काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल सडक विस्तार निर्धारित समयमा पुरा गर्न ठेकेदार कम्पनी चाईना स्टेट कन्स्ट्रसन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड (सिएससिइसि) लाई निर्देशन दिएका छन् । म्याद थपिएको समयभित्र काम सम्पन्न नभए पुनः म्याद नथपिने पनि उनले स्पष्ट पारेका छन् ।
सोमबार पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद विनोद चौधरीको विशेष पहलमा मन्त्री, चिनियाँ ठेकेदार र सडक विभागका महानिर्देशक, सांसद र स्थानीय तहका जनप्रतिनिधी समेतको बैठकमा पूर्वाधार मन्त्री ज्वालाले उक्त निर्देशन दिएका हुन् । ‘अब समयमा काम सक्नैपर्छ । अन्यथा ठेक्का तोड्नुपर्ने अवस्था आउन सक्छ । अब हामीले कुनै कारणले यो परियोजनामा ढिलाई भएको सहन सक्ने अवस्था छैन’ मन्त्री ज्वालाले चिनियाँ ठेकेदारलाई निर्देशन दिए ।
बैठकको संयोजन गरेका सांसद चौधरीले ठेकेदारले प्रत्येक महिना लक्ष्य अनुसार काम गर्नुपर्ने र लक्ष्य पुरा नगरे उसको रकमबाट कट्टा हुने गरि अर्को ठेकेदारलाई जिम्मेवारी दिने व्यवस्था मिलाउन मन्त्रीलाई आग्रह गरे । ठेकेदार कम्पनीले पटक पटक प्रतिवद्धता जनाउने तर पूरा नगर्ने बिषय अब सैह्य नहुने भन्दै सांसद चौधरीले लक्ष्य अनुसार काम नगर्ने ठेकेदारबाट ‘डयामेज क्लेम’ गरि उसकै पैसामा अन्य ठेकेदारहरूलाई परिचालन गर्न ढिलाई गर्न नहुने बताए ।
‘नारायणगढ-बुटवल सडक तत्काल मर्मतसम्भार गरि सहज रुपमा गाडी आवतजावत हुने वातावरण बनाउनुपर्छ । यो काम अधिकतम एक महिनाभित्र भईसक्नुपर्छ’ सांसद चौधरीले ठेकेदारलाई भने, ‘सन् २०२४ को सेप्टेम्बरसम्म सम्पूर्ण काम सक्नुपर्छ । स्थानीय वासिन्दाले धेरै दुःख पाईसके अब हामीले कुनै हालतमा छुट दिन सक्दैनौँ ।’
पूर्वाधार मन्त्री ज्वालाले सडक निर्माण गरिरहँदा सडकको मर्मत सम्भार गर्ने र सडकमा सहज आवागमनको व्यवस्था मिलाउने शर्त ठेक्कामा रहेकाले अहिले ठेकेदारले गरिरहेको व्यवहार सम्झौता विपरित रहेको भन्दै सम्झौताका शर्त पालना गर्न निर्देशन दिए । त्यसैगरि सडक कालोपत्रे गर्दा एकापट्टीको दुई लेन सडक पहिले सम्पन्न गरि त्यसपछि बाँकी लेनमा काम गर्न पनि ठेकेदारलाई निर्देशन दिए ।
ठेकेदारलाई रकम निकासमा समस्या नरहेको, निर्माण सामाग्रीको अभाव नरहेको र विद्युत पोल र तारहरुको व्यवस्थापन भएको अवस्थामा सडक निर्माणको काममा किन प्रगती भएन भन्ने कुरालाई सरकारले गम्भिरतापूर्वक लिएको बताए ।
संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिङले ठेकेदारलाई चिनमा पनि यस्तै गतिमा काम गरेको भए के हुन्थ्यो भन्ने प्रश्न गर्दै ठेकेदार कम्पनीले चिनियाँ कन्ट्रयाक्टरहरुको बदनाम गरेको बताए । बैठकमा सांसद, नवलपरासीका स्थानिय निकायका प्रमुखहरू र प्रोजेक्टमा संलग्न कर्मचारीहरू सहभागी थिए । निर्देशन अनुसार काम भए नभएको अनुगमन गर्न एक महिनामा बैठकमा सहभागी सबै पक्ष सडक निर्माण स्थलमा जाने सहमति पनि भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्