
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा देशको आर्थिक अवस्था सुधारोन्नोमुख रहेको तथ्यांक सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले कृषि, उद्योग तथा सेवा क्षेत्रका गतिविधिमा सुधारका साथै मुद्रास्फितिमा कमी र कर्जा लगानीमा वृद्धि भएकाले आर्थिक अवस्था सकारात्मक देखिएको जनाएको छ । विहीबार देशको आर्थिक परिदृष्य सार्वजनिक गर्दै केन्द्रीय बैंकले सबै क्षेत्रमा सुधारको संकेत गरेको हो ।
उपलब्ध पछिल्ला तथ्याङ्कहरुलाई आधार मान्दा समीक्षा अवधिमा फलफूल तथा तरकारी बालीको उत्पादन वृद्धि हुने देखिएकाले समग्र कृषिजन्य उत्पादनमा थप सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ । राष्ट्र बैंकका अनुसार उर्जा आपूर्तिमा सुधार आएकोले औद्योगिक उत्पादनमा वृद्धि हुने तथा उद्योगहरुको क्षमता उपयोग समेत बढ्ने अपेक्षा गरिएको छ ।
पर्बतारोहण तथा पदयात्राको मौसम शुरु हुन लाग्दा पर्यटक आगमन संख्यामा वृद्धि हुँदै गइरहेको छ । समीक्षा अवधिमा होटलहरुको औसत अकुपेन्सी दर ४५ प्रतिशतको हाराहारीमा छ । उद्योग विभागले २०७३ माघ मसान्तसम्मको सात महिनाको अवधिमा ८ अर्ब ४१ करोडको संयुक्त वैदेशिक लगानी प्रतिवद्धता भएका १९९ आयोजनालाई स्वीकृति प्रदान गरेको छ । अघिल्लो वर्षको तुलनामा उक्त रकममा २४.३ प्रतिशतले वृद्धि भएको छ । प्रतिवद्धता आएका आयोजनाबाट ५ हजार ७८५ जनाले रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
अवधिमा वैंक तथा वित्तीय संस्थाहरुको निजी क्षेत्रतर्फ लगानीमा रहिरहेको कर्जा १५.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा २०७३ माघमा यस्तो कर्जा ३२.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति दर ३.३ प्रतिशत कायम रहेको छ ।
कच्चा तेलको मूल्य वृद्धिका कारण भारतीय मुद्रास्फीतिमा पर्न थालेको चापको प्रभाव आउँदा महिनाहरुमा नेपालको मुद्रास्फीतिमा समेत पर्न सक्ने राष्ट्र बैंकको प्रक्षेपण छ ।
सरकारी वित्त स्थिति सुधारोन्मुख छ । राजस्व परिचालनको वृद्धिको तुलनामा सरकारी खर्चको वृद्धिदरमा सुधार, विदेशी विनिमय सञ्चिती सुविधाजनक अवस्थामा रहेको छ । २०७३ माघ मसान्तमा कुल विदेशी विनिमय सञ्चिती १० खर्ब ७७ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । यस्तो सञ्चिती १२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
ब्याज दर निर्धारण तथा पुनरावलोकन
यसैबीच नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले बिहीबार ब्याज दर निर्धारण तथा पुनरावलोकन पनि गरेको छ । राष्ट्र बैंकका अनुसार अवदेखि ऋणीले प्रयोग गरिरहेको कर्जाको ब्याज दर कस्तो हुने, गणना विधि, ब्याज गणना गर्दाका आधारलगायतका सम्पूर्ण जानकारी पहिले नै स्पष्ट रुपमा बैंकहरुले जानकारी गराउनु पर्नेछ । बैंकहरुले बार्षिक वा आवधिक ब्याज दर तथा अन्य सबै किसिमका शुल्कहरुका बारेमा ग्राहकलाई जानकारी दिनुपर्छ । बैंकहरुले अवदेखि बर्षमा दुई पटक मात्र ब्याज दर समायोजन गर्न पाउँने केन्द्रीय बैंकले व्यवस्था ल्याएको छ । यद्यपी फ्लोटिङ ब्याज दर अर्थात परिवर्तनशील ब्याज दर भने ऋण दिँदा निर्धारण गरे अनुसार नै परिवर्तन गर्न पाइन्छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्