×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘बैंकिङ कसुरमा घटनाको प्रकृति हेरेर सजायको व्यवस्था गरौँ’

२३ भाद्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चेक अनादरको प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई नियन्त्रण गर्न जरुरी रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्र्तगतको अर्थ समितिको बैठकमा भएको बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० उपर दफावार छलफलमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

उनले चेक अनादर निरुत्साहित गर्ने सँगसँगै कारबाहीको लागि कानुनमा व्यवस्था गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्ने बताएका छन् ।

‘विधेयकको संशोधनको लक्ष्य के हो भने चेक अनादरको प्रवृत्ति बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्न जरुरी छ ।’, उनले भने, ‘त्यसका निमित्त आवश्यक कानुनी प्रवन्ध पनि गर्नुपर्छ । अर्कोतर्फ चेक अनादरको विषय निरुत्साहित गर्न कानुनी तवरले काम कारवाही हुनुपर्छ । कानुनमा गरिने प्रवन्ध रियलस्टिक पनि हुनुपर्यो ।’

त्यस्तै, अर्थमन्त्री पौडेलले बैङ्किङ्ग कसूरमा सजाय गल्ती र कमजोरीको प्रकृति हेरेर व्यवस्था गर्नुपर्ने बताएका छन् । ‘दण्ड गल्तीको कमजोरीको प्रकृति हेरेर हुनुपर्छ । दण्डमा सजाएको प्रवृत्ति निराधार हुनुपर्छ । यी दुई कुरामा हेक्का राख्नुपर्छ ।’, अर्थमन्त्री पौडेलले भने ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी