काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७९-८० सालको मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने भएको छ । शुक्रबार बिहान भएको संचालक समितिको बैठकले मौद्रिक नीति पास गरेसँगै दिउँसो ४ बजेपछि राष्ट्र बैंकबाटै नीति सार्वजनिक गरिने भएको हो । नीति सार्वजनिक कार्यक्रमक लागि सम्पूर्ण तयारी सकिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्ने तय भएसँगै यसको चौतर्फी बहस सुरु भएको छ । मौद्रिक नीतिको ड्राफ्ट चुहिएको आशंका र नीतिबारे विभिन्न संचारमाध्यममा विभिन्न खाले अड्कलबाजीसहितका समाचारहरु आउन थालेपछि यो बहस झनै पेचिलो भएको छ ।
अझ ‘एम अधिकारी’ प्रकरणमा मुछिएका गभर्नरले नै मौद्रिक नीति ल्याउने भएपछि यो विषय बहसको विषय बनेको छ । सामाजिक संजालमा राजिनामा दिनुपर्ने गभर्नरले मौद्रिक नीति ल्याउन लागेको भन्दै चर्को विरोधसमेत भईरहेको छ । नेकपा एमालेले आफ्नो अर्थ तथा योजना विभाग सदस्यमा ‘एम अधिकारी’को नाम उल्लेख गरेसँगै गर्भनर महाप्रसाद अधिकारी विवादमा तानिएका छन् । एमालेको उक्त विभागमा उल्लेख गरिएको ‘एम अधिकारी’ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै भएको ठहर गर्दै विद्यार्थी संगठनहरुले आन्दोलन समेत गर्दै आएका छन् ।
बिहिबार मात्रै काठमाडौंसँगै देशभरका विभिन्न ठाउँमा विद्यार्थी संगठनहरुले गभर्नर अधिकारीको बर्खास्तीको माग गर्दै पुत्ला दहन, कार्टुन प्रदर्शनसमेत गरेका थिए । मौद्रिक नीति सार्वजनिक हुनुभन्दा १ दिन अगाडी नै देखिएको उक्त आक्रोशले मौद्रिक नीति ल्याउने गभर्नरप्रति जनता आक्रोशित छन् भन्ने बुझ्न गाह्रो छैन ।
मौद्रिक नीतिका बारेमा के भन्छन् नागरिक ?
शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएसँगै नीतिप्रति धेरेको चासो बढेको छ । ‘एम अधिकारी’ प्रकरणमा मुछिएका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नै नीति प्रस्तुत गर्ने भएसँगै आउन लागेको मौद्रिक नीतिको व्यापक आलोचना हुने सम्भावना पनि छ । शुक्रबार आउने मौद्रिक नीतिप्रति कसैले सकरात्मक विचार प्रस्तुत गरेका छन् भने कतिपयले विवादित गभर्नरले मौद्रिक नीति ल्याउन लागेको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् ।
‘यसपालीको मौद्रिक नीति जनातालाई सहज हुने खालको आउनुपर्छ ।’ सामाजिक संजालमा अर्थ सरोकारको मौद्रिक नीतिसम्बन्धि समाचार पढेर आफ्नो प्रतिक्रिया प्रस्तुत गर्दै सिद्धनाथ जोशी लेख्छन् – ‘कोरोना माहामारी र युक्रेन–रसियाबीचको युद्धले प्रभावित बनाएको देशको अर्थतन्त्रलाई सम्बोधन हुनेगरी गभर्नरले नीति ल्याउनुपर्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्