केही वर्ष पहिला हाम्रो देशमा लघुवित्त संस्थाको अवधारणा आयो । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ। जो व्यक्ति त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गर्भनर थिए ।
नेपालमा हालको लघुवित्त कर्जा कार्यक्रम विशेषत बङ्गलादेशका प्रोफेसर मोहम्मद यूनिसको ग्रामीण बैंक बङ्गलादेशको कार्यक्रमबाट प्रभावित भएर नेपालमा सुरु गरिएको हो ।
नेपालमा हाल ५३ वटा लघुवित्त संस्थाले आफ्नो कार्यक्रम विस्तार गर्दै आएका छन् र लघुवित्त वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूले काम गरी आफ्नो दैनिक गुजरा गरिरहेका छन् । अझ भन्नु पर्दा लघुवित्त संस्थाको कार्यक्रम विस्तार फिल्ड नै रहेकोले यसको श्रेय फिल्डमा काम गर्ने कर्मचारीहरूमा जान्छ ।
आजका यस लघुवित्त संस्थाको फिल्ड कर्मचारीहरू नै भोलिका संस्था हाक्ने सबल कर्मचारी हुन् र उनीहरूमा नै यो संस्थाको भविष्य अडिएको हुन्छ । त्यसैले यो समयमा देशमा अराजक तत्व संस्थाप्रति नकारात्मक टिका टिप्पणी एवं संस्था नै खारिजीको हल्लाले कर्मचारीमा आफ्नो भविष्यको चिन्ता थपिँदै गएको छ ।
हिजो आज विभिन्न चिया पसलहरूमा, सामाजिक सञ्जालहरूमा, लेखक विश्लेषकको लेखमा, विश्लेषणमा र अन्तरक्रियाहरूमा देशको बैंक वित्तीय संस्था र त्यसमा काम गर्ने कर्मचारीहरूको भविष्यको चिन्ता व्यक्त गरिएको हुन्छ । यसरी नै चिन्ता मात्र गरिरहने यसको सही उपचार खोजिएन भने काम गर्ने कर्मचारीको भविष्य अन्यौल रहेको छ, सम्झिँदा नि डर लाग्छ…
विभिन्न तथ्याङ्कलाई हेर्दा नेपालमा काम गर्ने लघुवित्त वित्तिय संस्थाका कर्मचारीहरू कम मात्रमा जागिर छोडी विदेशिएको पाइन्छ । लघुवित्त संस्थाबाट जागिर छोडेकाले स्वदेशमै केही न केही गरिरहेको पाइन्छ ।
प्रायजसो फिल्डमा काम गर्ने कर्मचारीहरूमा दुई वर्ष काम नगर्दै आफ्नो भविष्य सुनिश्चित गर्न अन्य संस्थामा शाखा प्रमुख बनेर काम गर्ने मोह बढ्दो छ । उता नयाँ संस्थाहरूलाई पनि आफ्नो कार्यक्रम विस्तारमा त्यस्ता जनशक्तिको खाचोले कर्मचारी भर्ना गर्न तछाड मछाड छ । हिजो आज आएर नेपाल राष्ट्र बैंकको एकल ग्राहक नितीले शाखा सञ्जाल खोल्न प्रशासनिक खर्चले त्यसमा कमी आएको देखिन्छ ।
माथिल्लो निकायबाट लघुवित्त संस्थाको कुन शाखामा काम गर्दै छ भन्ने कुरालाई मात्र फोकस नगरी भोलिको दिनमा यस संस्थाको अब्बल कर्मचारीको रुपमा हेर्न जरुरी देखिन्छ, उनीहरूलाई नी महसुस होस् मेरो अन्तिम भविष्य यही संस्था हो । विभिन्न संस्थामा काम गरिरहेका कर्मचारीहरू काममा उत्रिर्ण भएका तर आफ्नो जीवनको परीक्षामा पास हुन सकेका छन् कि छैनन्, यसको मूल्यांकन कहिले भएको छ की छैन माथिल्लो निकायले हेक्का राख्नुपर्ने देखिन्छ।
लघुवित्त संस्थाले प्रशिक्षण वा तालिमे अवधिमा भर्ना लिँदा तुरुन्तै प्रतिफल प्राप्त गर्ने उद्देश्य मात्र नभई नाफामुखी उद्देश्य नराखी कर्मचारीको मर्म बुझेर लघुवित्त संस्थाको परिभाषा पूर्ण रुपमा नजान्दै मात्र आवश्यकता पूर्तिले गर्दा कर्मचारीहरूमा कामको नैराश्यता आएको देखिन्छ । तसर्थ अबका दिनमा यस्ता पाठ सिक्दै लघुवित्त संस्था अगाडि बढी बेलाबेलामा कर्मचारीहरूलाई अनिवार्य आवश्यक तालिमको व्यवस्थापन भएको देखिन्छ ।
देशमा हाल वित्तीय संस्थाहरूको विरुद्धमा लाग्ने अराजक तत्व राजनीतिक हावीको कारण कर्मचारीहरूमा आफ्नो भविष्यको चिन्ता व्यापकरूपमा अगाडि छ , सरकारले कहिले सून्ने वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरूको दैनिक जसो डर धम्की लुटपाट कुटपिटको अवस्था ?
जुनसुकै दलको सरकार आओस्, जोसुकै पुगोस् वा शासकको रुपमा जो आओस्, आखिर हामी कर्मचारीहरूलाई चाहिने शान्ति, सुरक्षा, दिगो रोजगारी र यही देशमा बस्ने वातावरण भए पुग्छ, यसका लागी हाम्रो मर्म सुन्ने सरकार र देखिने शान्ति, सुरक्षा जरुरी छ ।
हो हाम्रो मर्म सुन्ने सरकार र देखिने शान्ति, सुरक्षाको बाटो तय हुनुपर्छ हाम्रो भविष्य सुनिश्चित गर्नको लागी जस्तो सुकै कदम चाल्न बाध्य हुनेछौँ । खबरदार हामी पनि यही देशका नागरिक हौं। के अब अन्तिम विकल्प आन्दोलन हो ?
-लघुवित्त कर्मी कृष्ण संसारको विचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्