काठमाडौँ । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरूका सम्बन्धमा उपप्रधान तथा अर्थमन्त्रीसँग छलफल भएको छ । नेपालको अटोमोबाइल क्षेत्रमा देखा परेका समस्याहरूका सम्बन्धमा नाडाले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको हो ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री पौडेलसँग भेटगरी अटोमोबाइल क्षेत्रका विभिन्न समस्याहरूका सम्बन्धमा छलफल गरेको छ । उक्त छलफलमा अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोबाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरूमा सुधारका लागि आग्रह गरका छन् । साथै, उनले नाडाका तर्फबाट २२ बुँदे सुझावहरू समेत पेस गरेका छन् ।

त्यस्तै, नाडाले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई बैकबाट हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोमा हाल लागू हुँदै आएको ५० प्रतिशतको सीमालाई बढाएर ७५ प्रतिशत पुर्याउनु माग राखेका छन् । साथै, कालो सुचीमा रहेको व्यक्ति फर्मलाई कर चुक्ता तथा नवीकरण गर्न रोक लगाइनुपर्ने र यसका लागि बैंकले कालो सुचीमा राखेको ग्राहकलाई कर कार्यालयले पनि कालो सुचीमा राख्ने ब्यवस्था गर्नु पर्ने तथा अनुसूची १३ मा देखाइएको बक्यौतालाई आधिकारिक मानी कानुनी प्रक्रियामा जान मिल्नेगरी कार्यविधि तयार गर्नुपर्ने लगायत माग नाडाले राखेको छ ।
चालु पुँजी कर्जा मार्ग दर्शन २०७९ का सम्बन्धमा चालु पुँजी कर्जा मार्ग दर्शन लागु भएको मितिभन्दा अगाडि कर्जा लिएकाहरूलाई त्यो व्यवस्था लागु नहुने तर यो लागु भएको मितिपछि कर्जा लिएकाहरूलाई मात्रै चालु पुँजी कर्जा मार्गदर्शन २०७९ लागू हुनेगरी कार्यान्वयनमा ल्याउन सकिए सम्पूर्ण समस्याको समाधान हुने नाडाको धारणा छ । नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले नेपाल राष्ट्र बैंकले नीजि प्रयोजन र व्यावसायिक महत्वका सवारी साधनहरूलाई स्पष्ट रुपमा छुट्याइ सोहि अनुरूप बैंक लगानी गर्न सहजीकरण गरिदिनु पर्ने जानकारी दिएका छन् ।
यस्तै, महासचिव सुरेन्द्र कुमार उप्रेतीले सीमा क्षेत्रमा कडाइ गर्नुपने भनाई राख्दै नेपाल मै उत्पादन हुने सबै किसिमका अटोमोबाइल, स्पेयर पार्टस्, ब्याट्री, लुब्रिकेन्टस् तथा टायरहरू निर्यात गर्दा अन्य निर्यात वस्तुहरूले पाउने सरहको छुट पाउने व्यवस्था गर्न आग्रह गरे । साथै उनले नेपालमा उत्पादित ब्याट्री तथा टायरलाई पनि नेपालको गुणस्तर प्रमाण चिन्ह ‘एनएस’ पाउने व्यवस्था मिलाउन अनुरोध गरे । छलफलको अन्त्यमा अर्थमन्त्री पौडेलले नाडाको तर्फबाट राखिएका नीतिगत सुझावहरू प्रति जिज्ञासा र चासो राख्दै ती सुझावहरुका सम्बन्धमा सरकारले आवश्यक पहल गर्ने जनाएका छन् ।
सो छलफलमा नाडाका निबर्तमान अध्यक्ष धु्रव थापा, बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह-कोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्