Skip to content
LAXMI SUNRISE BANK

सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न नपाउने, लाइक र कमेन्ट मात्र गरे पनि कारवाही !

अर्थ सरोकार

काठमाडौँ । कास्कीमा सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर, लाइक कमेन्ट गर्न नपाउने भएका छन् । निर्वाचनलाई लक्षित गर्दै निर्वाचन अवधिभर सरकारी कर्मचारीले निर्वाचन लक्षित पोष्ट सेयर गर्न तथा लाइक, कमेन्ट गर्न नपाउने भएका हुन् । 

काकीमा सरकारी कर्मचारी, सुरक्षाकर्मी, शिक्षक र सार्वजनिक पद धारण गरेका व्यक्तिहरुलाई सो प्रतिबन्ध लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताएका छन् ।

बरालका अनुसार ‘निर्वाचन आचारसंहिता २०८२’ ले सरकारी कर्मचारीलाई कुनै पनि तरिकाले निर्वाचनको प्रचारप्रचारमा सहभागी हुन प्रतिबन्ध लगाएको छ । ‘लाइक कमेन्ट गर्नु पनि एक प्रकारले निर्वाचनको पक्ष वा विपक्षमा उभिनु हो ।’, उनले भने, ‘निर्वाचन लक्षित सामाग्रीमा लाइक र कमेन्ट पनि गर्न पाइँदैन ।’

निजामती सेवा ऐनले समेत सरकारी कर्मचारी राजनीतिमा सहभागी हुन नपाइने भनेको उल्लेख गर्दै निर्वाचन लक्षित पोष्ट सेयर गर्न तथा लाइक र कमेन्ट गर्न प्रतिबन्ध लगाइएको बरालले बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK