Skip to content
LAXMI SUNRISE BANK

एउटै परीक्षार्थी १९ पटकसम्म फेल भएपछि सिए सदस्यता परीक्षा सजिलो बनाउँदै आइक्यान, ‘अव मल्टिपल च्वाइस प्रश्नमात्र’

अर्थ सरोकार

काठमाडौँ । सिए सदस्य परिक्षामा एक परीक्षार्थीले १९ पटकसम्म पनि परीक्षा पास गर्न नसकेपछि नियामक नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान)ले सिए सदस्यता परीक्षालाई सहज बनाउने भएको छ । आइक्यानले सब्जेक्टिभ प्रश्नको सट्टा मल्टिपल च्वाइस प्रश्नमा आधारित परिक्षा प्रणाली सुरु गर्न लागेको हो । यसका लागि आइक्यानले परीक्षा सुधार समिति बनाई काम गरिरहेको छ ।

आइक्यानका अध्यक्ष निल बहादुर सारु मगरले आइक्यानले सिए सदस्यता परीक्षा अव मल्टिपल च्वाइस प्रश्नमा आधारित रहेर गराउने बताए । ‘इण्डियन बोर्डमा सिए पास भईसकेको व्यक्ति नेपाल बोर्डमा १९ पटकसम्म फेल भएको पाइयो ।’ सारुमगरले भने, ‘त्यसपछि हामीले हाम्रै परीक्षा सिष्टममा समस्या छ कि भनेर अध्ययन गर्न एउटा अध्ययन समिति पनि बनाएका छौं । अव सिए सदस्यता परीक्षा छिट्टै मल्टिपल प्रश्नमा आधारित हुन्छ ।’

सारु मगरले अन्य देशका परीक्षा प्रणाली हेर्दा र नेपालकै पनि मेडिकल काउन्सिल लगायतका परीक्षा प्रणाली हेर्दा मल्टीपल च्वाइस प्रश्नमा आधारित प्रश्न नै सोधिने हुनाले सो नै उत्तम विकल्प ठानेर आइक्यान अघि बढेको दाबी गरे । ‘नेपालमा अन्य देशमा पढेर नेपालमा लाइसेन्स लिने सवालमा मेडिकल काउन्सिल लगायतले पनि मल्टीपल च्वाइस प्रश्नकै परीक्षा दिने रहेछन् । हामीले पनि सोहि अनुसार अघि बढ्ने तयारी गरेका छौँ ।’ सारुमगरले भने ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK