Skip to content
LAXMI SUNRISE BANK

धितोपत्रको क्रेडिट रेटिङ भनेको के हो ? यो किन गर्नुपर्छ ? यस्ता छन् यसका महत्त्वहरु

अर्थ सरोकार

बिशाल श्रीपाइलि । सामान्यतया क्रेडिट रेटिङ भन्नाले धितोपत्र निष्कासन गरेका सुचिकृत संगठित संस्थाहरुको ऋण तिर्न सक्ने क्षमतालाई सांकेतिक सूचकको रुपमा राय दिएको जानकारीलाई क्रेडिट रेटिङ भनिन्छ। अर्को शब्दमा भन्नुपर्दा मुख्यतया निष्काशसनकर्ताको धितोपत्र कुनै व्यक्ति वा संगठन संस्थाको शाखको गुणस्तर सम्बन्धमा मुल्यांकन गर्ने तथा राय प्रकट गर्नेलगायत प्रक्रियालाई जनाउँदछ ।
नेपालमा क्रेडिट रेटिग व्यवसायलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले बि.स २०६८ साल देखि क्रेडिट रेटिग नियमावली ,२०६८ लागु गरेको छ । यसर्थ कम्तिमा ३ करोड रुपैयाँ भन्दा बढी मूल्यको सेयर सार्वजनिक तथा हकप्रद निष्कासन गर्नु अघि क्रेडिट रेटिग गर्नु पर्ने कानुनि व्यवस्था उक्त ऐनले बताएको छ।
नेपालमा हालसम्म अनुमति प्राप्त दुइ वटा रेटिग संस्थाहरु संचालित छन्। १. इक्रा नेपाल लिमिटेड २. केयर रेटिग नेपाल लिमिटेड
क्रेडिट रेटिङ संस्थाहरुले प्रदान गर्ने रेटिङ संकेतहरु
१) साधारण सेयरको लागि रेटिङ संकेत
IPO Grade १ – बलियो आधार
IPO Grade २ – औसत भन्दा माथि आधार
IPO Grade ३ – औसत आधार
IPO Grade ४ – औसत भन्दा तल आधार
IPO Grade ५ – कम्जोर आधार
२) ऋणपत्र र अपरिवर्तनीय डिबेन्चरको लागि रेटिङ संकेत LAA देखि LD सम्म आठ किसिमका रेटिङ संकेत प्रदान गरिन्छ ।
क्रेडिट रेटिङका केहि महत्त्वहरु देहाय बमोजिम छन।
१) जोखिम तथा प्रतिफलको आधारमा लगानीको निर्णय लिन सहज प्रदान गर्दछ।
२) लगानीको विश्वासिलो वातावरण बनाउँदछ।
३) लगानीको जोखिम पत्ता लगाई उच्च प्रतिफलको लागि लगानीको विविधिकरण गर्न सहजता प्रदान दिन्छ।
४) कम्पनिको वित्तीय तथा संस्थागत सुशासनको अवस्थाको बारेमा जानकारी दिन्छ।
५) वित्तीय सुशासनलाई दिगो गरि निष्कासन तथा अन्य लागत कम गर्न सहयोग गर्दछ।
६) कम्पनिको मूल्य निर्धारण गर्न उपयोगी आधारमानको रुपमा सहयोग पुर्याउँदछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK