएका बेला बैंकमा नेशनल लाइफ इन्स्योरेन्सकोसमेत इन्ट्री भएपछि  बैंकमा नयाँ सिइओको खोजी भएको हो । 

बैंकका छुट्टाछुट्टै दुई समूहले छुट्टाछुट्टै समूह बनाएर ५ जनासँग सिइओ बन्न छलफल गरेका छन् । जसअनुसार बैंकको सिइओ छोडेर बसेका २ जना र अन्य बैंकका बहालवाला ३ डेपुटी सिइओहरुसँग बैंकका छुट्टाछुट्टै समूहले छलफल गरेका छन् ।  

बैंक स्रोतका अनुसार बैंकका विभिन्न समूहले नबिल बैंक छाडेर बसेका ज्ञानेन्द्र ढुंगाना, सुनिल केसी, र सुजित शाक्यसँग यस विषयमा छलफल गरेको थियो । तर, सुजित शाक्य एनआईसी एशिया बैंक गएपछि बैंकले ज्ञानेन्द्र ढुंगानासँग थप १ पटक छलफल गरेको थियो । ज्ञानेन्द्र ढुंगानालाई अहिले सिइओ बनाउने र कुलिङ सकिएपछि अशोक राणालाई बैंकको अध्यक्ष बनाउने विकल्पमा समेत छलफल भएको छ ।

बैंकले दुई जना डेपुटी सिइओहरुलाई पनि बिदा गर्ने भएको छ । बैंकले डेपुटी सिइओद्वय उज्जवल राजभण्डारी र अनुप मास्केलाई दुई महिनापछि बिदा गर्ने तयारी गरेको हो । सिइओमा ज्ञानेन्द्र ढुंगानालाई नियुक्त गरेर थप दुई डेपुटी सिइओ पनि उनैलाई ल्याउन लगाउने विषयमा पनि बैंक भित्र छलफल भएको छ । अन्य बैंकका डेपुटी सिइओ सिधै डेपुटी बनाएर ल्याउन नमिल्ने हुनाले अहिले अन्य बैंकका डेपुटी सिइओलाई अहिलेका डेपुटीको कार्यकाल सकिँदै सिनियर डेपुटी सिइओ बनाएर ल्याउने र पछि दुई डेपुटी सीइओलाई हटाएर उनीहरुलाई नै डेपुटी बनाउने विषयमा पनि बैंकभित्र छलफल भएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK